पार्टी विघटन गर्ने मनस्थितिमा दाहाल


अम्बिका चन्द / काठमाडौं, साउन १३ : वैचारिक हिसावले दिशाविहिनबन्दै गएको माओवादी केन्द्रको हालै सम्पन्न बैठकमा व्यक्त नेताका रोदनहरु बजारमा सेलाएका छैनन् । जम्बो केन्द्रीय समितिको सचिवालय बैठकमा केही सापेक्षित इमान्दार नेताहरुले विभिन्न खालका गुट, उपगुट र सत्ता स्वार्थमा नै पार्टी अल्झीएकोले पार्टी निकै विग्रिसकेको टिप्पणी गरेपछि अध्यक्ष पुष्पकमल दाहाल बरु पार्टी नै विघटन गरौ भन्ने अवस्थामा पुगेका छन् । बैठक समापनको बेला प्रचण्डले आफ्नो पार्टी सच्चाउनै नसकिने गरी गल्तीगर्न पुगेको कुरालाई घुमाउरो ढंगले स्वीकार गरे । समय अनुसार चरित्र बदल्न सक्ने दाहालले भावनामा आएर पार्टी विघटन गरौ भनेको केही नेताको भनाई छ । अर्का नेता नारायणकाजी श्रेष्ठले समय अनुसार चल्न नसकेमा पार्टी आफै विघठन हुनेहुँदा बरु विघटनको घोषणा गरे ठिक हुने बताएका छन् । हिजो क्रान्तिकारी इमान्दार एवं त्यागी नेता–कार्यकर्ताहरुलाई पाखा लगाउदै २ ÷ ४ जना चंखेहरुलाई बोकेर अघि बढ्दा दाहाल अहिले पार्टी भित्रनिकै अप्ठेरोमा परेका छन् ।

माकेको बैठकमा कतिपय दाहालका भक्तहरुले चाकडी गर्ने शैलीमा प्रचण्डपथ ब्युताउनु पर्छ भनेर बैमौसमी गीत गाएका र बैठकमै चर्काचर्की भएका खबरहरुले पनि बजार पाएका छन् । पार्टीको विग्रदो भविश्यलाई देखेर वैचारिक रुपमा सच्चाउने भन्दा पनि पार्टी एकताको विषयलाई माकेले अघि सारेको छ । यहि विषयलाई लिएर क्रान्तिकारी धारको तेतृत्व गर्दै नयाँ शक्तिको रुपमा उदाउँदै गएको नेपाल कम्युनिस्ट पार्टीले पार्टी एकताको प्रस्ताव खारेज गर्दै दाहाललाई पार्टी विघटन गरेर नेकपामा आउन आग्रह गरेको छ । उता वैद्य नेतृत्वको क्रान्तिकारी माओवादीले पनि प्रचण्ड नेतृत्वको माओवादीसँग एकता गर्नुको अर्थ छैन भन्दै अस्वीकार गरी सकेको छ । 

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :