देउवाको भारत भ्रमण


काठमाडौं / साउन १६ : प्रधानमन्त्री शेरबहादुर देउवा भदौ ७ गते भारत भ्रमणमा जाँदैछन् । भारतका नयाँ राष्ट्रपति रामनाथ कोविदको निमन्त्रणा प्राप्त भैनसकेको कारण मिति तय नभएको परराष्ट्र स्रोतले बताएको छ । चीन र भुटानका बीच डोक्लाम क्षेत्रमा विवाद रहेको र त्यसका कारण भारत–चीन–भुटान त्रिदेशीय तनाव भैरहेको बेला प्रम देउवाको भारत भ्रमणलाई सन्देहका रुपमा हेरिएको छ । भारत–चीन तनावमा नेपाल तटस्थ बस्नु पर्ने र त्यसो नगरे अकल्पनिय खतरा पैदा हुने चिन्ता भैरहेका बेला देउवाको भारत भ्रमणले कुटनीतिक असन्तुलन होला भन्ने चिन्ता काठमाडौंमा बढेको छ ।

२०७४ साउन १६ गते २ : ०५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :