जटिल बन्दै दार्जिलिङको जनजीवन

अम्बिका चन्द / काठमाडौं, साउन १३ :  अलग्गै राज्य गोर्खाल्यान्ड माग गर्दै दार्जिलिङका नेपालीभाषीहरु आन्दोलनमा उत्रिएसँगै त्यसक्षेत्रको जनजीवन दिनहु कष्टकर बन्दै गइरहेको छ । पश्चिम बंगाल सरकारले अघोषित रुपमा संकटकाल लगाएको छ । त्यसक्षेत्रमा खाद्यान्न, ग्याँसलगायत अतिआवश्यक दैनिक उपभोग्य वस्तुहरुको अभावमा भोकमरीको खतरा पनि बढेर गएको छ । अहिले सम्म ९ जनाको मृत्यु भइसकेको उक्त आन्दोलन पछिल्लो चरणमा त्यतिधेरै हिंसात्मक जस्तो नदेखिए पनि आन्दोलनकारीहरुले सरकारी कार्यालयहरुमा तोडफोड जारी राखेका छन् ।

सरकारले पनि नेपालीभाषी आन्दोलनकारीहरुका घरहरुमा गई छापामार्ने खानतलासी गर्ने र दुःख दिने काम गरिरहेको छ । आफ्ना माग पुरा गराउन भन्दै अनसन बसेका २० जना युवाको स्वास्थ्य अवस्था पनि बिग्रने खतरा छ । आन्दोलनको क्रममा सरकारद्वारा विभिन्न ठाउँहरुमा मानवअधिकार उलघंन भएको बताईएको छ । आन्दोलनकारीहरुले गोर्खाल्यान्डबाहेक अन्य व्यवस्थामा सम्झौता नगर्ने घोषणा गरेका छन् । सरकारद्वारा इन्टरनेट, टेलिफोन, टेलिभिजन, रेडियो लगायतका संचारमाध्यमका साधनहरु बन्द गरिदा त्यसक्षेत्रका खबरहरु बाहिर आउन पनि समस्या भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :