चितवनको रामपुर कृषि क्याम्पसमा आगजनी

भीमबहादुर खड्का / भरतपुर, साउन १७ः विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) सहितका विद्यार्थी संगठनले २ महिना अघिदेखि कृषि तथा पशु विज्ञान विश्वविद्यालय, रामपुर उपकुलपतिको कार्यालयमा स्नातकका लागि आंगिक क्याम्पसको माग गर्दै आएका थिए । तर विद्यार्थीको मागलाई वेवास्ता गर्दै आज नीजि क्षेत्रलाई सम्बन्धन दिनको लागि विश्वविद्यालय हातामा बोर्ड बैठक बस्दै थियो । बैठक बस्नु केही घण्टाअगाडि उपकुलपति कार्यालय (भीसी कार्यालय) मा अज्ञात समूहले आगो लगाएको छ । अहिले त्यहाँ आगोको मुस्लो निस्किरहेको प्रत्यक्षदर्शीले बताएका छन् ।

२०७४ साउन १७ गते  ९ :४१ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :