प्रतिक्रान्तिको कारण र समाधान : विप्लव

biplav
नेकपा (माओवादी) का महासचिव नेत्रविक्रम चन्द “विप्लव” 

हाम्रो एकीकृत जनक्रान्तिको कार्यदिशा सार्वजनिक भएपछि कम्युनिस्ट धारामा तरङ्ग आएको छ । अहिले बिस्तारै जनमत बढ्दै गएको छ । मान्छेले आÇनो स्वार्थमा धक्का नलाग्ने स्तरसम्म क्रान्तिको समर्थन गर्छ । माओ र लेनिनले एउटा–एउटा परिस्थितिमा आआÇनो देशमा विद्रोह गर्नुभएको थियो । हामी नयाँ र फरक आन्तरिक र बाह्य परिस्थितिमा छौँ । आजको यन्त्र विकासको प्रभाव समाजको विशेषता परेको छ ।

समाजको चरित्र विचित्रको बन्न गएको छ । श्रीमान्–श्रीमतीमध्ये एउटा पार्टीमा काम गर्ने, अर्काे मलेसिया जाने भएको छ । पुँजीवादले जनतालाई अकल्पनीय रूपमा लुटेको छ । जनताले गाँस, बास, कपास पाउनुपर्छ भन्दा कार्ल माक्र्सलाई देशनिकाला गरेको युरोपको पुँजीवादले शिक्षा र स्वास्थ्य थपेर आÇना जनताको विद्रोहलाई टार्दै गएको छ । उसले साम्यवादी विचार अस्वीकार गर्ने, आर्थिक नीति मान्ने वा आÇनो देशमा ती सुविधा दिने, समन्वय गर्ने गरेर आयु लम्ब्याएको छ । कार्ल माक्र्सले बोलेर मात्र हुँदैन, सडकमा ओर्लेर भन्नुपर्छ भन्नुभएको थियो । राष्ट्रघात र जनघातका विरुद्ध हामी बोलेर मात्र बसेनौँ ।

सडकमा गयौँ । राष्ट्रघातका विरुद्ध हामीले एनसेललाई कारबाही गर्दा राज्यले धन्यवाद दिनुपथ्र्याे । तर यो जनविरोधी सत्ताले हाम्रा कयौँ कमरेडहरूलाई दण्डित गरेको छ । अमेरिकाले मानवअधिकार, वाक्स्वतन्त्रता, आवधिक निर्वाचन, कानुनको शासनको नारा लगाइरहन्छ । त्यो उसको वास्तविक चाहना हो त ? उसले ती नाराका विरुद्ध भयङ्कर अपराध गरिरहेको छ । त्यही छोप्न ऊ त्यो नारा उरालिरहन्छ । तर मान्छेहरूको एउटा पङ्क्ति त्यही भ्रममा परिरहेको छ । त्यसैले नारा सुनेर बत्तासिनु हुँदैन । वर्ग मुख्य प्रश्न हो । अरू शोषणका पक्षहरू अवयव हुन् । हामीलाई जातीय प्रश्न छोडेको आरोप लगाउँथे । तर आज जातीय उत्पीडनको सङ्घर्ष सबैले छोडेका छन् । हामीले मात्र समातेका छौँ ।

वर्ग छोड्नेले जाति पनि छोड्छ । राउटे समुदायमा पनि सामूहिकता छ । तर त्यो अचेत सामूहिकता हो । गैरसरकारी संस्थाले खसी–बाख्रा दिन थालेपछि राजाले धेरै खायो भनेर त्यहाँभित्र पनि झगडा हुन थालेको छ ।
आफूलाई सुरक्षित राखेर दुस्मनलाई पराजित गर्नु सैन्य नीतिको चुरो कुरा हो । यो हतियारको वा हिंसाको विषय मात्र होइन । माओले विद्रोह ठीक हो तर रुसी तरिकाले चीनमा क्रान्ति हुँदैन भन्दा कारबाही नै खानुपरेको थियो । रुसी अनुभवका आधारमा विद्रोह गर्दा चीनमा ठूलो क्षति भयो । बचेको शक्ति रक्षा गर्न माओले ग्रामीण क्षेत्रतिर यात्रा गर्नुभयो । शक्ति सञ्चय गर्नुभयो । च्याङकाई सेकले थाहा पाउँदा (थ्रेट महसुस गर्दा) चिनियाँ जनमुक्ति सेना ७ लाख पुगिसकेको थियो । ‘लडाइँ जित्ने फौजले हो तर जस पाउने त हामीले हो’, नेपोलियनले भनेका थिए । हामी त्यसलाई ‘युद्ध राजनीतिको विस्तारित रूप हो’ भन्न सक्छौँ । त्यसैले मोर्चाहरू, जिम्मेवारीहरू फरकफरक हुन सक्छन् । तर सबैको सर्वाेपरि विषय त राजनीति नै हो । रुसमा विद्रोह गर्दा झन्डै ४० हजार पार्टी सदस्य थिए । विद्रोहमा सफल पार्टीले चुनाव भने हारेको थियो । जनता सडकमा उत्रेको बेला दुस्मनलाई भौतिक नदिने दुस्मनको रणनीति छ । उसले जति रोक्न खोजे पनि थाहै नपाई जनतामा फैलने हाम्रो नीति हुनुपर्छ ।

समाजवादी सत्ता कायम भएपछि रुसमा वर्गहरूको अस्तित्व छैन भनिएको थियो जुन गलत थियो । युरोपमा क्रान्ति सम्भव छैन भन्ने कुरा पनि त्यस्तै हो । भौतिक विकास नै वर्गको अन्त्य होइन । के युरोपमा जनता र सत्ताका बीचको अन्तरविरोध समाधान भयो त ? माओले लडाइँ जित्नका लागि ‘सरल प्रशासन, असल हतियार’ हुनुपर्छ भन्नुभएको थियो । त्यसबाट दुस्मन सेनाको नेतृत्वसम्म सहमत हुन पुग्यो । विरोधकै बीचमा भौतिकवाद स्थापित भयो र त्यो द्वन्द्वात्मक भौतिकवादमा विकास भएको छ । क्रान्ति हुँदैन, सकिन्न भनेर हात बाँधेर बस्नेहरू क्रान्तिकारी हुने, क्रान्ति गर्नुपर्छ, सकिन्छ भन्नेहरू शून्यवादी हुन्छ ? कमरेड किरणको चिन्तन आÇनै विरासतको, आÇनै पूर्वसोचाइका विरुद्ध छ । बलिदानको भावना, सङ्गठन, आदर्श, आक्रामकता, विश्वास कता छ ? त्यो सापेक्षिक रूपमा हामीमा छ । त्यसैले अंशबाट निष्कर्ष निकाल्नु हुँदैन । हिजो प्रचण्डलाई मुद्दा लगाउनुपर्छ भन्ने, विद्रोहको कुरा गर्ने बुर्जुवाहरू प्रचण्डले रङ फेरेपछि कारबाही गर्नु हुन्न भन्न थालेका छन् । हामीलाई ‘बार्गेनिङ चिप्स’ ठान्नेहरूले पनि हामीलाई यथार्थमा बुझ्न थालेका छन् ।

आज हामीले पार्टी जसरी चलाउँछौँ, भोलि देश त्यसरी नै चलाउने हो । रसियाका नेताका छोराहरू सोभियत सङ्घ विघटन हुनासाथ आज पानीजहाजको मालिक भएका छन् । जनता भने टाटपल्टिएका छन् । साम्राज्यवाद पुरानो अवस्थामा छैन सबैले भन्छन् । परिवर्तन व्यक्त गर्ने नयाँ पदावली के हो ? वस्तुको विशेषता वा सारतत्वमा परिवर्तन आएपछि त्यसलाई व्यक्त गर्ने पदावली पनि नयाँ चाहिन्छ । किरणले विद्रोहका लागि आवश्यक अवस्था भनेर लेनिनका चारवटा अवस्था दोहो¥याएका छन् । व्यक्तिले मात्र पुग्दैन । हामीले द्वन्द्ववाद ऐतिहासिक भौतिकवादमा विकास गर्नुपर्छ । समाजवादी देशमा प्रतिक्रान्ति हुनुको मूल कारण आन्तरिक हो । स्टालिनले आÇनै कार्यकालमा सत्ता हस्तान्तरण गर्नुपथ्र्याे । यी सारा प्रश्नको जबाफ हामीले दिनुपर्छ ।

संसदीय व्यवस्था आफूप्रतिको घृणा र असन्तोषलाई जनता लडाएर आफू चोखो बन्ने संसदीय फोहोरी खेल (डकैती खेल) खेलिरहेको छ । स्थानीय निकाय पुनर्संरचनाको बहसमा त्यही खेल भैरहेको छ । हामीले जनसत्ता निर्माणको वैकल्पिक बहस चलाउनुपर्छ । विचारहरू व्यक्ति मुखर भएपछि समाजका भौतिक अवस्थाहरूका आधारमा संकेन्द्रित भएर आएका हुन्छन् । हामीले सकेनौँ, हा¥यौँ भने प्रचण्ड हाम्रो चिहानमा थुक्न आउनेछन् । हामीले जित्यौँ भने ‘मैले सोचेको पनि यहीँ कतै हो’ भन्दै आउन सक्छन् । (नेकपा (माओवादी) केन्द्रीय समितिको ११ औँ पूर्ण बैठक समापन समारोहमा व्यक्त विचारको मूल अंश । शीर्षक हामीले दिएका हौँ– सम्पादक ।)

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :