मध्यरात ढुंगा खस्दा ३ जनाको मृत्यु / २ घाइते

 


काठमाडौं / साउन १७ : कालिकोट, सान्नीत्रिवेणी गाउँपालिका–६स्थित काव्रा गाउँमा घरमाथिको भीरबाट खसेको ढुंगाले च्याप्दा ३ जना बालबालिकाको ओछ्यानमै मृत्यु भएको छ । आइतबार मध्यराति भएको उक्त घटनामा परि स्थानीय बुदे सार्कीका दुई छोरी र छोराको मृत्यु भएको हो । एउटै ओछ्यानमा सुतेका बुदे र उनकी श्रीमती बेलुलाई भने छिमेकीले घाइते अवस्थामा उद्धार गरेका छन् भने घाइतेको अवस्था गम्भीर छ । १० वर्षीया ललिता, ८ वर्षीय लंकबहादुर र ५ वर्षीया कल्पनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

२०७४ साउन १७ गते ८:२१ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :