पोखरामा व्यवसायी र प्रहरी विच झडप

काठमाडौं / साउन १२ : पोखरास्थित लखनचोमा सडक फुथपाटमा ब्यवसायी गर्दै आएका ब्यवसायी र प्रहरी विच आज विहान झडप भएको छ । लखनचोक क्षेत्रको सडक फुटपाथ अतिक्रमण रोक्नका लागी प्रहरी, नगरपालिकाका कर्मचारी तथा शसत्रप्रहरीको टोलीले हटाउन खोज्दा झडप भएको हो । झडप हुँदा नगरपालिकाका कर्मचारी पुरुष्त्तोम थापा घाइते भएका छन् भने ब्यवसायी तर्फ चार जना सामान्य घाइते भएका बताइएको छ । घाइते थापाको गण्डकी मेडिकल क्लेजमा उपचार भैरहेको प्रहरीले जनाएको छ । पोखराको लखनचोकस्थित नेपाल वायु सेवा निगमको स्वामित्वमा रहेको ‘सस्तो बजार’ प्रकरणसँगै त्यहाँ रहेका व्यवसायीहरुले बिगत केही दिनदेखि सडक पेटीमा नै व्यवसाय गरिरहेका छन । आफ्नो दैनिकी गुजारा त्यहि ब्यवसायबाट चलाउदै आएका ब्यवसायीले सस्तो बजार भित्र रहेको करिव चार लाख बरावरको सामान नष्ट भएको दाबी गरेका छन ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :