रातो खबर अन्तरक्रिया कार्यक्रम

(काठमाडाैंस्थित सिटी म्याक्स प्यालेसमा रातो खबरको आयोजनामा सम्पन्न अन्तरक्रिया कार्यक्रममा व्यक्त प्रतिक्रियाको सम्पादित अंश)


जनादेशको उत्तराधिकारी बनोस्  – जीवन हमाल

हामीसँग जनादेश साप्ताहिक, जनदिशा दैनिकको अनुभव छ । जनयुद्धका विरुद्ध शाही सेना परिचालन भएपछि ‘जनगणतन्त्र रेडियो’ देशका विभिन्न जिल्लामा संचालन भएका थिए । हामीले संवाददाता भएर समाचार पठाउँथ्यौँ । जनताको पक्षमा काम गर्ने ई–रातोखबर र साप्ताहिकलाई आवश्यक सहयोग आज पनि गरिन्छ । प्रकाशन प्रसारणको प्रगति र निरन्तरताको कामना गर्दछु । यो जनादेशको विकल्प बनोस् ।

समाजको चेतनास्तर उठाउन सञ्चारको ठूलो भूमिका रहन्छ – प्रकाश ढकाल, पाठक

रातो खबर साप्ताहिकको वितरण तथा व्यवस्थापन राम्रो भएको छैन । हामी महिमा साप्ताहिकमा काम गर्दा घरघरमा पु¥याउने गथ्र्यौं । अहिले त्यो भएको छैन । व्यवस्थापन राम्रो हुनुप¥यो । गाउँमा पुग्नुप¥यो । अखबार गाउँमा सीमित हुनुभएन । समाजको चेतनास्तर उठाउन सञ्चारको ठूलो भूमिका रहन्छ । आर्थिक पक्षमा राम्रो व्यवस्थापन भएन भने अरू काम पनि राम्ररी गर्न सकिन्न । विद्यालय र कलेजमा पु¥याउने गर्नुपर्दछ ।

समाचारमा विविधता हुन आवश्यक – विमला संग्रौला 

खेलकूदका समाचार पनि आउनुप¥यो राजनीतिक समाचार मात्र आएका छन् । समाचारमाविविधता हुन आवश्यक छ । वर्ग संघर्ष, ज नस ं घ षर्् ा क ा समाचार मात्र आउने गरेका छन् । समाजमा भएका घटना र सूचनाहरूलाई पनि प्रकाशन, प्रशारण गर्न सक्दा पाठकको दायरा फराकिलो बनाउन सकिन्छ । त्यसरी नसोच्दा दायरा साँघुरो हुन जान्छ । हामीले आफ्नो तर्फबाट आवश्यक सहयोग गरिरहनेछौँ ।


समाचार प्रष्ट आउनुप¥यो – उजिर खड्का

 

म ई–रातो खबर र रातो खबर साप्ताहिकको नियमित पाठक हुँ । समाचारको भाषा सिधा र प्रष्ट हुनुपर्दछ । केन्द्रीय समाचार मात्र आउने गरेका छन् । स्थानीय समाचार पनि आउनुप¥यो । सरल र सम्पे्रषणीय भाषामा प्रकाशन तथा प्रशारण हुनुपर्छ । पत्रिकालाई गाउँगाउँमा पु¥याउने व्यवस्था गर्नुपर्छ ।

मजदुरका समाचारलाई प्राथमिकता दिनु¥यो – राम लाखे

मजदुरहरूले बुझ्नेगरी समाचारको भाषा हुनुप¥यो । हामीले नियमित हेर्ने गरेका छौँ । मजदुर समुदाय सबैतिर अपहेलित भएको हाम्रा समाचार प्रोत्साहित हुनुप¥यो ।

विद्युतीय संचारमा जोड दिनुपर्छ – पुष्प न्यौपाने, रेडियो मिर्मिरे

सबै प्रकृतिका समाचार प्रकाशन, प्रशारण गर्नुपर्दछ । समाचारमा विविधीकरण हुनुपर्दछ । विद्युतीय माध्यमलाई जोड दिन आवश्यक छ । छापा माध्यम चाहिन्छ । त्यसको आफ्नै महत्व छ तर विद्युतीय माध्यम बढी प्रभावकारी हुँदै गएको छ ।

रातो खबर सँधै रातो नै रहिरहोस् – कृष्ण सेवा, विद्यार्थी नेता

रातो खबर प्रकाशन गृहको सफताको कामना गर्दछु । विज्ञान र प्रविधिलाई प्रयोग गर्नुपर्दछ । विद्यालयस्तरमा कसरी पु¥याउने भन्ने योजना बनाउन आवश्यक छ । २१ औँ शताब्दीका विशेषताहरू अवलम्बन गर्न आवश्यक छ । रातो खबर सधँै रातै रहोस् । यसले रङ नबदलोस् । यसले नागरिकलाई यथार्थ समाचार र जनपक्षीय विचार प्रदान गरिरहोस् ।


योजना साप्ताहिकमाथि ‘सेन्सरसिप’ जस्तै दमन अहिले रातो खबरमाथि भएको छ – ईश्वरी दाहाल नेता, नेकपा

मैले योजना साप्ताहिकको नेतृत्व गर्दा भन्दा अहिले प्रविधिमा धेरै विकास भएको छ । मलाई बुझ्न पनि कठीन भएको अवस्था छ तर समस्याहरू उस्तै लाग्छ । आज क्रान्तिकारी आन्दोलनलाई कमजोर पार्न प्रचण्ड नै माओवादी आन्दोलनको नेताका रूपमा स्थापित गर्न खोजिरहेका छन् । त्यसका विरुद्ध हामी लडिरहेका छौँ । यो दुई विचार, दुई प्रवृत्तिका बीचको लडाई हो । यो लडाइँमा तपाईहरू पनि हुनुहुन्छ ।
२०४५ सालमा म योजना साप्ताहिकको व्यवस्थापक थिएँ । ती दिवनका भौतिक कठिनाई र पञ्चायती व्यवस्थाको दमन अहिले पनि सम्झिरहेको छु ।

योजना साप्ताहिकमा शक्ति लम्साल सम्पादक र यदु गौतम सहसम्पादक थिए । बाबुराजा महर्जन, ऋषिराज बराल लगायतका सहयोगी थिए । महेश्वर दाहाल हकर काम गर्थे । अहिले दाहाल–देउवा गठबन्धनको पूर्वाग्रहको विरुद्ध लड्न जरुरी छ । निरंकुश सत्ताविरुद्धको संघर्षमा दमन र प्रतिरोधका सिलसिला बढ्दै जानेछन् ।

रातो खबरविरुद्धको आक्रमण सत्ताधारीको पराजयको सूचक हो – हेमन्त प्रकाश ओली, नेता नेकपा

आज मात्र होइन, इतिहासमा पनि सञ्चारको ठूलो महत्व रहँदै आएको छ । सञ्चार आज साइबर युद्धमा पुग्दा कतिपय अवस्थामा निर्णायक हुन थालेको छ । त्यसैले यसको भूमिका सामान्य छैन । कार्ल माक्र्स दार्शनिक संगठन मात्र होइन एकजना प्रमुख सम्पादक पनि हुनुहुन्थ्यो । इस्काको सम्पादक लेनिन आफैँ हुनुहुन्थ्यो । सञ्चार सञ्चारको साधन मात्र नभएर संगठक पनि हो । त्यसैले रातो खबर प्रकाशन गृहले एउटा मोर्चा सम्हालिरहेको छ । मैले आफैँले जे जति लेख्नुपर्ने हो त्यति लेख्न सकिरहेको छैन । मेरो आत्मालोचना पाटो यो छ । लेनिन र माओले निरन्तर लेखिरहनुहुन्थ्यो । यो काम औपचारिक टोलीको मात्र होइन । हिजो घरघरमा हकर पठाउनुको विकल्प थिएन । आज विद्युतीय माध्यमबाट क्षणभरमा घरघरमा पु¥याउन सकिन्छ । अमेरिकीहरू हिलारी क्लिन्टनलाई गत राष्ट्रपति निर्वाचनमा जसरी पनि जिताउन चाहन्थे तर रसियाले साइबर सेना प्रयोग गरेर हिलारीलाई ध्वस्त बनायो र जग्गा दलाल ट्रम्पलाई जितायो । त्यसैले यो क्षेत्रमा विकास र ध्यान लिनुपर्छ । असारे काकाको समयमा शैलीले यो मोर्चामा जित्न सक्ने सम्भावना छैन ।

पहिलो चरणको निर्वाचनमा कालिकोटका जनताले ठूलो प्रतिरोध गरे । सञ्चारहरूले अझ भनौँ ठूला भनिएका सञ्चारले उल्लेखसम्म गर्न चाहेनन् तर दोस्रो चरणको निर्वाचनमा थबाङ एउटा गाउँका हाम्रा साथीहरूले सानो कमजोरी गर्नासाथ पहाड बनाएर उठाए । थबाङ गाउँको सानो खबर चुनावको निरन्तर र मुख्य समाचार बनाइयो । नेकपालाई कमजोर बनाउन थबाङलाई नमूना बनाइयो । यो मिसन हो मि होइन ? बुद्धिजीवी भनाउँदाहरूले मिसनको आधारमा लेखेका छन् । यी सबैका विरुद्ध जनताका लेखक र सञ्चारले प्रतिरोधको हतियार उठाउन आवश्यक छ । प्रतिरोध गर्न आवश्यक छ । हामीले संचारमार्फत् विचार, राजनीति, संस्कृति, साहित्य सबै विषयहरू सम्पे्रषण गर्न सक्छौँ । रातो खबर प्रकाशन गृहमाथिको हमला संसदीय व्यवस्थाको पराजयको इस्क्रा हो । यसलाई हाम्रो समयको इस्क्रा बनाउनुपर्छ ।

सञ्चारमाथिको हमलाको विरुद्ध जनता नै उठ्नुपर्छ  – अनिल शर्मा

पाठक, सहयोगी र राजनीतिकर्मीहरूबाट सुझाव र आलोचना लिन यो कार्यक्रम आयोजना गरिएको हो । अर्कोतिर रातो खबर साप्ताहिक र ई–रातो खबर विद्युतीय संचारको जनपक्षीय शक्तिहरूलाई सुसूचित गराउने उद्देश्यसहित हामी यो कार्यक्रमा उपस्थित भएका छौँ ।

प्रेस काउन्सिलले राता खबरलाई प्रकाशित समाचार र लेखहरूको टिप्पणीसहित चेतावनी दिएकाे छ । म प्रेस काउन्सिलको जनविरोधी चरित्रको विरुद्ध खेद प्रकट गर्न चाहन्छु । सरकारले पहिलो चरणको निर्वाचनको क्रममा पक्राउ गर्ने भरमग्दुर प्रयास ग¥यो । दोस्रो चरणको निर्वाचन सकिनासाथ बिनाकारण साप्ताहिकको बागबजारस्थित कार्यालयमा पसेर झनक श्रेष्ठ, धु्रव खड्कासहित हामी ३ जनालाई पक्राउ ग¥यो । यो हाम्रा लागि ठूलो कुरा होइन, तर यसको संकेत भने राम्रो छैन । लोकतन्त्रको जामा भिरेर सरकारले आफ्ना अपराध छोप्ने, जनताको आवाज बन्द गर्ने र लुटतन्त्र कायम गर्ने षड्यन्त्र गररिहेको देखिन्छ । त्यसकारणले गर्दा सरकार विरोधीको मुख थुन्न र कलम भाँच्नतिर उद्यत छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :