प्रतिक्रियावादी सत्ताको विकल्पमा जनवादी सत्ता – धर्मेन्द्र बास्तोला ‘कञ्चन’, स्थायी समिति सदस्य, नेकपा

– धर्मेन्द्र बास्तोला ‘कञ्चन’ 

धर्मेन्द्र बास्तोला (कन्चन) नेपाल कम्युिनस्ट पार्टी स्थायी समिति सदस्य तथा अन्तर्राष्ट्रिय विभाग इन्चार्ज

स्थायी समिति सदस्य, नेपाल कम्युनिस्ट पार्टी

»»पछिल्लो राष्ट्रिय राजनीतिक घटनाक्रमलाई कसरी हेरिरहनु भएको छ ?

राजनैतिक अवस्था भयावह छ । समाजको परिवर्तनको आवश्यकताले देशमा दश वर्षसम्म जनताको जनयुद्ध भयो । त्यसले पुरानो सत्तालाई अर्धमृत अवस्थामा पुर्‍याएको थियो र नयाँ समाज स्थापना गर्न पुरै सत्ता समाप्त हुनु आवश्यक हुन्थ्यो । शान्ति प्रक्रियाको नाममा आएको संघर्षमा त्यो अँध्यारो सत्ता पूरै ध्वंस गरेर जनताको जनवादी सत्ता स्थापना गर्ने कुरा थियो ।
यसप्रकारको जनवादी सत्ता भनेको देशमा राजनैतिक, आर्थिक, सामाजिक, सांस्कृतिक परिवर्तन थियो । तर परिणाम उल्टो भयो । जनताले जुन सत्ता समाप्त गर्न खोजेका थिए त्यहि सत्ता अहिले जागेर आएको छ र जुन सत्ता स्थापना गर्न खोजेका थिए त्यो ओझेलमा परेको छ ।

पुरानो सत्ता पुनर्जाग्रित गर्ने हर्कतका रुपमा संविधान पनि बनाउनु र चुनाव गराउँदै लग्नुले त्यसलाई संस्थागत गर्नेतिर लगेको छ । तर पुरानो सत्ताको यो संविधानले पहिलेको भन्दा थप केही मानिसलाई सरकारका निकायहरूमा पु¥याउने, पहिलेको भन्दा फरक ढंगले जाती जनजाती, महिला, दलित क्षेत्रका जनतालाई समानुपातिक तरीकाले सरकारका निकायहरूमा पु¥याउने र अझ भनौं कि यि सबै क्षेत्रका जनतालाई दलाल पुँजिवादी सत्ताको वरिपरि पु¥याउने काम गरेको छ, जुन बिगतका संविधानहरूमा थिएन । यसले नेपालको दलाल पँुजिपति र सामन्त वर्गले एकलौटी सत्ता र सरकारको रसस्वादन गर्दा बिगतमा जनताको विद्रोह पैदा भएको कारण अबका दिनहरूमा यसप्रकारको समावेसीकरणले सरकारको विभित्र निकाय – स्थानीय, प्रादेशिक र केन्द्रमा समावेस भएको जनताको हिस्साले दलाल पुँजीवादी सत्ताको रक्षाको भूमिका खेल्नेछ भत्रे उनीहरूलाई लागेको छ । तर वास्तविकता त्यस्तो हुने छैन । र जसरी हिजोको सामन्तवादी वर्गको स्थानमा दलाल पुँजीवादी वर्ग जसरी हावी भएकोछ; त्यसले देशको विनाशलाई अझ तिब्र पार्ने छ । जनताको बिद्रोह अझ तिब्र बत्रेछ ।

»»वर्तमान संसदीय सत्ता गठबन्धन खासगरी देउवा– दाहाल गठबन्धनको अर्थ राजनीतिक औचित्य के मा अन्तर्निहित रहेको छ ?

उनीहरूको अर्थ राजनीतिको औचित्य देशका प्राकृतिक सम्पदाहरू बिक्रि गर्ने, देशको राष्ट्रिय सम्पत्ति बिदेशीहरूलाई सुम्पने र त्यसबाट लिएको कमिसनमा पार्टी चलाउने सरकारमा पुग्ने कुरामा रहेको छ । यो गठबन्धन बनेपछि अरुण–३ उद्घाटन गर्न भारतीय प्रधानमन्त्री मोदी नेपाल आउने कुरा चलेको छ । बुढी गण्डकीमा ६ अर्ब भन्दा बढीको घोटाला भएको र एमाले, काँग्रेस, माकेसहितका तीनवटा दलहरूले दामाशाही गरी लिएको कुरा पनि आएको छ । माथिल्लो कर्णाली अहिलेसम्म गोहीको मुखबाट फुत्कन सकेको छैन ।
जनताको संघर्षबाट स्यालको सिकार हुनबाट बचाइएको पश्चिम सेती राष्ट्रको हीतमा बनाउने भन्दा कसरी फेरी भारतको हातमा पार्ने भत्रेमा नै यहाँका शासकहरू लागिपरेको अवस्था छ । पश्चिम सेतीबाट उत्पादन हुने भन्दा आधा बिजुली अहिले भारतबाट आयात गरिएको छ, तर देशको हित हुने आयोजना निर्माण गर्नेमा सरकार जान चाहँदैन । नेपाली उध्योगहरू पुरै बन्द भएका छन् र विदेशी एकाधिकारवादी उद्योगहरूको रजाँई देशमा चलेको छ । राष्ट्रिय पुँजी र पुँजीपतिहरू दिनप्रतिदिन पलायन भैरहेको अवस्थ छ, त्यसलाई रोक्नकालागि राष्ट्रिय पुँजीपतिवर्गको संरक्षण गर्ने कुनै योजना छैन । एकाधिकारवादी पुँजीवादीहरूबाट लिइएको घुस खाएर राष्ट्रिय पुँजी लखेट्ने आखेटक बनेको छ, यो संसदवादी गठबन्धन । यसरी हेर्दा नेपालको अर्थराजनीतिमा यो गठबन्धनको औचित्य दलाल पुँजीवादी वर्गको गठबन्धनको रुपमा रहेको छ ।

»»पहिलो चरणको स्थानीय तहको निर्वाचन खारेज गर्ने तपाईंहरूको पार्टीको अभियान प्रभावकारी हुन नसकेको गुनासोबारे के भन्नुहुन्छ ? दोस्रो चरणको निर्वाचन खारेजबारे कस्तो रणनीति तय गर्नुहुन्छ ?

हामीले पुरानो सत्ताको विकल्पमा नयाँ राजनीति दिएको हो । यो अहिलेको सन्दर्भमा जति गर्न आवस्यक छ त्यति नै गरिएको हो । यसमा पहिलो चरणमा पार्टीको नीति अनुसार कालिकोट र हुम्लामा जनताबाटै चुनावलाई खारेज गर्ने कार्यबाही भएको छ र देशमा अन्य जिल्ला र गाउँहरूमा प्रचारात्मक भएका छन् । यहि प्रक्रिया दोश्रो र तेश्रो चरणको निर्वाचनमा हुने छ ।

»»स्थानीय तहको निर्वाचन खारेज अभियानको दौरानमा तपाईंहरूका नेताकार्यकर्तामाथी व्यापक धरपकड भयो । पुष्पकमल दाहालहरू यो हदसम्म ओर्लेर दमन गछर्न् भन्ने आङ्कलन गर्नु भएको थियो ?

यो ब्यक्ति भन्दा पनि सत्ताको प्रश्न हो । पुरानो प्रतिक्रियावादी सत्ताको विकल्पमा नयाँ सत्ता दिए पछि यसप्रकारको धरपकड र सरकारबाट जनताको हत्या सम्मको कार्यबाही हुन सक्थ्यो, ग¥यो पनि । जुन प्रकारको दमन हाम्रो पार्टीमाथि गरियो । त्यसप्रकारको दमन उनीहरूलेनै बिखण्डनको नारा बोकेको भनेर आरोप लगाएका मधेसवादी दलहरूमाथि भएको छैन ।
किनकि उनीहरूमाथि संसदवादीहरूले बिखण्डनकारी भनेर आरोप लगाएपनि ती दलहरू त्यही प्रतिक्रियावादी सत्ता भित्र रहेका छन् र उनीहरूको झगडा सत्तामा परिवर्तन, जनतामा अधिकार दिने, देशलाई स्वाधिन, समृद्ध र शान्त बनाउने कुरामा छैन, उनीहरूको लडार्इं आफ्नो कुर्सीको शुनिश्चितता कसरी गर्ने भत्रेमा छ । उनीहरूका कतिपय मुद्दाहरूमा मात्रात्मक कुराहरू हुन सक्छन्, जस्तो एकथरी संसदवादीहरू राष्ट्रियताको कुरा, संविधानको संशोधनको बिरोध, त्यसमा आफ्नो स्थानकालागि लडिरहेको हामीले देख्छौ । तर हामीले उठाएको विषय र हाम्रो संघर्ष पुरानो सत्ताभित्र मात्रात्म परिवतर्नको लागि होईन, हामीले उठाएको विषय र हाम्रो संघर्ष समाजको गुणात्मक परिवर्तनका लागि हो । त्यसकारण पुरानो सत्ताले त्यसो गर्नु अस्वभाविक होईन ।

»»देशको यस्तो राजनीतिक–आर्थिक धरातलको बीचबाट नेपालको क्रान्तिकारी कम्युनिस्ट आन्दोलन कसरी अगाडि बढ्छ ?

देशको यहि राजनैतिक आर्थिक धरातल भएको कारणनै नेपालमा क्रान्तिको आवस्यकता परेको हो र त्यहि तरिकाले यो अगाडि बढ्छ ।

»»अहिलेको संविधान कार्यान्वयन गर्दै संसदीय व्यवस्था सुदृढ गर्न देउवा–दाहाल गठबन्धन लागि परेको छ । तपाईंहरूको अबको कार्यनीति के हुन्छ ?

हाम्रो कार्यनीति भनेको हाम्रो नयाँ सत्ता निर्माण गर्ने रणनीतिलाई सघाउ पु¥याउने हो ।

»»मधेसमा जुन खालको राजनीतिक गडबडी भैरहेको छ । यसबारे तपाईको पार्टीको धारणा के हो ? मधेसको समस्या समाधान कसरी हुन्छ ?

»»मधेसमा राजनैतिक गडबडी भत्रे संसदवादीहरूको प्रचार हो । अहिले सिंगो देशमा राजनैतिक गडबडी छ । र यसको समाधान भनेको जनताको स्वाधिनताको प्रत्याभूत गर्ने वैज्ञानिक समाजवादी सत्ताको स्थापनाबाट हुन्छ ।

»»तपाईं पार्टीको विदेश विभाग प्रमुख पनि हुनुहुन्छ ।

पुरानो प्रतिक्रियावादी सत्ताको विकल्पमा नयाँ सत्ता दिए पछि यसप्रकारको धरपकड र सरकारबाट जनताको हत्या सम्मको कार्यबाही हुन सक्थ्यो, ग¥यो पनि । जुन प्रकारको दमन हाम्रो पाटीमाथि गरियो त्यसप्रकारको दमन उनिहरूलेनै बिखण्डनको नारा बोके को भनेर आरोप लगाएका मधेसवादी दलहरूमाथि भएको छैन ।

»»नेपाल जो सुपर पावरको दौडमा रहेका विशाल दुई छिमेकीको बीचमा अवस्थित पनि छ ? कस्तो हुनुपर्ला नेपालको विदेश नीति ?

कुनै पनि देशको विदेश नीति त्यो देशको सत्ताको चरित्रले निर्धारण गर्छ । नेपालको सत्ताको चरित्र दलाल पुँजीवादी भएको कारण यहाँको विदेश नीति पनि दलाल प्रकारको हुनु अनिवार्य सर्त हो । त्यो भन्दामाथि जानै सक्दैन । जब हामी यौटा स्वाधिन, सार्बभौम सत्ता सम्पत्र र समृद्ध राज्य निर्माण गर्छाै, त्यहिबेला हाम्रो विदेश नीति पनि स्वाधिन र सार्बभौम प्रकारको हुनेछ र अहिले जसरी नेपालको सम्बन्ध भारतसँग विशेष भत्रे रहेको छ – जसको अर्थ नेपाल भारतको उपनिवेश हो भत्रे हुन्छ, त्यसको अन्त्य गरेर सबै छिमेकी मुलुकहरूसँग समदुरीको हुनेछ ।

»»भारतसँग कायम असमान सन्धी सम्झौता र उसको नेपाल नीतिले नेपालको स्वाधिनताको प्रश्न निकै संवेदनशील बनिरहेको परिप्रेक्ष्यमा वर्तमान सत्ताधारि हरूले चीनसँग गरेको दुई महत्वपुर्ण सम्झौताहरू (पारबहन र ओविओआर) बारे यहाँको पार्टीको धारणा बताइदिनुस् न ?

»»चीनसँग गरिएका यी दुई सम्झौताले मात्र देशको स्वाधिनताको अवस्था, देशको आर्थिक अवस्था बदलिन्छ भत्रे हुँदैन । मात्रुस कि नेपाल अहिलेको जस्तै आफैं राष्ट्रिय पुँजी विकास गर्ने अवस्थामा रहेन भने र अहिले जुनप्रकारको ब्यापार घाटाको अनुपात रहेको छ त्यसमा कुनै परिवर्तन सकारात्मक या धनात्मकतिर जान सकेन भने भारत बाहेक अन्य देशसँग या भारत र चीनबाहेक पनि अन्य देशहरूसँग गरिने ब्यापारिक, आर्थिक सम्बन्धले नेपालकालागि ऋण बोकाउने साहु बदल्नेबाहेक अर्को केही हुँदैन । भारतको एकाधिकार तोड्न र उसले नेपाललाई दिने पैसा तिरेर पनि खेप्न बाध्य पार्ने अनाहकको दुःखबाट मुक्त हुन चीनसँगको पारबहन, ओबिओआर, श्रम, ब्यापार, औद्योगिक साझेदारी, मुद्रा तथा बैंकिङ प्रयोगमा सहजता लगायतका सम्झौता चीनसँग गर्नु अनिवार्य हुन्छ । तर दलाल पुँजीवादी सत्ता रहुन्जेल त्यसको फाईदा अथवा त्यसको प्रभाव जनतामा पुग्न पाउँदैन ।

»»मध्यपूर्वी एसियाली मुलुकहरूमा पछिल्लो समय देखिएको तनावबारे बताइ दिनुस् न ?

संक्षेपमा भत्रु पर्दा मध्यपूर्वमा जे तनाव देखा परेको छ, यो अमेरिकी हतियारको खपत गर्ने अवस्था सृजना गर्ने षड्यन्त्र बाहेक केही होइन ।

»»अरबियन मुलुकहरूमा देखापरेको संकटका कारण रोजगारिको निम्ति गएका लाखौं नेपाली युवाहरूको सुरक्षा र नेपालमा पर्ने त्यसको आर्थिक राजनीतिक असरबारे के भन्नु हुन्छ ?

यदि ती मुलुकहरूमा कुनै तरिकाले युद्ध थोपरियो भने त्यसको प्रभाव नेपालीमा पर्नु अनिवार्य हुन्छ र मेरो बिचारमा विप्रेषण आधारित करिब ४० प्रतिशत नेपालको बजेटमा मध्यपूर्वमा हुने अवस्थाले त्यसको अथवा विप्रेषणको करिब ६० प्रतिशतमा असर पार्नेछ । र यो भनेको नेपालको कूल आम्दानी हो जसमा आउने प्रभावले यहाँको अर्थतन्त्र डामाडोल हुने छ, ठूलो पैमानामा पुँजी पलायन हुनेछ, देशमा पहिले लिएको ऋणको ब्याज तिर्ने पैसा समेत रहने छैन, बिदेशी ऋणकालागि कठोर भन्दा कठोर शर्तहरूमा मञ्जुरी गर्नु पर्नेछ, यो कामकालागि संसदवादी पार्टी र सत्ताधारीहरू बीचमा एक से एक लेण्डुपहरू पैदा हुनेछन्, महंगी बढ्ने छ, जनताहरू घर जमिन बेच्न बाध्य हुने छन् र देश टाट पल्टने अवस्थामा हुनेछ । यस्तो भयावह चित्र एकातिर देखा पर्छ । र अर्कोतिर अर्को चित्र के देखा पर्छ भने यदि मध्यपूर्वमा युद्ध हुने नै भयो भने त्यसको असर भारतमा पनि पर्नेछ । जसको परिणाम त्यहाँको दलाल पुँजीवादी सत्तामा पनि पर्नेछ र नेपालको दलाल पुँजीपति वर्गले आफ्नो मालिक पनि गुमाउने छ । जसको कारण नेपालमा समाजवादी सत्ता स्थापना गर्न नेपाली जनताकालागि सहज स्थिति पैदा हुनेछ ।

»»अन्तर्राष्ट्रिय सम्बन्धको कुरा गर्दा तपाईंको पार्टीको अन्य देशमा रहेका कम्युनिस्ट क्रान्तिकारीहरूसँगको सम्बन्ध कस्तो रहेको छ ।

हामीले संसारभरका क्रान्तिकारीहरूसँग सम्बन्ध बनाउने प्रयत्न गरेका छौं । त्यो बन्दै पनि गैरहेको छ । चुनाव खारेजी अभियानमा हाम्रो पार्टीमाथि भएको दमनका बिरुद्ध युरोपका, स्क्याडीनेभियन देशका कम्युनिस्टहरूले बोल्न थालेका छन् । यसले हाम्रो सम्बन्ध बिस्तार हुँदैछ भत्रे देखाएको छ ।

»»अन्तमा, हाम्रो प्रकाशन मार्फत् देश विदेशमा रहेका युवाहरूलाई केही भन्नुहुन्छ ?

तपाईंको प्रकाशन मार्फत् देशको गरिबीको कारण समृद्ध देशमा बसेर पनि बेचैनको जीबन बिताउन बाध्य बनाइएका युवाहरूमा देशमा फर्कन, जनवादी क्रान्ति सम्पत्र गर्न र देशलाई समृद्धिको बाटोमा अघि बढाउन पहल लिन अपिल गर्दछु । जनस्वयंसेवकबाट

२०७४ साउन १६ गते ११ः२० मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :