चीनसँग ट्रम्प रुष्ट

काठमाडौं / साउन १६ : अमेरिकी नाकाबन्दी , राष्ट्रप्रमुखको पटक–पटकको हत्या प्रयास र सत्तापलटको प्रयासका बाजजुद उत्तरकोरियाकोे प्रगतिको पछाडि चीनको हात रहेको तथ्य ‘ओपन सेक्रेट’ विषय होे । यद्यपि कुटनीतिक मर्यादाका कारण औपचारिक अर्थमा त्यसप्रकारको आरोप लगाउन सरोकारवालाहरु हिचकिचाउने गर्छन् । उत्तरकोरियाको पछिल्लो परीक्षणबाट निराश भएका अमेरिकी राष्ट्रपति ट्रम्पले त्यसको खुलासा गरेका छन् । ट्रम्पले उत्तरकोरियाको क्षेप्यास्त्र परीक्षणको पछाडि चीन रहेको आरोप लगाएका छन् । चीनले औपचारिक स्तरमा उत्तरकोरिया र अमेरिका दुवैलाई संयमित हुन अपील गर्दै आएको छ । अमेरिकाले भने चीनले उत्तरलाई आर्थिक– प्राविधिक दबाव दिनुपर्ने अनुरोध गर्दै आएको छ ।

२०७४ साउन १६ गते ३ :२९ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :