काबुलमा आक्रमण

काठमाडौं / साउन १७ : आफ्गानिस्तानको राजधानी काबुलस्थित इराकी दूतावासमा सोमबार अपरान्ह आक्रमण भएको छ । शुरुमा एक जनाले आत्मघाती विष्फोट गराएपछि अन्धाधुन्ध गोली प्रहार गरेका थिए । आक्रमणको जिम्मा आइएस विद्रोहीले लिएको छ । इराकको इराकको गृहमन्त्रालयले त्यसको पुष्टि गरेको छ । इराकको मसुल शहरबाट आइएसलार्इ लखेटेकोमा खुसियाली मनाएको केही दिनमा सो आक्रमण भएको हो । आइएसद्वारा मुस्लिम ठेगानामा कम आक्रमण हुने गरेको थियोे । सो आक्रमण लगत्तै काबुलको आकाशमा धुवाँको मुस्लो देखिएको थियोे ।

२०७४ साउन १७ गते ६ :१३ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :