नेकपा दैलेखद्वारा माथिल्लो डुङ्गेश्वर बजारमा जनसभा

नेकपा दैलेखद्वारा माथिल्लो डुङ्गेश्वर बजारमा जनसभा

दैलेख : नेपाल कम्युनिस्ट पार्टी दैलेखले मङ्गलबार डुङ्गेश्वर गाँउपालिकाको माथिल्लो डुङ्गेश्वर बजारमा जनसभा सम्पन्न गरेको छ ।

जनसभामा प्रमुख अथिति नेपाल कम्युनिस्ट पार्टी दैलेखका इन्चार्ज दिपेन्द्रले अहिलेको व्यवस्था दलाल संसदीय व्यवस्था भएकाले यो व्यवस्थाले जनतालाई शान्ति, समृद्धि, स्थायित्व दिन नसक्ने कुरा उल्लेख गर्दै वैज्ञानिक समाजवादी व्यवस्थाको लागि जनमत संग्रहमा जान आफुहरू तयार भएको कुरा स्पष्ट पारे । जिल्ला सेक्रेटेरी दीपलामा, पार्टी नेता बिश्व, अखिल नेपाल महिला संघ (क्रान्तिकारी) दैलेखका अध्यक्ष उशा अतिथि रहेको कार्यक्रमको अध्यक्षता संघर्षले गरेका थिए ।

उक्त कार्यक्रमको सञ्चालन प्रकाशले गरेका थिए भने स्वागत भाषण क्रान्तिले गरेका थिए । कार्यक्रममा ज्वाला सहिद सांस्कृतिक परिवारले जनवादी गीत तथा नृत्य प्रस्तुत गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :