नेकपा नेता कञ्चनको गिरफ्तारीविरुद्ध माघ १० गते नेपाल बन्द घोषणा

गिरफ्तारी तथा दमनका विरुद्ध पूर्ण तागत र सचेतताका साथ सङ्घर्षमा अगाडि बढ्न महासचिव विप्लवको निर्देशन

सामूहिकता, वैयक्तिकताबीचको अन्तर्विरोध र अन्तर्सम्बन्ध – माओत्सेतुङ

(सार्वभौम र विशिष्ट, सामूहिकता र वैयक्तिकताबीचको अन्तर्विरोध र अन्तर्सम्बन्धको विषय माक्र्सवादी आन्दोलनमा निकै बहस र विवादको विषय बनेको छ । कम्युनिस्ट पार्टीको अर्थ सामूहिकता हो । तर के सामूहिकताभित्र वैयक्तिकतताको भूमिका हुँदैन, आन्दोलनमा खास व्यक्तिको भूमिकाले अर्थ राख्छ कि राख्दैन ? सार्वभौमभित्र विशिष्टले अर्थ राख्छ कि राख्दैन ? के भन्छ माक्र्सवाद ? ३१ मे १९४५मा सम्पन्न चिनियाँ कम्युनिस्ट पार्टीको सातौं राष्ट्रिय महाधिवेशनमा माओद्वारा प्रस्तुत समापन मन्तव्यमा माओले यसै विषयमा प्रस्ट पार्नुभएको छ । माओ भन्नुहुन्छ, सामूहिकताभित्र वैयक्तिकताले अर्थ राख्छ, सार्वभौमिकताभित्र पनि विशिष्टले अर्थ राख्छ । )

सार्वभौम र विशिष्ट, सामूहिक र व्यक्तिगतबीचको सम्बन्ध सदैव मुद्दाको रूपमा रहेको छ । हाम्रो पार्टी र हाम्रो मुक्त क्षेत्रमा मान्छेले स्वतन्त्रता, सार्वभौमिकता र वैयक्तितताका सबै तहको सुखानुभूति प्राप्त गर्ने गरेका छन् । यसका विपरीत सामन्ती व्यवस्थामा न त मान्छेको इज्जत हुन्छ, न त उनीहरूलाई स्वतन्त्रता, सार्वभौमिकता र वैयक्तिकता नै प्राप्त हुन्छ

माक्र्सले भन्नुभएको छ :
“पुँजीवादी समाजमा पुँजीपतिहरूलाई स्वतन्त्रता र वैयक्तिकता छ, तर त्यस समाजका बाँचेका अन्य मान्छेहरूलाई छैन ।”
यसको कारण उनीहरूसँग सम्पति नहुनु हो ।
स्वतन्त्रता र वैयक्तिकता साथै आत्मसम्मान समान कुरा हुन् । यी सबै अधिकारसित सम्बद्ध छन् । चिनियाँ जमिनदार वर्ग र बुर्जुवासित सम्पतिको अधिकार छ । उनीहरूकै कारण जनताको ठूलो हिस्सा घरबारबिहीन भएको छ । तिनीहरूले किसान र निम्न पुँजीपति वर्गलाई पनि सुकुम्बासी बनाउँदै लगेका छन् । सम्पति जति सबै उनीहरूको हातमा केन्द्रित छ । उनीहरूसित वैयक्तिकता, स्वतन्त्रता र आफूखुसी गर्न पाउने अधिकार छ, तर जनताको ठूलो हिस्साले सम्पतिप्रतिको आफ्नो हक गुमाएको छ । फलस्वरूप उनीहरूसित आफ्नो निजत्वता, सार्वभौमिकता र स्वतन्त्रता छैन अथवा कमजोर अवस्थामा छ । त्यसैले उनीहरूको व्यक्तित्वलाई स्थापित गर्न हामीले क्रान्तिकारी संघर्षलाई अघि बढाउनुपर्छ ।

उदाहरणका रूपमा भन्दा पुँजीपतिहरूका कलकारखानामा काम गर्ने हामी संठठित मजदुर संगठनहरूले मुक्त क्षेत्रमा घरभाडा र ब्याजको दर घटायौँ र जनताको सशस्त्र फोर्स र जनसत्ताको स्थापना गर्यौं । यसले जनताको निजत्वता, स्वतन्त्रता र आत्मसम्मान स्थापित गर्न सघाउ पुग्नेछ । जहाँसम्म हाम्रो पार्टीको कुरा छ, आरम्भदेखि नै यो जनताको अभिन्न अङ्ग बन्दैआएको छ ।

यो स्वाभाविक हो, मजदुर, किसान र बौद्धिक क्षेत्रका पार्टी सदस्यहरूको मानमर्यादाको भूमिकालाई इन्कार गर्न सकिन्न । जनताको मानमर्यादा छ भने न पार्टीको पनि मानमर्यादा हुन्छ । जनताकै मानमर्यादा छैन भने कसरी हाम्रो पार्टीको मात्रै मानमर्यादा हुन्छ ? हामीले हाम्रा कार्यकर्तालाई प्रशिक्षित गरेर चेतनशील बनाउनुपर्छ, जसबाट हाम्रो समाजमा थुप्रै मान्छेहरू मानमर्यादा र स्वतन्त्रताविहीन छन् भनेर थाहा पाउन सकून् । उनीहरूको स्वतन्त्रताका लागि हामीले कडा परिश्रम गर्नु आवश्यक छ । हाम्रो पार्टीको नेतृत्वमा रहेको मुक्त क्षेत्रहरूमा मात्र नभएर समाजका हरेक सदस्यको मानमर्यादा, स्वतन्त्रता र सार्वभौमिकता हुनेछ । यसका साथै हाम्रो पार्टीको शिक्षादीक्षामा नै उनीहरूको आत्मसम्मान, सार्वभौमिकता र स्वतन्त्रताको थप विकास हुनेछ ।

यस सन्दर्भमा माक्र्सवादले कम्युनिस्ट मेनिफेस्टोमा प्रस्ट रूपमा उल्लेख गर्नुभएको छ । उहाँले भन्नुभएको छ ः “ हरेक व्यक्तिको मुक्त विकास नै सवैको मुक्त विकासको सर्त हो ।” समाजको हरेक व्यक्तिले प्रगति गर्छ नै भनेर सोच्न नसकिए पनि समाजले सक्छ । यही कोणबाट हेर्दा, हाम्रो पार्टीको पनि पार्टी चरित्र छैन भनेर बुझ्न मिल्दैन । तर हरेक पार्टी सदस्यको हुन्छ भन्ने होइन र यो काठको चोइटो जस्तै हो । यस अर्थमा एकडेढ लाख पार्टी सदस्यहरू काठको चोइटो जस्तै होलान् । यसो भनिरहँदा मलाई कवि गोङ जिहेनको कविताको दुइटा हरफको सम्झना भयो ः “मलाई आशा छ, स्वर्गको शासनले आफूलाई जीवन्त पारेर सबै प्रकारका प्रतिभाहरूको सिर्जना गर्नेछ ।” हाम्रो पार्टीका सन्दर्भमा म यो कुरालाई यसरी राख्न चाहन्छु स् मलाई विश्वास छ, माक्र्सवाद–लेनिनवादले आफूलाई जीवन्त राखिरहनेछ र सबै प्रकारका प्रतिभाहरूको निर्माण गर्नेछ ।
हामीले हाम्रा पार्टी सदस्यहरूलाई कागजका चित्र अथवा माटोका मूर्तिजस्ता सबै एकै खाले बन्न दिनु हुँदैन र हुन्छन् भन्ने पनि होइन । वास्तवमा पार्टीमा थरीथरीका मान्छेहरू हुन्छन् र उनीहरू पार्टीको सिद्धान्त, विधान र प्रस्तावहरूलाई पालना गरिरहेका हुन्छन्, कसैले पनि पार्टीको आधारभूत सिद्धान्तभित्र रहेर आफ्नो पूर्ण प्रतिभाको प्रदर्शन गर्छ भने, त्यो त खुसीको कुरा हो । हामी यस कुरामा प्रस्ट छौँ भने, पार्टीको हरेक सदस्यको क्रियाशील क्षमतालाई अगाडि ल्याउने कुरा पार्टीको प्रगतिका लागि फलदायी नै हुनेछ । व्यक्तिको निजी खुबी र क्षमता हुन्छ । वैयक्तितता पनि दुई प्रकारका छन् —सिर्जनात्मक वैयक्तिकता र ध्वंशात्मक वैयक्तिकता । यो कुरा हाम्रो पार्टीका लागि पनि सत्य हो र समाजका लागि पनि । सिर्जनात्मक वैयक्तिकता भनेको के हो त ? सिर्जनात्मक वैयक्तिकता भनेको आदर्श (मोडेल) का रूपमा रहेका मजदुरहरू, नयाँनयाँ खोज–अनुसन्धानमा लागेका कार्यकर्ताहरू, क्षमतावान र आफ्नै बलबुतामा काम गर्न रुचि राख्ने कार्यकर्ताहरू हुन् । तिनीहरू पार्टीबाहिर मात्र होइन, पार्टीभित्र पनि निडर र साहसी छन् । तिनीहरू अन्धभक्त छैनन् र अरूको लहैलहैमा पनि लाग्दैनन्, के भइरहेको छ भन्ने कुरा आफैँले राम्रोसित नबुझी आफ्नो अभिमत पनि जाहेर गर्दैनन् । यस्तो हुन्छ सिर्जनात्मक वैयक्तिकता र यो पार्टीको चरित्रसित पूर्णरूपमा मेल खान्छ ।

अर्को प्रकारको वैयक्तिकता ध्वंसात्मक र व्यक्तिवादी हुन्छ, यसले निजी स्वार्थलाई सबैभन्दा अगाडि राख्छ र अरूभन्दा फरक भनेर देखाउने प्रयास गर्छ । सर्वहारा स्वार्थको सीमाभन्दा बाहिर गएको हुन्छ र पार्टीको चरित्रसित मेल नखाने खालको हुन्छ । यसले निम्नपुँजीवादीहरूले अघि सारेको गलत दिशालाई समात्छ ।

अवश्य हो, यसरी फरक देखाउने दुइटा तरिका हुन्छन् । एउटा चाहिँ क्रान्तिकारी किसिमको, जस्तो मोडल मजदुरहरू, श्रमनायकहरू र अन्वेषकहरू । यो नयाँ र भिन्न प्रकारको सिर्जनात्मकताको थालनी हो । माक्र्सले दुई किसिमका स्वतन्त्रता र वैयक्तिकतालाई परिभाषित गर्नुभएको छ । एउटा क्रान्तिकारी स्वतन्त्रता र चरित्रिक गुण, अर्को प्रतिक्रियावादी स्वतन्त्रता र चरित्रिक गुण ।

एकताबद्ध विचार र सामूहिकता पार्टीका चारित्रिक गुणहरू हुन् । हामीले धेरै विशिष्टहरूमा आफूलाई सङ्केन्द्रित गर्नुपर्छ, एकताबद्ध गतिविधिमा संलग्नता, एकताबद्ध विचार र खास समस्या र खास मुद्दाप्रति आफ्नो एकताबद्ध प्रतिबद्धता देखाउनुपर्छ । पार्टीको चरित्रले मागेको कुरा यही नै हो । तथाकथित वैयक्तिक विकासको अर्थलाई, हामीले नयाँ जनवादको समर्थन गर्छौँ भने, त्यहाँ नयाँ जनवादको विरोध गर्ने मान्छेहरूको अर्को जमात हुनैपर्छ भन्ने अर्थमा लिएर कतिपयले तर्क गर्छन् । यसलाई त व्यक्तिगत विकासका रूपमा मात्र लिन सकिन्छ । यदि हामी जापानका विरुद्ध लड्न चाहन्छौँ भने त्यहाँ जापान विरुद्द लड्नेहरूको विरोध गर्ने अर्का थरी मान्छेहरूको जमात अवश्य हुन्छ नै । हामी वाङ जिङवेइका विरुद्ध लड्न चाहन्छौँ भने वाङ जिङवेइलाई समर्थन गर्ने मान्छेहरू पनि हुन्छन्, यसलाई व्यक्तिगत विकासका रूपमा लिन सकिएला । हामी यस किसिमको वैयक्तिकताको दृढ विरोधी छौँ ।

पाटीभित्रको चरित्र र वैयक्तिकताको शुद्धीकरणका सन्दर्भमा पार्टीचरित्र पनि हुन्छ र वैयक्तिकता पनि, ः पार्टी चरित्र पनि हुन्छ, सँगसँगै उत्पादनमा वैयक्तिकता, पार्टी चरित्र पनि हुन्छ र सँगसँगै सैन्य कार्यमा वैयक्तिकता पनि, सरकारी कार्यमा पार्टी चरित्र पनि हुन्छ र सँगसँगै वैयक्तिकता पनि, हामीले गर्ने हरेक काममा हरेक कोणबाट पार्टी चरित्र र वैयक्तिकता हुने गर्छ । मूल कुरा के हो भने यस किसिमको वैयक्तिकता निश्चय पनि पार्टी चरित्रसित गाँसिएको हुनुपर्दछ, सामूहिकतासित जोडिएको हुनुपर्छ ।
स्रोत ः जनमेल

२०७४ साउन १५ गते  ६ :३२ मा प्रकाशित

 
प्रतिक्रिया दिनुहोस्
error: Content is protected !!