पाकिस्तानका अन्तरिम प्रम अब्बासी चयन

काठमाडौं / साउन १५ : शुक्रबार मात्र नवाज शरिफले प्रधानमन्त्री पदबाट राजीनामा पछि पाकिस्तानको सत्तारुढ दल पाकिस्तान मुस्लिम लिग–नवाज (पीएमएल–एन) पार्टीले अन्तरिम प्रधानमन्त्रीका लागि पूर्व पेट्रोलियममन्त्री शाहीद खाकान अब्बासीलाई चयन गरेको छ । लामो समयपछि सर्वोच्च अदालतमा विचाराधीन मुद्दा प्रम नवराज सरिफको विपक्षमा भएपछि सरिफले पदबाट राजिनामा पछि पीएमएल–एनको शनिबार बसेको बैठकले अब्बासीलाई प्रममा अघि सारेको हो । शरिफका भाइ शाहबाजले प्रधानमन्त्रीको पद नसम्हालेसम्म केही महिनाका लागि अब्बासीले अन्तरिम प्रधानमन्त्रीको जिम्मेवारी सम्हाल्ने छन् ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :