राष्ट्रिय युवा जन स्वयंसेवकको भेला सम्पन्न

भीमबहादुर खड्का / चितवन, साउन १४ : नेपाल कम्युनिस्ट पार्टी निकट युवाहरुको संगठन राष्ट्रिय जनस्वयंसेवकको भेला होटल स्टार बैंकेट, चितवनमा सम्पन्न भएको छ । उक्त भेलाले अटल श्रेष्ठको नेतृत्वमा ४५ सदस्यीय जिल्ला सम्मेलन आयोजक समिति गठन गरेको छ । राष्ट्रिय युवा  जनस्वयं सेवकका महासचिव विवश राईको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा विशिष्ठ अतिथि नेपाल कम्युनिस्ट पार्टी, चितवनका जिल्ला इन्चार्ज लालबहादुर विसी र ब्युरो सदस्य धुर्व खडका, ज.व.स.,मोर्चाका अध्यक्षहरुले आतिथ्यता ग्रहण गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :