भरतपुरका उम्मेदवारहरु के भन्छन्

– देवी ज्ञवाली, एमाले उम्मेदवार
फैसला दुर्भाग्यपूर्ण छ । जसले मतपत्र च्यात्यो, उनीहरुकै मागअनुसार फैसला भयो । शासकहरु अदालतलाई स्वतन्त्रतापूर्वक निर्णय गर्न दिन्नन् भन्ने पुष्टि भएको । तर अदालतको निर्णय नमान्ने भन्ने छैन । इतिहासको कालखण्डमा कुनै दिन अदालत आफैंले गलत निर्णय गरिएछ भन्नेमा पुग्नेछ भन्ने मेरो बुझाइ छ ।

-रेणु दाहाल, माओवादी केन्द्र, उम्मेदवार
जनता लामो समयदेखि प्रतिक्षारत थिए । लामो धैर्यपछि सर्वोच्चले फैसला गरेको छ । यो एकदमै स्वागतयोग्य छ । यो फैसला एउटा प्रचलित नियम र कानुन बमोजिम भएको छ । जनताको अभिमतको कदर भएको छ ।

२०७४ साउन १६ गते ८ : ३८ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :