युवा संगठन नेपाल, बारा/पर्सा जिल्लाको सम्मेलन सम्पन्न

युवा संगठन नेपाल, बारा/पर्सा जिल्लाको सम्मेलन सम्पन्न

नेपाल कम्युनिस्ट पार्टीको सहायक संगठन युवा संगठन नेपाल बारा/पर्सा जिल्लाको प्रथम सम्मेलन सम्पन्न भएको छ । संगठनका जिल्ला संयोजक निरज शाहको अध्यक्षतामा भएको सम्मेलनको प्रमुख अतिथि जिल्ला पार्टी बारारपर्सा इन्चार्ज नयन, विशिष्ट अतिथि नारायणी जबस इन्चार्ज विकास, युवा संगठन नेपालका केन्द्रिय सदस्य एवम् नारायणी ब्यूरो इन्चार्ज बिरेन्द्र, पार्टी जिल्ला सेक्रेटरी रक्तिम, तामाङ मुक्ति मोर्चाका ब्यूरो संयोजक रामलाल दोङ्ग, अनेमसंघ क्रान्तिकारी की जिल्ला संयोजक लक्ष्मी तामाङ, जनक्रान्तिका महान सहिद परिवार समाजका केन्द्रिय सदस्य इन्द्र प्रसाद अधिकारी, मधेसी मुक्ति मोर्चाका जिल्ला संयोजक किशोर महतो र पार्टी जिल्ला सदस्य शिवाको उपस्थिति रहेको थियो ।

सम्मेलनले निरज कुमार शाहको नेतृत्वमा १५ सदस्यीय कार्य समिति निर्वाचित गरेको छ । जसको उपाध्यक्षमा सन्दिप बस्नेत, सचिव सन्जु लामा (महिला), सहसचिव सामेश्वोर राम र कोषाध्यक्ष दिपु कुवर र अन्य सदस्यहरु रहने गरी युवा संगठन समिति निर्माण गरेको छ ।

सम्मेलनलाई सम्बोधन गर्दै प्रमुख अतिथि नयनले पार्टीले अघि सारेको एकीकृत जनक्रान्ति सम्पन्न पार्न युवाहरु एक हुनुपर्ने बताए । उनले समाज र राष्ट्रलाई राजनीतिक निकास दिन, देश र जनतालाई अधिकार सम्पन्न पार्न पार्टी लागि परेकाले युवाहरु पार्टीसँग हातेमालो गरेर अघि बढ्न समेत अनुरोध गरे । अर्का विशिष्ट अतिथि विकासले एकीकृत जनक्रान्तिको अग्रमोर्चामा युवाहरु लाग्नु पर्ने र हरेक इतिहासको फेरबदल युवाहरुको तागतद्वारा नै भएको हुँदा पुजीवादी व्यवस्था अन्त्य गर्न डटेर लाग्न अनुरोध गरे ।                                                         
सोही कार्यक्रममा संगठनका केन्द्रिय सदस्य तथा नारायणी ब्यूरो इन्चार्ज बिरेन्द्रले देशमा युवा बेरोजगार लगायत जात, धर्म, पेशा, लिङ्ग, क्षेत्र आदिका आधारमा जति पनि समस्या र विभेद छन् त्यसको श्रेय राज्यलाई जाने भन्दै अहिलेको यो पुजीवादी संसदिय राज्यव्यवस्थाबाट राष्ट्र स्वाधीन नहुनुको साथै जनजीविकामा परिरहेको असरको समाधान नहुने भन्दै संसदिय व्यवस्थाको अन्त्य गर्न जरुरी भएको बताए । यो व्यवस्था अन्त्यका लागि युवाहरु एक पटक संघर्षमा जुट्न अनुरोध गरे । देशभित्र रहेका सबैखाले समस्याहरु एकीकृत जनक्रान्ति सम्पन्न नगरी समाधान नहुने भएकाले वैज्ञानिक समाजवाद स्थापनाका लागि एक पटक अन्तिम मूल्य चुकाउन युवाहरु तयार रहन जरुरी भएको समेत बताए । कार्यसमितिको प्यानल प्रस्ताव, सपथ ग्रहण गराउदै आउदो जेष्ठमा सम्पन्न हुने राष्ट्रिय सम्मेलनको तयारीमा जोड दिन पनि अनुरोध गरे ।

पार्टीका सेक्रेटरी रक्तिम लगाएत अन्य अतिथिहरुले शुभकामना तथा बधाई मन्तव्यद्वारा नव निर्वाचित युवाहरुलाई प्रोत्साहन र सुझाब दिएका थिए ।

सन्दिपको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण निरज शाहले गरेका थिए ।                       

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :