पार्टी र क्रान्ति विरोधी गतिविधि गर्ने सन्दिप र पृथ्वी पार्टीबाट निष्काशन

पार्टी र क्रान्ति विरोधी गतिविधि गर्ने सन्दिप र पृथ्वी पार्टीबाट निष्काशन

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी राप्ती ब्युरोले रोल्पाका जिल्ला समिति सदस्य सन्दिप र पृथ्वीलाई निलम्बन गरेको छ । ब्युरो इन्चार्ज सुवासले शुक्रबार विज्ञप्तिमार्फत पार्टीको नीति, निर्णय, विधि र पद्धतिका साथै पार्टी र क्रान्ति विरोधी गतिविधिहरु निरन्तर गरिरहेका जिल्ला समिति सदस्यद्वयलाई निलम्बन गरेको जानकारी गराएका छन् ।

राप्ती व्युरो इन्चार्ज सुवासको विज्ञप्तिमा भनिएको छ, ‘उपरोक्त विषयमा नेपाल कम्युनिस्ट पार्टी रोल्पा समिति सदस्यद्वय क. सन्दिप र क. पृथ्वीसँग धेरै मिहिनेत र प्रयास गरेर पार्टी नीति, निर्णय, विधि र पद्धति साथै पार्टी र क्रान्तिका विषयहरुमा जनवादी केन्द्रियताको विधि र प्रक्रियामा रहेर समस्या समाधान गर्ने पार्टीको तर्फबाट हदैसम्मको लचकतामा जाँदा पनि छलफल, भेटघाट, वैठक बहिष्कार देखि पार्टी विधान, नीति, विधि र अनुशासन विपरीत निरन्तर गतिविधि गरिरहेकाले वहाँहरु दुवै जनालाई रोल्पा जिल्ला र पार्टी सदस्यबाट निलम्बन गरिएको यसै विज्ञप्तिमार्फत जानकारी गरिन्छ ।’

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :