धरापमा सरिफ

काठमाडौं / साउन १४ : लामो समयदेखि सर्वोच्च अदालतमा विचाराधीन मुद्दा प्रम नवराज सरिफको विपक्षमा भएपछि सरिफले पदबाट राजिनामा दिएका छन् । सरिफको राजीनामासँगै उनको मन्त्री मण्डल पनि विघटन भएको छ । अदालतले सरिफलाई एक फैसलामार्फत ‘संसद र न्याय प्रणालीप्रति इमानदार नभएको, प्रधानमन्त्री पदमा रहिरहनका लागि अयोग्य भएको ’ फैसला शुक्रबार गरेको थियो। सर्वोच्च अदालतको शुक्रबारको फैसला सुन्न अदालत वरपर ठूलो भीड एकत्रित भएकोले राजधानीको सुरक्षा व्यवस्था कडा पारिएको थियो । उता फैसलासँगै विपक्षीहरुले उत्सव मनाएका छन् । त्यो क्रम सनिबार पनि जारी छ । एक वर्षअघि पनामा पेपर्सले सरिफलाई गैरकानुनी सम्पत्ति आर्जन गरेको आरोप लगाएको थियो । विपक्षीेको दबावपछि छानविन शुरु भएको थियो भने अदालतममा भ्रष्टचार मुद्दा विचाराधीन थियो ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :