फ्रान्समा भीषण आगोलागी

काठमाडौं / साउन ११ : फ्रान्सको दक्षिण–पूर्वी क्षेत्रमा भीषण आगोलागी भएको छ । सोमबारदेखि फैलिएको आगो निभाउने क्रममा कम्तीमा १२ जना अग्नि नियन्त्रक र १५ जना प्रहरीहरु घाइते भएका छन् । आगोलागीबाट फैलिएको डढेलोका कारण गएराती कम्तीमा १० हजार मानिसहरुलाई अन्य सुरक्षित स्थानमा सारिएको एकजना अग्नि नियन्त्रक अधिकारीले बताएका छन् । आगो भूमध्ये सागरको तटीय क्षेत्र, भित्री पहाडी भेग र कोर्सिका टापुको झण्डै चालिस वर्गकिलोमिटर क्षेत्रमा फैलिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :