नेकपा जनकपुर ब्युरोद्वारा बर्दिवासमा आज बृहत जनसभा हुँदै

नेकपा जनकपुर ब्युरोद्वारा बर्दिवासमा आज बृहत जनसभा हुँदै

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी जनकपुर ब्युरोले चैत १० गते अर्थात् मङ्गलबार बर्दिवासमा बृहत जनसभा गर्ने भएको छ । एकीकृत जनक्रान्ति जिन्दावाद, दलाल पुँजीवादी व्यवस्थाको विकल्प–वैज्ञानिक समाजवाद ! भन्ने मूलनारा सहित उक्त कार्यक्रम गरिने र कार्यक्रममा हजारौँ जनसमुदायको उपस्थिति रहने आयोजकले बताएको छ ।

कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी जनकपुर ब्युरोका शीर्ष नेताहरूले सम्बोधन गर्ने जनाइएको छ । प्रतिबन्ध फुकुवापछि नेकपाले देशव्यापी रुपमा विभिन्न कार्यक्रम, संगठन विस्तार, विशााल जनसभाहरू गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :