लमजुङमा बस दुर्घटना / १ जना बगायो, २५ घाइते


काठमाडौं / साउन १२ : लमजुङ र कास्की जोड्ने रुदी दोभानको पूल भाँचिएपछि बस यात्रुबाहक साधन दुर्घटना हुँदा कम्तीमा २५ जना घाइते भएका छन् । पोखराबाट लमजुङको रामबजार हुँदै कास्कीको मुंग्रेबेंसी भएर लमजुङको पसगाउँफेदी बगैंचा जाँदै गरेको यात्रुबहाक साधन ना ५ ख ६३९५ बिहीबार दिउँसो १ बजेतिर दुर्घटना भएको हो । दुर्घटनामा एक जनालाई खोलाले बगाएको छ । त्यस्तै २ जना बसले चेपिएको अवस्थामा रहेको र ८ जना गम्भीर घाइते भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :