चीन–श्रीलंका सम्झौता हुँदै / दिल्लीमा चिन्ता

आजाद सेन / नयाँ दिल्ली, साउन १४ : चीन र श्रीलंकाका बीचमा सामरिक तथा आर्थिक सहकार्य बढिरहेको बेला दुई देशका बीचमा सनिबार दक्षिण एशिया, मध्यपूर्व र युरोपसँग व्यापार तथा पारवहन सहज हुने गरी एक बन्दरगाह सम्झौता हुने भएको छ । विशाल बन्दरगाहका कारण त्यसको सुरक्षाका नाममा चीनले श्रीलंकामा सैन्य प्रभाव बढाउन सक्ने भन्दै विपक्षीहरुले ब्यापक विरोध गरिरहेकै बेला सो सन्धि हुन लागेको हो । चीनले भने श्रीलंकामा आफ्नो देशले कुनै प्रकारको सैन्य गतिविधि नगर्ने स्पष्ट पार्दै आएको छ । उता दक्षिण एशियामा चीनको बढ्दो प्रभावका कारण च्न्तिित भारतमा भने चीन – श्रीलंका सम्झौता हुने खबरले थप उत्तेजना सृजना गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :