प्रचण्डमामाथी चिनियाँ दबाव

काठमाडौं / साउन १५ : प्रचण्डमाथी भारतीय प्रभावको चर्चा सर्वत्र सुनिन्छ । तर उनमा चिनियाँहरुको प्रभावबारे खासै चर्चा हुँदैन । प्रचण्डमाथी बाबुराम मार्फत भारतीय प्रभाव शुरुदेखि नै पर्दै आएको ठानिन्छ । शान्ति प्रक्रियामा आएपछि चिनियाँहरुले प्रचण्डलाई ‘दिल्लीसँग मिलेर काम गर’ भन्ने सुझाव दिने गरेका थिए । भारतले दबाव बढाउँदै गर्ने, चीनले भारतसँगै मिलेर काम गर भन्ने भएपछि जनयुद्धमा समस्या भएको थियो । एकजना उच्चतहका माओवादी नेताले सो रहस्य खोलेका छन् ।

नेकपा (एमाले) त्यही कारणले गर्दा भारतसँग सन्तुष्ट नहुने, टाढा जान पनि नसक्ने अवस्थाबाट गुज्रिरहेको ठानिएको छ । खुस्चोभको अमेरिकासँग सह–अस्तित्वको नीतिले सोभियत संघ विघटन भएझैं देङ स्याओ फङ्को भारतसँग मिलेर जाने, जानुपर्ने नीतिले चीनलाई विघटन गराउने अथवा सोभियत संघ बनाउन सक्ने कतिपयको आकंलन छ ।
२०७४ साउन १५ गते १० : २५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :