सिड्नीमा आतंक

काठमाडौं / साउन १५ : सनिबार अष्ट्रेलियाका प्रधानमन्त्री माल्कन जोन्बुलले सिड्नीबाट ४ जनाको पक्राउसँगै विष्फोटक पदार्थ पड्काएर विमान आक्रमण गर्ने आतंककारी समूहलाई नियन्त्रणमा लिएको सार्वजनिक गरेका छन् । सो सुचना सार्वजनिक भएसँगै अष्ट्रेलियाका सर्वसाधारण त्रसित भएका छन् । प्रहरीले शान्त रहन र आफ्ना दैनिक काम सुचारु गर्न नागरिकलाई आह्वान गरेको छ । एक जना महिलाले पक्राउ गरिएका आफ्ना श्रीमान र छोरो निर्दोश भएको दाबी सामजिक सञ्जालमा गरेकी छन् । तर घटनाको सम्पूर्ण विवरण सिड्नी प्रहरीले सार्वजनिक गरिसकेको छैन ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :