गोर्खाल्यान्ड आन्दोलन सशक्त हुँदै

अम्बिका चन्द / काठमाडौं, साउन १४  : व्यापक सरकारी दमनका बावजुद भारतको दार्जिलिङमा जारी आन्दोलन दिनहूँ सशक्त बन्दै गइरहेको छ । शनिबारमात्र आन्दोलनकारीहरुले सुकनाम प्रहरी चौकी तोडफोड गरिदिएका छन् । सोहीक्रममा प्रहरीले गोली चलाउँदा एकजना आन्दोलनकारी घाइते भएका छन् । आन्दोलनकारीहरुले सरकारी कार्यालयहरुमा तोडफोड गर्न थालेपछि त्यहाँस्थित सरकारी कार्यालयहरु सिलगुढितिर सार्न लागिएको बताइएको छ । आन्दोलनकारीहरुको डरले गोप्य रुपमा सरकारी कार्यालयहरु सार्न थालिएको हो । अलग्गै गोर्खाल्यान्ड राज्यको माग गर्दै विगत डेढ महिनादेखि जारी आन्दोलनमा अहिलेसम्म ९ जनाको ज्यान गइसकेको छ ।

यसैबिच गोर्खा राष्ट्रिय मुक्ति मोर्चाका अध्यक्ष विमल गुरुङले अगस्त ८ गतेसम्म वार्तामा आउन सरकारलाई अल्टिमेटम दिएका छन् । उनले यदि सरकार वार्तामा नआए ९ अगस्तबाट संघर्षका कडा कार्यक्रम घोषणा गर्ने चेतावनी दिएका छन् ।

 

 

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :