अनेम संघ क्रान्तिकारीकाे राष्ट्रिय सम्मेलन सम्पन्न, नयाँ कार्यसमिति र समसामयिक राजनीतिक प्रस्ताव सार्वजनिक

अनेम संघ क्रान्तिकारीकाे राष्ट्रिय सम्मेलन सम्पन्न, नयाँ कार्यसमिति र समसामयिक राजनीतिक प्रस्ताव सार्वजनिक

अनेम संघ क्रान्तिकारीकाे राष्ट्रिय सम्मेलन सम्पन्न, नयाँ कार्यसमिति र समसामयिक राजनीतिक प्रस्ताव सार्वजनिक

अखिल नेपाल महिला संघ क्रान्तिकारीको सातौं राष्ट्रिय सम्मेलन यहि २०७७ फाल्गुण २४ र २५ गते कपिलवस्तु जिल्लाको शिवगढीमा भव्यताका साथ सम्पन्न भएको छ ।  सम्मेलनले पुनः बन्धु चन्दको नेतृत्वमा ३७ सदस्यीय कार्यसमिति निर्वाचित गर्दै सम्पन्न भएको हाे । कपिलवस्तुको शिवगढीमा दुई दिनसम्म भएको सम्मेलनले बन्धु चन्दको अध्यक्षतामा ३७ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित गरेको छ । सम्मेलनबाट अखिल नेपाल महिला संघ क्रान्तिकारीको उपाध्यक्षमा धीरेन्द्रा उपाध्याय, महासचिवमा राजकुमारी शाही, सचिवमा उषा घर्तिमगर, कोषाध्यक्षमा कमला लिम्बु निर्वाचित हुनुभएको बताइएकाे छ ।

नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द ‘विप्लव’ को प्रमुख आतिथ्यमा भएको सम्मेलनले महिलासम्बन्धी विभिन्न कार्ययोजना पनि निर्माण गरेको छ । सम्मेलन सम्पन्नपश्चात एक प्रेस विज्ञप्ति जारी गर्दै उक्त संगठनले सम्मेलनमा भएका महत्वपूर्ण गतिविधि र निर्णयहरु सार्वजनिक गरेको हो । 

१११औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसर पारेर शुरु गरिएको सङ्गठनको सातौं राष्ट्रिय सम्मेलनको उद्घाटन देशभरबाट उपस्थित भएका प्रतिनिधि पर्यवेक्षक सहित स्थानीय महिला र जनसमुदायको व्यापक सहभागीतामा झण्डा, ब्यानर र प्लेकार्डसहित भव्य र्याली सभाबाट भएको थियो ।
सम्मेलनबाट पारित समसामयिक राजनीतिक प्रस्तावसहित महत्वपूर्ण निर्णयहरु प्रेस विज्ञप्ति जारी गरी सार्वजनिक गरिएको हो । उक्त प्रेसविज्ञप्तिको पूर्ण पाठ यसप्रकार रहेको छ –

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :