महत्वपूर्ण निर्णयसहित नेकपा, केन्द्रीय समितिको बैठक सम्पन्न

काठमाडौं / साउन १४ : नेपाल कम्युनिस्ट पार्टी, केन्द्रीय समितिको बैठक साउन ९– १३ गतेसम्म सम्पन्न भएको छ । आठौं केन्द्रीय समितिको चौथो पूर्ण बैठकले राजनीतिक, वैचारिक, स्कुलिङ, संघर्ष, संगठनलगायतका प्रस्तावमाथि महत्वपूर्ण निर्णयहरु गरेको छ । बैठकले ३ महिने जनपरिचालन कार्यक्रम, चुनावको समीक्षा गर्दै नारायणी नदी पूर्व क. सुदर्शन र नारायणी पश्चिममा क.विषम कमाण्ड इन्चार्ज रहने गरी दुई कमाण्डसहित अन्य महत्वपूर्ण निर्णयहरुसमेत गरेको छ । बैठकले प्रचण्डद्वारा प्रस्ताववित एकता प्रस्ताव खारेज गर्दै क्रान्तिकारी धु्रवीकरणमा जोड दिएको छ । पार्टी महासचिव विप्लवद्वारा प्रस्तुत ‘चुनाव खारेजी, समीक्षा र आगामी कार्यदिशा’ शिर्षकको प्रस्ताव पनि पारित गरेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :