डिल्लीरमण वली बने युवा सङ्गठन रोल्पाको अध्यक्ष

डिल्लीरमण वली बने युवा सङ्गठन रोल्पाको अध्यक्ष

बागमारा : नेपाल कम्युनिस्ट पार्टीको सहायक सङ्गठन युवा सङ्गठन नेपाल रोल्पाको चौथो जिल्ला सम्मेलनले डिल्लीरमण वली ‘असल’ लाई अध्यक्षमा चयन गरेको छ । नवनिर्वाचित २३ सदस्यीय जिल्ला समितिको उपाध्यक्षमा टीकाराम राना, सचिवमा खिमलाल वली, सहसचिवमा दीपेन्द्र चन्द, कोषाध्यक्षमा लीलाबहादुर जीसी, सदस्यहरुमा प्रेम वली, चन्द्र पुन, अर्जुन केसी, कमल वली, राजबहादुर बुढा, तिलक खड्का, आकाश विश्वकर्मा, शाहीराम नेपाली, आकाश सिंह, भूपेन्द्र रोकामगर, यमन मल्ल, जीवन बाठा, समर्थनलगायत रहेका छन् ।

कोरोना सङ्क्रमणलाई ध्यानमा राखेर व्यक्तिगत दूरी कायम गरी परिवर्तन गाउँपालिकाको बागमारास्थित रेडक्रसको हलभित्र सम्मेलन सम्पन्न गरिएको छ । सम्मेलन आयोजक समितिका संयोजक असलको अध्यक्षतामा सुरु भएको कार्यक्रममा प्रमुख अतिथि राष्ट्रिय सम्मेलन आयोजक समितिका केन्द्रीय संयोजक पाटन, विशिष्ट अतिथिहरुमा नेकपा रोल्पा जिल्ला इन्चार्ज मानव, रोल्पा जिल्ला पूर्वइन्चार्ज प्रयास, अतिथिहरू रोल्पा जिल्ला सेक्रेटरी शोभाराम राना, युवा सङ्गठन राप्ती ब्युरो सदस्य मनोज, अखिल (क्रान्तिकारी) रोल्पाका अध्यक्ष हरि ओली, नेपाल गणतान्त्रिक खेलकुद महासङ्घका महासचिव विनोद चन्द, त्रिवेणी गाउँ समितिका सेक्रेटरी भावुक, गङ्गादेवका सेक्रेटरी मुस्कान, लुङ्ग्री गाउँ समिति सेक्रेटरी श्रवण सहभागी थिए ।

कार्यक्रममा स्वागत मन्तव्य सम्मेलन आयोजक समितिका सदस्य नरेश रानाले र सञ्चालन टीकाराम रानाले गरेका थिए । नवनिर्वाचित कार्यसमितिलाई त्रिवेणी गाउँ समितिका भावुक र अखिल (क्रान्तिकारी) दाङका उपाध्यक्ष खुमनले बधाई दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :