भेनेजुएलामा चुनावी हिंसामा कैयौँको मृत्यु

काठमाडौं / साउन १६ : संविधानसभाको चुनावअघि आइतबार विपक्षी दलले भेनेजुएलामा संविधानसभा चुनावसम्बन्धी भएका हिंसामा कैयौंको मृत्यु भएको बताइन्छ । मृत्यु हुनेहरुमा दुईजना राजनीतिज्ञ पनि छन्, जसमध्ये संविधानसभाका एकजना उम्मेदवार र अर्का विपक्षी नेता छन् । छिमेकी मुलुक कोलम्बियाको सरकारले संविधानसभालाई आफूहरुले मान्यता नदिने बताएको छ भने फ्रान्स, स्पेन, अमेरिका र युरोपेली संघले चुनाव रद्द गर्नका लागि अमेरिकी गठबन्धनले प्रतिबन्धसमेत लगाएका थिए । चुनाव शुरु हुने बखत सडकहरु सुनसान देखिएका थिए । राष्ट्रपति मडुरोले देशलाई राजनीतिक र आर्थिक संकटबाट पार लगाउन संविधानसभाको चुनाव एकमात्र विकल्प भएको बताएका छन् । हिंसामा एक सयभन्दा बढीको मृत्यु भइसकेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । 

२०७४ साउन १६ गते ६ : १२ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :