मुग्लिन–नारायणगढ सडकखण्डमा सवारी साधन नचलाउने

काठमाडौं / साउन १२ : नारायणी यातायात व्यवसायी संघले संघमा आबद्ध सवारी साधन मुग्लिन–नारायणगढ सडकखण्डमा नचलाउने निर्णय गरेको छ । मर्मतको क्रममा रहेको मुग्लिन–नारायणगढ सडकखण्डको बाटो अत्यन्तै जोखिमयुक्त भएको हुँदा सवारीको सुरक्षालाई ध्यानमा राखेर सवारी साधन नचलाउने निर्णय गरेको चितवन शाखाले जनाएका छन् । बाटोको खराब अवस्थाका कारण गाडीमा प्राविधिक समस्या धेरै देखिएपछि आफूहरु बाध्य भएर गाडी चलाउन नसकेको संघले जनाएका छन् । ‘गाडी गुड्ने सडकमा भैंसी छिर्ने खाल्डा छन् । अनि कसरी गाडी चलाउनु,’ व्यवसायीे भने– ‘सडकको अवस्थाले गाडी बिग्रिएर मर्मत खर्च निकै खर्च बढेपछि गाडी बन्द गर्नुपरेको हो ।’ 

 

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :