सहिदको सपना साकार पार्न म एक इञ्च पनिपछि हट्दिन – विमल गुरूङ, नेता, गोर्खा जनमुक्ति मोर्चा


काठमाडौं  / साउन १३ : गोर्का जनमुक्ति मोर्चाका नेता विमल गुरूङले आफ्नो वासभूमि गोर्खाल्याण्डको निम्ति अमूल्य प्राणको आहुति दिने सम्पूर्ण सहिदको सपना साकार पार्न आफू एक इन्च पनिपछि नहट्ने बताउनुभएको छ ।  गोर्खा सहिद दिवसको पुण्यतिथिको अवसरमा बिहीबार आयोजित कार्यक्रममा श्रद्धाञ्जलि अर्पण गर्दै उक्त कुरा बताउनुभएको हो । नेता गुरुङले वर्तमान परिस्थितिमा प्रत्येक गोर्खाले सहिदहरूको त्याग र बलिदानलाई आत्मसात गरेर पूर्ण समर्पण अनि इमान्दारिताको साथमा अघि आउनु पर्ने बताउनु भएको थियो । उहाँले पारस्परिक वैरभाव, राजनैतिक, सामाजिक, धार्मिक तथा सबै मतभेदहरू पन्साएर सबै गोर्खाहरू एकजुट भएर गोर्खाल्याण्डको मार्गमा आइपर्ने बाधाहरूको सामना गर्नुपर्ने बताएका छन् । नेता गुरुङले वर्तमान गोर्खाल्याण्डको मुद्दा निर्णायक मोड़मा पुगेको पनि दाबी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :