आज सातौं दिन

काठमाडौं/साउन १६ : डा. गोविन्द के.सी.ले चिकित्सा शिक्षा र सेवामा सुधारको माग गर्दै आमरण अनसन बसेको आज सातौं दिन भएको छ । आइतबार सरकारी प्रतिनिधि र के.सी. समर्थकबीच बसेको वार्ता कुनै निश्कर्ष बिना नै टुङ्गियो । के.सी.का माग संसद र त्रिविसँग सम्बन्धित भएका कारण आफूहरुले केही गर्न नसक्ने सरकारी वार्ता टोलीले बताएपछि सरकारले जनताको आँखामा छारो हाल्न मात्र वार्ता समिति बनाएको देखिएको छ । डा. के.सी.का सहयोगी डा. सुमन आचार्यले ‘चिकित्सा शिक्षा ऐनलाई तोडमोड गरेर व्यावसायीले कमाउने र चलखेल गर्न सक्ने खालको बनाउन सत्ता पक्ष र विपक्षका सांसदहरु लागिरहेकोले समस्या भएको’ आरोप लगाए । चिकित्सक संघका अध्यक्ष मुक्तिराम श्रेष्ठले प्रधानमन्त्री, शिक्षामन्त्री र स्वास्थ्यमन्त्रीले राजनीतिक प्रतिबद्धता जनाएर अनसन तोडाउने र विधेयक पारित गर्नुपर्ने बताउँछन् । पटक–पटक सहमती गर्ने तर सहमती भएका माग कानुनी तथा व्यवहारिक स्वरुप ग्रहण नगर्नुमा नीति निर्माणको क्षेत्रमा माफियाको नियन्त्रण कायम भएको देखिएको छ ।

२०७४ साउन १६ गते ११ः०५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :