आन्दोलन चर्किएका ठाउँमा मानवअधिकार हनन्

अम्बिका चन्द / काठमाडौ, साउन १३ : मानवअधिकारको क्षेत्रमाकाम गर्ने एसोसिएशन फर प्रोटेक्शन अफ् ह्युमन राईट्स (एपीडीआर) ले भारतको पश्चिम बंगाल सरकारद्वारा बदार्जिलिङलगायत आन्दोलन चर्किएका ठाउँमा मानवअधिकार हनन्का घटना भएको बताएको छ । एपीडीआरले नेपालीभाषीहरुले गोर्खाल्यान्डको मागसहित आन्दोलन गरेका विभिन्न ठाउँहरुको हालै अध्यन भ्रमण गरेको थियो । उक्त एपीडिआरको रिर्पोटमा राज्य, सरकार र प्रशासनले मानवअधिकार हनन् गरेका दर्जनौं घटनाहरु फेला परेको उल्लेख गरिएको छ । साथै एपीडिआरले राज्यले दार्जिलिङका जनताको खाद्यअधिकार पनि हनन् गरेको बताएको छ ।

एपीडिआरका एक सदस्य निलाञ्जन दत्तले आइतबार कलकत्ताको जाधपुरमा आयोजना गरिएको एक गोष्ठीमा यस्तो जानकारी दिएका हुन् । यसैविच त्यस क्षेत्रमा क्रियाशिल एउटा सांस्कृतिक समूहले पनि सरकारी रवैयाका विरुद्ध विभिन्न खालका भेला र गोष्ठीहरु गरिरहेको छ । अलग्गै गोर्खाल्याण्डको मागगर्दै नेपालीभाषीहरु आन्दोलनमा उत्रिएको लामो समयपछि त्यस क्षेत्रको जनजीवननिकै भयावह बन्दै गएको बताइन्छ । खाद्यन्नलगायतका सामाग्रीहरुको चरम अभाव देखिएको छ भने सरकारले नेपालीभाषामा संचारमाध्यमहरुमा प्रतिबन्ध लगाएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :