स्वाइन फ्लुुको कारण थप १ जनाको मृत्यु

काठमाडौं / साउन १५ : स्वाइन फ्लुको संक्रमणपछि शनिबार काठमाडौंको ग्राण्डी इन्टनेसनल अस्पतालमा उपचार गराइरहेका पोखराका २९ वर्षीय एक व्यक्तिको मृत्यु भएको छ । स्वाइन फ्लुको हुनुअघि पूर्ण स्वस्थ रहेका ती युवालाई संक्रमणपछि निमोनीया देखिएको थियो । यो भन्दा पहिले शिक्षण अस्पताल महाराजगञ्जका सघनकक्षका विभाग प्रमुख डा. सुवास आचार्यका अनुसार फ्लुको संक्रमणबाट शिक्षण अस्पतालमा २ जनाको मृत्यु भइसकेको छ । आचार्यले स्वाइन फ्लु बिरुद्धको भ्याक्सिन लगाउन आग्रह गरेका छन् ।

स्वाइन फ्लुका लक्ष्यणहरुः खोकी लागिरहने, घाँटी खसखसाउने, लामो समयसम्म कडा ज्वरो आउने, बालबालिकामा ज्वरोसँगै बान्ता हुने र पखाला लाग्ने देखिनेबित्तिकै जाँच गराउनुपर्ने उनको सुझाव छ । स्वाइन फ्लु सरुवा रोग एक व्यक्तिबाट अर्कोमा छिटो सर्ने भएकाले सार्वजनिक ठाउँमा जाँदा मास्क लगाउने, खोक्दा वा हाछ्युँ गर्दा रुमालले मुख छोप्ने, साबुन–पानीले हातमुख धुने, झोलिलो खानेकुरा खाने र स्वाइन फ्लुको शंका लागेमा बेलैमा परीक्षण गरी सतर्कता अपनाउन डा. आचार्य सुझाउँछन् ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :