नेपाल कम्युनिस्ट पार्टी, राप्ती ब्युरोको राजनैतिक प्रशिक्षण कार्यक्रम सम्पन्न

नेपाल कम्युनिस्ट पार्टी, राप्ती ब्युरोको राजनैतिक प्रशिक्षण कार्यक्रम सम्पन्न

काठमाडौँ : विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, राप्ती ब्युरोको आयोजनामा दाङको घोराहीमा राजनैतिक प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा केन्द्रीय सचिवालय सदस्य सन्तोष बुढा मगर ‘विषम’ ले प्रतिबन्धलाई सानदार ढंगले जितेर वार्तामा आएको ठोकुवा गर्नुभयो । उहाँले बजारमा प्रतिक्रियावादीहरुले हारेर सम्झौता गरेर वार्तामा आएको भन्ने हल्ला भ्रामक, झुठा र प्रचारबाजी मात्रै भएको जिकिर गर्नुभयो । दलाल पुजिवादी संसदीय व्यवस्थालाई परास्त गर्ने वैचारिक हतियार आफ्नो पार्टीको कार्यदिशा एकीकृत जनक्रान्तिको कार्यदिशा निर्विकल्प भएको उद्घोष गर्नुभयो । उहाँले पार्टी र नेपाल सरकार बीच भएको तीन बुँदे सहमति आफ्नै देशको भुगोल भित्र र आफ्नै विवेकले गरिएको इतिहासमै नयाँ कदम भएको बताउनुभयो । दलाल सत्ताको विकल्पमा वैज्ञानिक समाजवादी सत्ता स्थापनाले मात्रै देशमा वास्तविक शान्ति, समृद्धि, स्वाधीनता र मानव मुक्ति सम्भव भएको बताउनुभयो । सबैभन्दा राम्रो भविष्य निर्धारण गर्ने कम्युनिस्टहरु भएको भन्दै उहाँले विचार, सिद्धान्त र आदर्श अनुरुप जीवनशैली र आचारणमा सुधारको जोड दिनुभयो ।

कार्यक्रममा नेकपा राप्ती ब्युरो इन्चार्ज केश बहादुर बाठा मगर ‘सुवास’ ले क्रान्तिकारीहरु विचार र सिद्धान्तबाट पतित भए मात्रै हार्ने ठाउँमा पुग्ने उल्लेख गर्नुभयो । उहाँले क्रान्तिकारी कार्यदिशा भएकै कारण आफुहरुको पार्टीले दलाल पुँजीवादको षड्यन्त्र कथित प्रतिबन्धलाई धुजाधुजा पारेको स्पष्ट पार्नुभयो ।

नेकपा राप्ती ब्युरो इन्चार्ज केश बहादुर बाठा मगर ‘सुवास’ को अध्यक्षतामा भएको कार्यक्रममा नेकपा धौलागिरी ब्युरो इन्चार्ज विप्लव, बेपत्ता परिवार समाजका केन्द्रीय अध्यक्ष सुन्दर, विशेष कमिटी केन्द्रीय सदस्य असिना, युवा संगठन नेपालका केन्द्रीय अध्यक्ष पाटन, अखिल (क्रान्तिकारी) का केन्द्रीय महासचिव प्रकाश शाही, दलित मुक्ति मोर्चाका केन्द्रीय उपाध्यक्ष सीता विक ‘सम्झना’ को आतिथ्यतामा प्रशिक्षण भएको थियो ।

कार्यक्रममा राप्ती ब्युरो अन्तर्गतका जिल्ला सेक्रेटरी र जनवर्गीय संगठनका ब्युरो इन्चार्ज/संयोजकहरुले रिपोर्टिङ राखेका थिए ।

नेकपा प्युठान जिल्ला इन्चार्ज विक्रमको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण राप्ती ब्युरो सदस्य विश्वले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :