पुराना चाडपर्व र कम्युनिस्ट : अनिल शर्मा

Anil-sir
अनिल शर्मा पोलिट व्यूरो सदस्य केन्द्रीय प्रकाशन विभाग इन्चार्ज नेकपा (माओवादी)

 २०७३ सालको गुरुपूर्णिमा, तीज अथवा हरितालिका, जितिया, इदलगायतका चाडपर्वहरू भर्खरैभर्खरै बिदा भएका छन् एक वर्षका लागि । गएका चाडपर्वले भन्दा बढी नेपाली समाजलाई प्रभावित पार्ने दसैँ, तिहार, छठलगायत चाडपर्वले नेपाली समाजलाई प्रभावित पारिसकेको छ । हरेक वर्ष सामान्ती आडम्बर, पुँजीवादी रबाफ र बजारको उपभोक्तावादी विकृति पनि थपिँदै गएको छ । चाडबाड संस्कृतिको एउटा अङ्ग हो । चाडबाड वा संस्कृति भन्नाले नाचगान  भोजभतेर, रसरङ आदिलाई मात्र बुझ्ने गरिएको छ ।

तर यसको परिभाषा व्यापक र गहन छ । संस्कृतिकर्मी, चिन्तक मेक्सिम गोर्कीले ‘मानवद्वारा निर्मित दोस्रो प्रकृति नै संस्कृति हो’ भनेका छन् । त्यसको अर्थ प्राकृतिक वस्तुमा श्रम मिसाएपछि बन्ने वा उत्पादन हुने अर्को प्रकृति वा प्राकृतिक वस्तु संस्कृति हो । जस्तै ः जङ्गलको सखुवाको रूख प्रकृति हो त्यसलाई फर्निचर उद्योगमा ल्याएर खाट, दराज, कुर्ची बनाएपछि ती पनि प्राकृतिक वस्तु नै रहन्छन् । तर जङ्गली काठमा विशुद्ध प्रकृतिको भूमिका हुन्छ भने फर्निचरमा श्रम जोडिएर नयाँ प्राकृतिक अस्तित्व उत्पन्न हुन जान्छ । यसलाई सौन्दर्यचिन्तक गोर्कीले ‘दोस्रो प्रकृति’ भनेका छन् । संस्कृति मूलतः दुई प्रकारका हुन्छन्– भौतिक संस्कृति र आत्मिक संस्कृति ।

पाँच ज्ञानेन्द्रियद्वारा बोध गर्न सकिने संस्कृतिलाई भौतिक संस्कृति भनिन्छ भने कुनै न कुनै रूपमा अस्तित्वमा रहने, बोधगम्य हुने, नाप, तौल, आकार नहुने अथवा ज्ञानेन्द्रियद्वारा बोध गर्न नसकिने संस्कृतिमा घर, फूलबारी, मन्दिर, बाजा, पोसाक आदि भौतिक वस्तु अथवा अस्तित्व पर्छन् । त्यसैगरी भावना, विचार, दुःख, पीडा, आदरभाव आदि आत्मिक संस्कृतिमा पर्छन् । यसरी संस्कृति दुई प्रकारका हुन्छन् । तर एउटाले अर्कोलाई निर्धारित वा नियन्त्रित गरिरहन्छन् । क्रान्तिकारी विचार वा संस्कृति भएको मान्छे वा समाजले परिवर्तनलाई समर्थन गर्छ  ।

 श्रम र श्रमिकलाई माया वा सम्मान गर्छ । परिवर्तनलाई सहयोग गर्छ । पश्चगामी संस्कृति भएको व्यक्तिले ठूलाको चाकडी गर्छ । सानालाई हेप्छ । आफ्नो कर्म वा अरूले बिगारेको कामलाई पनि ‘ललाटमा यस्तै लेखेको रहेछ’ भन्दै बस्छ । महलमा बस्ने र झुपडीमा बस्नेको, धनी र गरिबको सोच्ने, बोल्ने र व्यवहार गर्ने तरिका (संस्कृति) पनि फरक हुन्छ । धनी र गरिब व्यक्ति, सम्पन्न र विपन्न समाज, विकसित र अविकसित देशको खानपान, भेषभूषा, व्यवहार र सोचाइ फरक हुनुको कारण त्यही हो । संस्कृति कसैको लहड वा सनकमा अनाहक जन्मिएका हुँदैनन् । यद्यपि वर्गसमाजमा शासक वर्गले आफ्नो स्वार्थअनुसार बदलेको अथवा परिस्कार गरेको हुन्छ । निश्चित युगका भौतिक आवश्यकता पूर्ति गर्नका लागि कुनै पनि संस्कृतिको उदय भएको हुन्छ ।

मान्छेको ज्ञान चेतनाको सीमाका कारण जन्मकालमै त्यसमा अवैज्ञानिक र जनविरोधी पक्षहरू समावेश हुनसक्छन् । जसरी मान्छे जन्मँदा नै कुनै
रोगसहित जन्मेको हुनसक्छ । कतिपय संस्कृति परिवर्तित समयअनुसार बोझिलो वा अनुपयुक्त भएका हुन्छन् । त्यसप्रकारका संस्कृतिलाई समाजले सुधार गर्दै आएको पनि छ । जस्तै, हिन्दु समाजमा सुरुमा १२ वर्ष बरखी बार्ने प्रचलन थियो । जुन बेला मान्छेहरू टाढाटाढा बस्थे । खोला, नदी तर्न र खबर cपु¥याउन बर्खा कटाउनुपथ्र्यो, हिउँ पग्लनु पथ्र्यो । डुङ्गाको विकाससँगै १३ महिनामा झ¥यो । अहिले १३ दिन पनि लामो भएको छ । तर आफ्ना पुर्खालाई सम्झनु, तिनको सम्मान गर्नु त राम्रो पक्ष हो । यस्तै संस्कृतिले मान्छेलाई पशुजगत्बाट अलग गरेको छ । त्यसैले त्यसप्रकारका संस्कृतिलाई सुधार गरेर वा विकल्प स्थापित गर्ने लामो प्रक्रियाबाट गुज्रनुपर्छ ।

khane

 कतिपय जनविरोधी, लुटेरा मनोवृत्तिले निर्माण गरिएका संस्कृति पनि छन् । जस्तै ः हिन्दु धर्ममा गुरुड पुराण संस्कृति निश्चित समुदायद्वारा आफ्नो हितमा लादेको कारण त्यसलाई खारेज गर्नुपर्छ । तर हरेक दिन बिहान नुहाउने, धूप बाल्ने, भान्छामा जुत्ता नलग्ने, गुरु र मातापिताको आदर गर्ने, बटुवालाई बास दिने, शरणको मरण नगर्ने संस्कृति आज पनि उत्तिकै आवश्यक छन् । पुराना संस्कृति भन्नासाथ सबै खराब हुँदैनन् । त्यो कच्चा ज्ञानको उपज मात्र हो । त्यसैले निरन्तरता दिनुपर्ने, सुधार गर्नुपर्ने र खारेज गर्नुपर्ने तीनथरीका संस्कृति हुन्छन् ।

पुराना वा परम्परादेखि चल्दै आएका चाडबाडका विषयमा पनि त्यस कोणबाट हेरेर मात्र व्यवहार गर्नुपर्छ । अन्यथा ‘अल्पज्ञानम् भयंकरम्’ अथवा छिपछिपे ज्ञान अज्ञानभन्दा पनि डरलाग्दो हुन्छ भनेझैँ हुन्छ । पुराना चाडहरू निश्चित समयक भौतिक आवश्यकताअनुसार बनेका थिए । ठूलालाई आदर गर्न, छरिएका आफन्त भेटघाट गर्न, रमाइलो वा रसरङ गर्न, अलौकिक शक्तिप्रति श्रद्धा गर्न अनेक कारणले चाडबाड, आचरण तथा संस्कृतिको उदय भएको थियो । हिजो चन्द्रमा पुजिन्थ्यो । अब त्यहाँ मान्छेले ‘दिसापिसाब गरेर आइसक्यो । चन्द्रमा वा जून हाम्रो पृथ्वीजस्तै भौतिक डल्लो भएकाले किन पूजा गरिरहनु ? वायुयानको विकासले तीनचार दिनमा हरेक गोलाद्र्धको मान्छे कुनै पनि स्थानमा जम्मा हुनसक्छ । अब १३ दिन मृत्यु संस्कार आवश्यक छैन । आजको जटिल र प्रतिस्पर्धात्मक समाजमा आधा महिना पेसा, व्यवसाय बन्द गरेर बस्न हुलाक सेवाका कर्मचारीबाहेक अरूलाई सम्भव पनि छैन । मनोरञ्जनका नयाँनयाँ अवसरहरू प्राप्त छन् । फागुमा ढ्याङ्ग्रो बजाउनुभन्दा मोबाइलमा श्रव्यदृश्य हेर्न र सुन्न सस्तो र अब्बल भैसक्यो । ठूलालाई सम्मान गर्ने, सानालाई माया गर्ने, खेल्ने, मनोरञ्जन गर्ने, भेटघाट गरेर ताजगी  (रिफ्रेस) हुने, मीठो खाने,राम्रो लगाउने  माजिक आवश्यकतालाई उत्कर्ष(क्लाइमेक्स) मा पु¥याउने कार्य पुराना चाडपर्वले गरिरहेका छन् । पुराना चाडपर्वका यी पक्षहरू अहिले पनि समाजोपयोगी छन् ।हामी आज वर्गसमाजमा छौँ ।

धनी, राजकीय पदवाला र ठूला नेताहरूका लागि, मन्त्री र धनाढ्यका लागि सधैँभरि दसैँ छ । उनीहरू अजीर्ण हुने गरी खाएको पचाउन जिम हाउस धाउँदै होलान् । तर चाडपर्व गरिबका लागि पीडा र आतङ्क बनेर आउनेछैन । ठूलाबडाले खाएको, लाएको हेरेर हजारौँ गरिबका लालाबाला टुलुटुलु हेर्दै, थुक निल्दै होलान् । भुन्टेभुन्टीलाई एक छाक मीठोमसिनो खान दिन नसकेर कति आमाहरू पछ्यौरीले मुख छोपेर रुँदै होलान् । दसैँतिहारको रमझम र शुभकामना, हर्ष बढाइँ त हुनेखानेको संमी कसैको’ शिक्षक भानु उपाध्यायको सन्देश मर्मस्पर्शी लाग्छ । यहाँ कवि आहुतीको कवितांश स्मरणयोग्य छ –

‘तिमी छाप्रोमा हुर्किएका छौ÷हुर्किनेछौ धुलोमा म तिमीलाई बल गरेर दसैँमा मासु ख्वाउन खोजौँला बिरामी पर्दा औषधि ख्वाउन सके म आफूलाई धन्य ठान्नेछु म सकेको गरौँला तिमीलाई मेरो नानी । तर आमाको काखमा बसेर÷ताली ठोकेर ‘बुबुमाम सुपु्रक्क’ भनेर मेरो यो गरिबीले चाउरिएको मुटुमा नघोच तिमीले ताली बजाउँदा यो छाप्रोको खिल्ली उडाएझैँ लाग्छ यो झूटो गीत÷धौले घरको गीत÷अघाएकाहरूको गीत किन गाउनु हामी भोकाएकाहरूले ?
किन गाउनु हामी गरिबहरूले ?’ दसैँ, तिहार, छठ आदिका अवसरमा गरिबहरूको थाप्लोमा ऋणको भारी थपिनेछ । दसैँको ऋण तिर्न वर्षभरि जोतिनु पर्नेछ । समयमा ऋण तिर्न नसक्दा साहूको हृदय चिर्ने वचन सुन्नु, अपमानित हुनुपर्नेछ ।tyui

अब भन्नुस्– यो दसैँ हो कि दशा ! दसैँ त धनाढ्य, सुदखोर र व्यापारीको आँगनमा मात्र आउने गर्छ । सरकारले विपन्न वर्गका लागि निम्नतम मूल्यमा खाद्य पदार्थ दिँदैन । अनुदान कटौती नगरे ऋण नदिने विश्व बैङ्क नामको सुदखोरको पाउमा लम्पसार परेको हुन्छ सरकार । मान्छे मङ्गलग्रहतिर दौडादौड गरिरहेको आजको युगमा हामी भने खाद्य पदार्थमा अनुदान दिएर मूल्य घटाऊ भनेर नेपाल बन्दरूपीदबाबअस्त्र प्रयोग गर्छौं । दलित, सुकुमबासी, सडके मान्छे, बेरोजगारका लागि हामी अनुदानमा खान देऊ ‘प्रभु’ भनेर हात जोडिरहेका छौँ । सरकार भने सांसदको तलब बढाउँछ । बाहन सुविधा थप्छ ।उपचारको बहानामा राज्य ढुकुटी बाँड्छ । खाद्य सुरक्षा नीति घोषणा गर भन्नेलाई विकासविरोधी,रूढिवादी भन्छ । लुटेराहरूले लुटेको दसैँ राक्षस बनेर आउँदैछ ।दसैँ आइसकेको छ । यसका विषयमा अनेक कोणबाट चर्चा भएका छन् । समयसमयका शासकले आयामहरू थप्दै गएका छन् ।

त्यस विषयमा संस्कृतिकर्मी डीआर पोखरेल भन्छन्–‘शिव, विष्णु र ब्रह्मा वैदिक देवता होइनन् । पहिले आईश्वर देवता थिए । वास्तविक वैदिक देवता इन्द्र, सोम, अग्नि, आदित्य आज अवैदिक स्मार्त देवता (ब्रह्मा, विष्णु, महेश्वर) को अगाडि ओझेलमा परेका छन् । यस्तैगरी अनार्य जातिका गणचिन्हहरू– वरपीपल, तुलसी, बेल आज आर्य जातिका पूजनीय वस्तु बनेका छन् । आफ्नै गणचिह्न बोकोलाई खस जातिले काटेर खानु र राईहरूले नछुनु तथा  किराँतहरूले आफ्नो गणचिह्न कीर (सुँगुर) काटेर खानु तर खसहरूले नछुनु कम आश्चर्यको कुरा छैन । दीपावलीमा एकातिर विष्णुकी श्रीमतीको पूजा हुन्छ भने सँगै विष्णुद्वारा अपदस्थ गरिएका दानी दैत्यराज–बलिको पनि पूजा हुन्छ ।’ त्यत्ति मात्र होइन, पछिल्लो अवधिमा राम–रावण युद्धलाई पनि दसैँ पर्वसँग जोड्ने गरिएको छ । अबध साम्राज्यका राजा राम र श्रीलङ्काका सम्राट् रावणका बीचमा भएको युद्धमा हामी आमश्रमिक, गरिब समुदायले दुःखी वा खुसी हुनुपर्ने कुनै कारण छैन ।

images

पुरानो संस्कृतिको स्रोत निजी उत्पादन सम्बन्धमा आधारित छ । जनविरोधी संस्कृतिको अन्त्य र नयाँ संस्कृति निर्माणका लागि नयाँ उत्पादन सम्बन्ध आवश्यक हुन्छ । अथवा नयाँ संस्कृति स्थापित हुन सामाजिक आवश्यकता र सत्ताद्वारा समर्थन दुवै हुनुपर्छ । अन्यथा पुरानै संस्कृति चलिरहन्छ । किनकि सत्तारूढ वर्गको संस्कृति नै समकालीन समाजको सत्तारूढ संस्कृति हुन्छ । पुराना चाडपर्वमा अरूलाई देखाउन, लोकलाज छोप्नका लागि गरिने आडम्बर यथावत् छ । त्यसमा व्यापरिक स्वार्थ थपिएको छ ।

शरीरलाई फाइदा नभए पनि मासु थुपार, दारुपानीको खोलो बगाऊ किनकि व्यापारीलाई फाइदा हुन्छ । ठूलाबडाको फूर्तिफार्ती बढ्छ । सञ्चारमा ठूलो लगानी गरेर प्रचारयुद्ध चलाइन्छ । विभ्रम खडा गरिन्छ । मान्छेका इच्छाहरू बदल्न, नियन्त्रित गर्न सकिन्छ । त्यसैले सामन्ती र पुँजीवादी संस्कृतिको नमीठो दुर्गन्ध बनेर चाडपर्व हाम्रो बीचमा आएका छन् । कतिपयले जनवादी ढङ्गले पुराना चाडपर्व मनाउने कुरा गर्छन् । हरेक कुरा जनवादीकरण वा प्रगतिशीलीकरण हुँदैनन् ।त्यसो हुन्थ्यो भने ज्ञानेन्द्र शाहको जन्मोत्सव पनि जनवादीकरण गर्न सकिन्थ्यो ।

 

प्रतिक्रिया दिनुहोस्
error: Content is protected !!