राष्ट्रपति ट्रम्पका सञ्चार प्रमुख बरखास्त

काठमाडौं / साउन १७ : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नियुक्ति गरेको १० दिन नपुग्दै ट्रम्पका सञ्चार प्रमुख एन्टनी स्कारामुचीलाई बरखास्त गरेका छन् । ह्वाइट हाउसका अधिकारीकको तर्फबाट स्कारामुचीले हालै एक पत्रिकालाई दिएको अन्तर्वार्तामा राखेका धारणाहरु राष्ट्रपति ट्रम्पलाई अनुपयुक्त लागेपछि स्कारामुचीलाई बर्खास्त गरेका हुन् । एक जना धनी वित्तीय लगानीकर्ता रहेका स्कारामुचीले केही दिन पहिले पदबाट हटाइएका चिफ अफ स्टाफ राइन्स प्रिबस विरुद्ध अशिष्ट भाषामा आक्रोस पोखेका थिए । राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जालमा ह्वाइट हाउसका लागि एउटा महत्वपूर्ण दिन भएको बताएका छन् ।

२०७४ साउन १७ गते १२ :५१ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :