घाइते अजय क्षेत्रीको मृत्यु / ४ जना घाइते

अम्बिका चन्द / काठमाडौं, साउन १५ :  भारतको दार्जिलिङमा शनिबार प्रहरीको गोलीबाट घाइते भएका अजय क्षेत्रीको मृत्यु भएको छ । आन्दोलनकारीहरुले अर्का एकजना सुमन तामाङको पनि मृत्यु भएको बताएका छन् । दार्जिलिङ प्रहरीले भने क्षेत्रीको मात्र मृत्यु भएको जनाएको छ ।

सुकनाममा रहेको प्रहरी चौकीमा आन्दोलनकारीहरुले आक्रमण गर्दा दुई पक्षबिच दोहोरो झडप भएको थियो । झडपको क्रममा प्रहरीले गोली चलाउँदा अन्य ४ जना घाइते भएको बताइएको छ । प्रहरीले गोली चलाएपछि अान्दोलनकारीहरुले घरेलु हतियार प्रहार गरेको प्रहरीको आरोप छ ।

२०७४ साउन १५ गते ११  : ३४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :