साङ्घाईमा पेरिस कम्युन

(यतिखेर विश्वका क्रान्तिकारीहरूले ‘‘चिनियाँ महान् सर्वहारा सांस्कृतिक क्रान्ति’ को ५० औँ वार्षिकोत्सव बडो क्रान्तिकारी उत्साहका साथ मनाइरहेका छन् । विश्वका ३० वटा माओवादी पार्टी तथा सङ्गठनहरूले मे दिवसलाई ‘चिनियाँ’ महान् सर्वहारा सांस्कृतिक क्रान्ति’ को ५० औँ वर्षगाँठसित जोडेर क्रान्तिकारी अन्तर्राष्ट्रियतावादी आन्दोलन (रिम) निर्माणको अभियानका रूपमा मनाए । ‘चिनियाँ महान् सर्वहारा क्रान्ति’ को महŒव र माओपछि चीनमा भएको प्रतिक्रान्तिका बारेमा थुप्रै महŒवपूर्ण कृतिहरू प्रकाशित भएका छन् । यसमा चिनियाँहरूद्वारा लेखिएका डनपिङ हाङको ‘अनोन कल्चरल रिभोलुसन’, मोबो गाओको ‘दि ब्याटल फर चाइनाज पास्ट’, ‘माओ एन्ड दि कल्चरल रिभोलुसन’ विशेष महŒवका छन् । यसै क्रममा ड्युक विश्वविद्यालयका अनुसन्धानकर्ता प्राध्यापक होङ्सेङ जियाङको कृति ‘पेरिस कम्युन इन साङ्घाई, दि मासेज, दि स्टेट एन्ड डाइनामिक्स अफ कन्टिन्युअस रिभोलुसन’ पनि पाठकसमक्ष आएको छ । यो सारै महŒवपूर्ण शोधग्रन्थ हो । यो सांस्कृतिक क्रान्तिका समयमा साङ्घाईका क्रान्तिकारीहरूले स्थापना गरेको कम्युनसम्बद्ध अध्ययनजस्तो लागे पनि सारतः यो ‘चिनियाँ महान् सर्वहारा सांस्कृतिक क्रान्ति’ विरोधी प्रतिक्रान्तिकारी संशोधनवादीहरूको कुकृत्यको चिरफार गरिएको र सांस्कृतिक क्रान्तिप्रति प्रतिबद्ध अभिलेख हो । 

साङ्घाई कम्युनको इतिहासलाई पेरिस कम्युनसित लगेर जोडिएको छ र यसका माध्यमबाट सिङ्गो सांस्कृतिक आन्दोलनको महत्ताको गुनगान गाइएको छ । साथै माओको मृत्युपछि कसरी गद्दारहरूले ‘कु’ गरेर क्रान्तिकारीहरूको हत्या गर्नुका साथै माओमाथिसमेत आक्रमण गरे भनेर यस शोधग्रन्थमा उल्लेख गरिएको छ । ‘परिचय’ र ‘उपसंहार’ बाहेक ६ वटा अध्यायमा विभाजित यो शोधग्रन्थका सबै अध्याय रोचक, तथ्यपरक र सारगर्भित छन् । निकै मार्मिक किसिमको वर्णन र विवरण पाइन्छ यस शोधग्रन्थमा ।
यसको शोधासारमा भनिएको छ ः
‘बिसौँ शताब्दीको चीनसित कम्युनसम्बन्धी सिद्धान्त र व्यवहारको समृद्ध अनुभव छ । १९६६ को अन्त्य र १९६७ को आरम्भमा माओको निरन्तर क्रान्तिको सिद्धान्त र कम्युन शैलीको राज्यसंरचनाको दृष्टिबाट अभिप्रेरित भएर साङ्घाईका विद्रोही मजदुरहरू, विद्रोही विद्यार्थी, पार्टी कार्यकर्ता र नेताहरूले पुरानो सत्तासंरचनालाई जरैदेखि उखेलेर फ्याल्ने साहसी कदम चाले । फ्रेबुअरी ५, १९६७ का दिन साङ्घाईका मजदुरहरूले पेरिस कम्युनको मोडलमा आधारित साङ्घाई कम्युनको स्थापना गरे । यो ‘जनवरीको आँधीबेहरी’ का नामले परिचित छ । सन् १९७६ मा माओको मृत्युपछि चीनको कम्युनिस्ट पार्टी र सरकारले सांस्कृतिक क्रान्तिमाथि प्रहार गरेर इतिहासको पुनर्लेखन गरेको छ । त्यसपछि चीनमा साङ्घाई कम्युनको नाम विरलै लिने गरिन्छ । यस शोधकार्यले हराएको तर गम्भीर इतिहासको आरम्भ, विस्तृत इतिहास, यसको विकास र साङ्घाई कम्युनमाथि भएको दमनको खोजअनुसन्धान गर्ने प्रयास गर्दछ । साङ्घाईमा भएको जनवरी ‘आँधीबेहरी’ मा विभिन्न जनसङ्गठनहरूको भूमिकाको अध्ययन गर्दै निरन्तर क्रान्तिको सिद्धान्तमा आधारित माओवादी जनआन्दोलनको पूर्ण तस्बिर प्रस्तुत गर्ने मेरो प्रयास रहेको छ ।’
‘समर्पण’ मा उनले भनेका छन् ः
‘साम्राज्यवाद, संशोधनवाद र प्रतिक्रियावादका विरुद्ध विद्रोह गर्ने १९६७ का साङ्घाई कम्युनाडर््सहरूलाई समर्पण ।’ यहाँ सोही शोधग्रन्थको एउटा अंश प्रस्तुत गरिएको छ ।)
सांस्कृतिक क्रान्तिका कार्यकर्ताहरूमाथि दामन र सांस्कृतिक क्रान्तिसित सम्बद्ध पुस्तकहरू डढाउने काम ः सांस्कृतिक क्रान्तिको अध्ययनमा कठिनाइ
१९६७ को ‘कु’ लगत्तै सत्यतथ्य बाहिर ल्याउने अभियान, आलोचना, ‘ग्याङ अफ फोर’ र उसका अनुयायीहरूका ‘अपराधहरू’ को अनुसन्धानका नाममा १९७६ देखि १९७७ सम्म सिङ्गो चीनभरि बृहत् आतङ्क मच्चाइयो । ‘कु’ गरेर सत्तामा पुगेका नेताहरूले जापानी अपराधीहरू र क्वोमिन्ताङ सेनाका विरुद्धको अभियानमा जनतालाई आह्वान गरेझैँ ‘ग्याङ अफ फोर’ र उनीहरूका पक्षधरविरुद्ध सडकमा निस्केर विरोध गर्न आह्वान गरे । दसौँ लाखको सङ्ख्यामा धरपकड गरियो र निर्मम किसिमले यातना दिइयो । उदाहरणका रूपमा झेजियाङ प्रान्तलाई लिऔँ । १९७६ र १९८० का बीचमा विभिन्न नेतृत्व तहमा रहेका सबै प्रतिनिधिहरू, आमजनता, जनसेना र पार्टीका वरिष्ठ नेताहरूका साथै गाउँको उत्पादन टोलीका तल्लो तहका कार्यकर्ताहरू किन नहोऊन्, सबैलाई धरपकड गरियो र दुव्र्यवहार गरियो । सबै मिलाएर झेजियाङ प्रान्तमा चार लाखभन्दा बढी सांस्कृतिक क्रान्तिका कार्यकर्ताहरूलाई पक्डाउ गरियो । तायझौ क्षेत्रमा मात्र सरकारी निकायद्वारा दुई जनालाई गोली हानियो, ११ जनाले आत्महत्या गरे, २३ जनालाई विभिन्न अभियोगमा जेल हालियो, ५० जनालाई पार्टीबाट निष्कासित गरियो र ३२,००० शिक्षकलाई जागिरबाट निकालियो । विभिन्न किसिमका यातना पाउनेहरूको सङ्ख्या अनगिन्ती छ । लिनहाई काउन्टीमा २० जनाभन्दा बढी सांस्कृतिक क्रान्तिका कार्यकर्ताले आत्महत्या गरे र १५ जनालाई विभिन्न अभियोगमा जेल हालियो ।

हुयाङ्ग्यान काउन्टीमा २० जा सांस्कृतिक क्रान्तिका कार्यकर्तालाई आत्महत्या गर्न बाध्य पारियो र ३७ जनालाई विभिन्न अभियोगमा जेल हालियो र १ जनालाई मृत्युदण्ड दिइयो । सियाङ्जु काउन्टीमा २२ जना सांस्कृतिक क्रान्तिका कार्यकर्ताले आत्महत्या गरे र ‘प्रतिक्रान्ति’ मा सामेल भएको नाममा ३८ जनालाई अपराधी ठह¥याइयो । युह्वान काउन्टीको सानो आइल्यान्डमा समेत ४ जना सांस्कृतिक क्रान्तिका कार्यकर्ताले आत्महत्या गरे । ३९ जनालाई विभिन्न अपराधको अभियोग लगाएर हालियो र ४४ जनालाई खास समयसम्मका लागि निलम्बन गरी पार्टी र जागिरबाट हटाइयो । १९७६ देखि १९७९ सम्म झेजियाङ प्रान्तको जिन्हुवा क्षेत्रमा ६६२ जना सांस्कृतिक क्रान्तिमा कार्यकर्तालाई ‘प्रतिक्रान्ति’ को ‘अपराध’ मा गिरफ्तार गरियो, १९० जनाभन्दा बढीले आत्महत्या गरे र ४ जनालाई मृत्युदण्ड दिइयो । हाङ्जाउ मेसिन कलपुर्जा फ्याक्ट्रीका २,००० श्रमिकमध्ये ३ जनाले आत्महत्या गरे, १ जनालाई अपाङ्ग बनाइयो, ३ जनालाई विभिन्न ‘अपराध’ मा जेल पठाइयो र ३८ जनालाई ‘निजी जेल’ मा पठाइयो ।
‘कु’ पछि दुर्गम सीमावर्ती प्रदेश युन्नानमा एक लाख पचास हजारलाई पार्टीको अनुशासन तोडेकोमा कारबाही गरियो र ६० हजारभन्दा बढीलाई गिरफ्तार गरियो र विभिन्न आयोग लगाएर जेलमा हालियो तथा ‘पुनशिक्षित’ हुने नाममा श्री शिवर पठाइयो । तिनीहरूमध्ये ७, ५९४ माथिल्ला पार्टी कार्यकर्ता तथा जनसेनाहरू थिए, जसको प्राशसनिक तह सेनाको रेजिमेन्ट प्रमुख तथा काउन्टी प्रशासक बराबर अथवा योभन्दा माथिको थियो ।
अभियोगहरू तयार पारी सर्वहारा सांस्कृतिक क्रान्तिका क्रान्तिकारीहरूमाथिको दमन अभियानलाई नाटकीय रूपबाट प्रभावकारी बनाउन साङ्केतिक रूपमा तथाकथित ‘सानो ग्याङ अफ फोर’ तयार पारिएको थियो, जसमा स्थानीय तीनजना पुरुष क्रान्तिकारी नेता र एकजना महिला विद्रोही नेतालाई अपराधीका रूपमा उभ्याइएको थियो । यो बेइजिङमा भनिएको ‘ग्याङ अफ फोर’ को नक्कल थियो जसमा तीनजना पुरुष कमरेडहरू वाङ होङ्वेन, च्याङ चुङ्आयो, याओ वेनयुन र महिला कमरेड च्याङ चिङलाई समावेश गरिएको थियो । धेरैजसो घटनामा जनसभापछि कतिपय ‘सानो ग्याङ् अफ फोर’ लाई सेनाको निर्देशन कारबाही गरिने चौरीमा सबैको सामु परेड खेलाइन्थ्यो र अन्त्यमा गोली ठोकिन्थ्यो ।

माओको मृत्युपछि सत्ताको बागडोर समालेकाहरूको नियन्त्रणमा रहेका सञ्चारमाध्यमहरूले माओको नेतृत्वमा सञ्चालित सर्वहारा सांस्कृतिक क्रान्ति र ‘ग्याङ अफ फोर’ का कारण मुलुकको अर्थतन्त्र नष्ट भएको र यो डुब्ने स्थितिमा पुगेको भनेर चित्रित गर्दथे र के पनि दाबी गरिएका समाचार आउँथे भने जनताले ‘ग्याङ अफ फोर’ प्रति यति सारो घृणा जाहेर गरेका छन् कि जब उनीहरूले ‘ग्याङ अफ फोर’ लाई कब्जामा लिएको समाचार सुने, उनीहरू यति सारो उत्साहित भए, उनीहरू बजार गएर गँगटा किनेर ल्याए र ‘ग्याङ अफ फोर’ भन्दै पकाए जसमा चारवटामध्ये तीनवटा पुलिङ्गी र एउटा स्त्रीलिङ्गी गँगटा थिए । यहाँनेर हाँसो उठ्छ, सबैलाई थाहा भएको कुरा हो सामान्य चिनियाँ जनताका लागि गँगटाहरू महँगा र खर्चिला खाना मानिन्थे । साँच्चिकै माओको नेतृत्वमा रहेका चीनको अर्थतन्त्र डामाडोलको स्थितिमा थियो भने कसरी सामान्य जनता गँगटा किन्न सक्षम थिए त ? अझ के हामी विश्वास गर्न सक्छौँ माओ युगका अन्तिम दिनहरूमा चीनको अर्थतन्त्र डामाडोलको स्थितिमा थियो भनेर ? जब कि सत्य के हो भने त्यहाँ बेरोजगारी थिएन । कारखानाहरू बन्द हुँदैनथे । आर्थिक दिवालियापनको कुनै घटना थिएन । घरेलु तथा बाह्य ऋण थिएन र लगातार दू्रत गतिमा कृषि तथा औद्योगिक विकास भइरहेको थियो ।

सांस्कृतिक क्रान्तिसित सम्बद्ध गतिविधिलाई निसाना बनाउनु भनेको सांस्कृतिक क्रान्ति एवम् र यससित सम्बद्ध सबै कामकारबाहीमाथि नै निसाना बनाउनु हो । सांस्कृतिक क्रान्तिको समयमा निर्माणमा गरिएका माओका हजारौँ सालिकहरू जनतासित अलिकति पनि छलफल नगरी धेरैजसो रातको समयमा गोप्य किसिमले भत्काइयो अथवा खाल्टोमा पुरियो । सांस्कृतिक क्रान्तिका समयमा निर्माण गरिएका नमुना अपेरा र फिल्महरूमाथि प्रतिबन्ध लगाइयो । सांस्कृतिक क्रान्तिसम्बन्धी पुस्तकहरू तथा अन्य सामग्रीहरूले पनि यस्तै नियती भोगे । जनवरी ६, १९७७ का दिन हुवा गोफेङ सत्ताले तथाकथित ‘ग्याङ अफ फोर’ तथा उसका पक्षधरहरूसित सम्बद्ध सबै पुस्तकहरू डढाउन आदेशपत्र जारी ग¥यो । यस युगका ऐतिहासिक उपलब्धिहरूलाई मेटाउने उद्देश्य राख्दै यो आदेशले सांस्कृतिक क्रान्तिको समयमा प्रकाशित सबैजसो महŒवपूर्ण ध्वस्त पारिनुपर्ने सूचीमा परे । सिङ्गो चीनभरि सांस्कृतिक क्रान्तिसम्बन्धी पुस्तक तथा सामग्रीहरू डढाउने लहर नै चलाइयो । सांस्कृतिक क्रान्तिको तथाकथित “नराम्रो गरी प्रभावित क्षेत्र” साङ्घाईले विनाशको यो अभियानलाई पीडाका साथ सह्यो । साङ्घाईस्थित फुदान विश्वविद्यालयका एकजना लाइब्रेरियनले यसलाई यसरी भावुकताका साथ सम्झना गरेका छन् ः

१९७७ को वसन्तमा सांस्कृतिक क्रान्तिसित सम्बद्ध सबै सामग्रीहरू नष्ट गर्ने आदेश आयो । सामान्य काम गर्ने एकाइले सबै सामग्रीलाई च्यात्ने तथा नष्ट गर्नुपर्ने थियो… त्यस दिन कागज कारखानका ट्रकहरू फुदान पुस्तकालयको भवनअगाडि पार्क गरिएका थिए । बिहान ९ बजेदेखि ३ बजेसम्म हामीहरू झोलाका झोला सांस्कृतिक क्रान्तिसम्बन्धी पुस्तकहरू पुस्तकालय भवनको झ्यालबाट बाहिर फ्याल्न व्यस्त रह्यौँ । जब पुस्तकालयमा सङ्कलित सांस्कृतिक क्रान्तिसम्बन्धी दुईतिहाइ किताबहरू फ्यालिसकियो, हामीलाई भोक लाग्यो, हामीलाई यसो गर्न पटक्कै इच्छा थिएन, यी सामग्रीहरू असाध्यै महŒवपूर्ण छन् र यिनलाई सुरक्षित गरिनुपर्छ भन्ने हामीलाई लाग्यो । अनि मैले झ्यालबाट हात पसारेर तल रहेका मान्छेहरूलाई सबै सामग्री सकिए भन्ने जानकारी दिएँ । यसरी हामीले फुदान पुस्तकालयमा रहेका एकतिहाइ सामग्रीहरू मैले मेरै हातले फ्यालेँ । उसले भन्यो ः त्यो दिन तपाईंले माथिबाट सामग्रीहरू फ्याल्नुभयो र तपाईंले माथिबाट सामग्रीहरू फ्याल्नुभयो र तपाईंले माथिबाट फ्यालेजति सबै जम्माचाहिँ मैले गरेँ । कागज कारखानाको ट्रक हिँडेपछि त्यहाँ सांस्कृतिक, क्रान्तिसम्बन्धी सामग्रीका थुप्राहरू यत्रतत्र थिए र ती सबै हामी आफैँले डढाउनुपरेको थियो । बाँकी रहेका कागजपत्रहरू यति धेरै बाक्ला र भारी थिए, तिनलाई डढाउन हामीले फलामको छडले धेरैबेरसम्म ओल्टाइपल्टाइ पार्नुपरेको थियो ।

सांस्कृतिक क्रान्तिसम्बन्धी सामग्रीहरूलगायत सांस्कृतिक क्रान्तिका समयमा निर्माण गरिएका सङ्घसंस्थाहरू, खास गरेर क्रान्तिकारी कमिटीहरू पनि खारेज गर्नुपर्ने सूचीमा थिए । केही समयका लागि क्रान्तिकारी कमिटीको नामलाई यथावत् राखिए पनि यसको सारतŒवलाई पूर्ण रूपमा परिवर्तन गरियो र विद्रोही प्रतिनिधिहरूलाई निलम्बन गरियो, जेल हालियो र कतिपयको हत्या पनि गरियो । अन्ततः साङ्घाई कम्युनको उत्तराधिकारी साङ्घाई क्रान्तिकारी कमिटीलाई १९७९ मा खारेज गरियो । पेरिस कम्युनको चिनियाँ सपना, जसले करिब १०० वर्षसम्म चिनियाँ परिकल्पनालाई प्रोत्साहित गरेको थियो, साँच्चिकै “प्रदूषित हावा र रगतको वर्षामा” हराएको थियो र अँध्यारो कुनामा निर्वासित भएको थियो, जस्तो माओ आफैँले आफ्ना पछिल्ला दिनहरूमा बिरामी परेर थला पर्नुभएको बेलामा आउँदा दिनहरूका बारेमा भन्नुभएको थियो ।

असीको दशकको आरम्भमा देङ सियाओपिङको सत्ताले हुवा गोफेङको अझ बढी आक्रामक भएर “समग्र रूपमा सांस्कृतिक क्रान्तिलाई निषेध” लागि ठूलो अभियान चलायो, माओ त्सेतुङलगायत सांस्कृतिक क्रान्ति र यसका नेताहरूको राक्षसीकरण ग¥यो । देङ सियाओपिङ आफैँले माओको समग्र जीवनको मूल्याङ्कन गर्दै “सान क्वि काई” अर्थात् माओ सत्तरी प्रतिशत ठीक, तीस प्रतिशत बेठीक (सान क्वि काई) भनेर निष्कर्ष निकाल्यो । तर सम्भ्रान्तहरू, सरकारी अधिकारीहरू र बुद्धिजीवीहरूको नियन्त्रणमा रहेको राज्यको प्रचारसंयन्त्रले योभन्दा अघि बढेर र माओ खासमा सत्तरी प्रतिशत गलत र तीस प्रतिशत (क्वि सान काई अथवा दाओ सान क्वि) मात्र सही थिए भनेर प्रचार ग¥यो । चिनियाँ जनगणतन्त्र स्थापनामा माओको सैन्य योगदानलगायत धेरैजस्तो माओका योगदानहरू १९५६ का वर्षहरूमा जतिबेर कृषि क्षेत्रमा सामूहिकीकरणको अभियान चलाइएको थियो, सबैलाई विध्वंसका रूपमा चित्रित गरियो । जनसङ्ख्याको तथ्याङ्कको गलत प्रयोग गर्दै महान् छलाङको इतिहासलाई बङ्ग्याएर देङ र उसका उत्तराधिकारीहरूले ‘प्राज्ञिक’ प्रकाशनहरूमा, माओको गलत नीतिका कारण महान् छलाङको समयमा भोकमरीले लाखौँ नागरिक मरे भन्ने अपत्यारिलो र छक्कलाग्दो तथ्याङ्क प्रस्तुत गरे । ‘खुराफाती साहित्य’ मार्फत माओवादी विद्रोहीहरूका बारेमा भ्रम फिँजाउँदै, पदाधिकारीहरू र बुद्धिजीवीहरू बढी प्रताडित भएको भनियो । यही काम अखबारहरू, पुस्तक तथा फिल्महरू र अन्य प्रचार सामग्रीहरूमार्फत गरियो ।

यी सबैले सांस्कृतिक क्रान्ति अतुलनीय अपराधपूर्ण नरसंहार, आर्थिक बरबादी, बहुलट्ठीपूर्ण हिंसा, आमनरसंहार, परम्पराको विनाश, पागलपन यस्तैयस्तै भनेर विकृत रूपमा चित्रित गर्थे । उदारवादी बुद्धिजीवीहरू तथा अधिकारीहरू आमसञ्चार माध्यमहरूमा उनीहरू खुल्लममुल्ला माओलाई “पूर्वको हिटलर” भन्न पनि हिचकिचाउँदैनथे । त्यसैगरी एकजना क्विङ्हुवा विश्वविद्यालयका नाम चलेका उअसुचविच मार्काका उदारवादी इतिहासकारले ग्रामीण जनकम्युनलाई ‘कन्सन्ट्रेसन क्याम्प’ का रूपमा राक्षसीकरण गरेका थिए । यताका ३० वर्षमा विभिन्न माध्यमहरूमार्फत, अब भविष्यमा कसैलाई पनि सांस्कृतिक क्रान्तिको ‘दुःखान्त’ दोहो¥याउने स्वीकृति छैन भन्ने चेतावनीका साथ जनतामाथि निरन्तर बम बर्साउने काम भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :