बढदै अमेरिका – रुस तनाव

काठमाडौं / साउन १४ : भ्लादीमिर पुटिनको नेतृत्वमा शक्तिशाली रुसी सपना अगाडी बढ्दै गइरहेको समयमा अमेरिका र रुसको सम्बन्ध अझ चिसिंदै गएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसमाथी नाकाबन्दी लगाउन अनिच्छुक भैरहेका बेला शुक्रबार अमेरिकी सदन (सिनेट) ले भने नाकाबन्दीको पक्षमा मतदान गरेको छ । तल्लो सदनले सो प्रस्ताव पारित गरेलगत्तै माथिल्लो सदनले १ सय सिनेटरमध्ये ९८ को भारी मतले सो प्रस्ताव पारित गरेको छ । विपक्षमा जम्मा २ मत परेको हो । अब राष्ट्रपति ट्रम्प सामु विशेषाधिकार प्रयोग गरेर सो प्रस्ताव रोक्ने वा रुस, इरान र उत्तरकोरियामाथी प्रतिबन्ध लगाउनेमध्ये एउटा विकल्प मात्र बाँकी छ । ट्रम्प भने रुसमाथी प्रतिबन्ध नलगाउने पक्षमा रहेका छन् । अमेरिकी सिनेटको निर्णयसँगै रुसले अमेरिकालाई मस्कोमा रहेका ५ प्रतिशत कुटनीतिक कर्मचारी घटाउन आग्रह गरेको छ । रुसले एउटा अमेरिकी कुटनीतिक भवन र खाद्य प्रदार्थ गोदाम भवन पनि बन्द गरेको छ । अमेरिकाले गत डिसेम्वरमा ३५ जना रुसी कुटनीतिज्ञलाई देश निकाला गर्दै २ वटा रुसी कुटनीतिक भवनसमेत बन्द गरेको थियो । रुसी कदमले अमेरिका स्तब्ध बन्दै गएको छ भने मस्कोले अमेरिकाले उत्तिजित कार्य गरे सोही अनुसारका कदम रुसले चाल्ने रुसी अधिकारीहरुको चेतावनी छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :