संकटग्रस्त माके र यसको भुलभुलैया

केही समयपछि माकेको हालत खराब हुने निश्चित छ

पाचँ दिनसम्म धुमधामसँग बसेको सचिवालय बैठकका निर्णयहरू माओवादी केन्द्रले भर्खरै सार्वजनिक गरेको छ । यद्यपि यी पाँच दिनभित्रका दर्दनाक दृश्यहरू यसअघि नै बजारमा आइरहेका थिए र, जनमानसमा मजाकका विषय बनिरहेका थिए । हारेको जुवाडेजस्तै रन्थनिदै पेरिसडाँडा जम्मा भएको माके सचिवालयले निर्वाचन समीक्षालाई बैठकको प्रमुख कार्यसूची त बनायो तर हारका कारणहरूबारे निर्मम आत्मसमीक्षा गरेन । बरु रोदन क्रन्दन, आरोप–प्रत्यारोप र प्रचण्डको चाकरी गर्दै एकले अर्कोलाई पछार्ने होडबाजी चल्यो । वास्तवमै गल्ती जहाँ भयो, त्यतातिर प्रवेश गर्ने झमेला कसैले उठाउन चाहेन । माओवादी आन्दोलन यो स्थितिमा पुग्नुमा वैचारिक विचलन नै प्रमुख कारण हो भन्ने आँट, ऊर्जा र दृष्टिकोण कसैमा देखिएन । विचलित हुनुको जिम्मेवारी लिने नैतिक हैसियत पनि देखिएन ।

माके बैठकको यो दयनीय झलकले विचलित, पतीत र पराजित मनोवृत्तिको राम्रोसँग प्रतिनिधित्व गर्दछ । पाचँ दिनसम्म धुमधामसँग बसेको सचिवालय बैठकका निर्णयहरू माओवादी केन्द्रले भर्खरै सार्वजनिक गरेको छ । यद्यपि यी पाँच दिनभित्रका दर्दनाक दृश्यहरू यसअघि नै बजारमा आइरहेका थिए र, जनमानसमा मजाकका विषय बनिरहेका थिए । हारेको जुवाडेजस्तै रन्थनिदै पेरिसडाँडा जम्मा भएको माके सचिवालयले निर्वाचन समीक्षालाई बैठकको प्रमुख कार्यसूची त बनायो तर हारका कारणहरूबारे निर्मम आत्मसमीक्षा गरेन । बरु रोदन क्रन्दन, आरोप–प्रत्यारोप र प्रचण्डको चाकरी गर्दै एकले अर्कोलाई पछार्ने होडबाजी चल्यो । वास्तवमै गल्ती जहाँ भयो, त्यतातिर प्रवेश गर्ने झमेला कसैले उठाउन चाहेन । माओवादी आन्दोलन यो स्थितिमा पुग्नुमा वैचारिक विचलन नै प्रमुख कारण हो भन्ने आँट, ऊर्जा र दृष्टिकोण कसैमा देखिएन । विचलित हुनुको जिम्मेवारी लिने नैतिक हैसियत पनि देखिएन । माके बैठकको यो दयनीय झलकले विचलित, पतीत र पराजित मनोवृत्तिको राम्रोसँग प्रतिनिधित्व गर्दछ । 

निर्वाचनमा पराजित हुनुको कारणहरूबारे माके सही निष्कर्षमा पुग्नै चाहेन । माके बैठकले पार्टी विभाजन, सरकारको उपयोग गर्न नसकिएको, जनताले माओवादी केन्द्रलाई नबुझिदिएको, एमाले र कांग्रेसले पैसा खर्च गरेको, एमालेले एनजीओ प्रयोग गरेको, तालमेल गरेको ठाउँमा कांग्रेसले माकेलाई भोट नदिएको जस्ता नितान्त प्राविधिक, सहायक र कतिपय अर्थहीन कुराहरूलाई चुनाव हार्नुको कारण बताएर आफ्नो पतन र विचलनलाई छोप्ने प्रयत्न गरेको छ । यो उसकै निमित्त घातक छ । 

माकेले चुनाव हार्नुको प्रमुख कारण उसको वैचारिक विचलन, भ्रष्ट चरित्र, क्रान्तिको गद्दार र साम्राज्यवादको चुत्थो नोकरको रूपमा पतन नै हो । यो विषयलाई माकेले स्वीकार गर्नु र सच्याउन सकेन भने उसको दयनीय अवसानलाई दुनियाँको कुनै पनि ताकतले रोक्न सक्नेछैन । माओवादी पार्टीको विभाजन यसैको परिणाम हो । 

हिजो प्रचण्डलाई नेपाली क्रान्तिको नायक बनाउने यिनै जनता हुन् । हिजो पहिलो संविधानसभा निर्वाचनमा माओवादीलाई देशको सबैभन्दा ठूलो पार्टीका रूपमा जिताउने पनि यिनै जनता हुन् । हिजो जनयुद्धको नेतृत्व गर्दै गर्दा जनतालाई इतिहासका निर्माता देख्ने प्रचण्डहरू आज जनतालाई भेडा देख्न थालेका छन् । यो माकेको  वैचारिक टाटपल्टाइको परिणति हो । 

माकेले चुनाव हार्नुको दोश्रो कारण क्रान्तिकारी पार्टीमाथिको बहुुलट्ठीपूर्ण दमन हो । नेपाली जनता र राष्ट्रका प्रस्तावहरूको रक्षा गर्दै चुनाव खारेज अभियानमा शान्तिपूर्वक होमिएको नेपाल कम्युनिस्ट पार्टीका गतिविधिमाथि अघोषित प्रतिबन्ध लगाएर देशैभरि गैर–कानुनी गिरफ्तारी, झुटा मुद्दा, यातनाको श्रृंखला अगाडि बढाइयो । यो फासिवादी हर्कत माकेकै योजना र नेतृत्वमा चलाइयो । नेकपाले देशव्यापी जनप्रतिरोध अभियानका साथ दलाल संसदीय गणतन्त्रको विरुद्ध जनमत तयार गर्दै क्रान्तिकारी विकल्प प्रस्तुत गर्यो । यसबीचमा माकेको अनुहार धेरै हदसम्म बेनकाव बन्न पुग्यो । क्रान्तिकारी जनता चुनाव खारेज अभियानमै लाग्नु र मतदानमा सहभागी हुन गएका जनताले पनि धेरै खराबमध्ये कम खराबलाई रोजेर मतदान गर्नुले चुनावी नतिजा यो रूपमा देखापरेको हो । यसबाट बुझ्नुपर्दछ, जनताले नबुझेर होइन, बरु राम्रैसँग बुझेर माकेलाई सुहाउने हैसियत प्रदान गर्न खोजेका हुन् तर माकेले अरबौं रकमको खोलो बगाएर, जालसाजी गरेर, बुथ कब्जा र धाँधली गरेर भए पनि जनताले दिन खाजेको हैसियतभन्दा बढी नै मत प्राप्त ग¥यो ।

  यस अतिरिक्त माकेले भारतसँग गरेको गम्भीर राष्ट्रघाती २५ बुुँदे सहमति, १२ सय मेगावाट क्षमताको राष्ट्रिय गौरवको  बुढीगण्डकी गैर–कानुनी रूपले चिनियाँ कम्पनी (जो नेपाल सरकारको कालोसूचीमा परेको छ) लाई बेच्ने हर्कत, कांग्रेससँग अश्लील गठजोडलगायतका कूकर्महरू पनि माकेलाई जनताले हराइदिनुका कारणहरू हुन् । हार हुनुको कारणतर्फ माके नेताहरू जान त चाहेनन् नै । शर्मनाक हारलाई छोपेर आफ्नो एजेण्डाले जितेको भन्ने आत्मरतिमा रमाउन कार्यकर्तालाई अभ्यस्त बनाउँदैछन् ।  कमजोर सैद्धान्तिक जग, वैचारिक सांस्कृृतिक स्तर न्यून रहेका तर पद, पैसा, प्रलोभन र राजनीतिक लाभको लागि नेतृत्वको चाकरी र खुट्टा तानातानमा अभ्यस्त माके नेता कार्यकर्ताहरू यतिबेला एजेण्डाले जितेको आत्मरति गर्दै पिसाबको न्यानोमा रमाइरहेका छन् । केही समयपछि तिनको हालत खराब हुने निश्चित छ । 

माओवादी एजेण्डा यो दलाल संसद्वादभित्रको निर्वाचन होइन, बीस वर्षअघि नै जनताको क्रान्तिकारी आन्दोलनले क्षत–विक्षत पारेको संसदीय प्रणालीभित्रको प्रतिक्रियावादी स्थानीय सत्तालाई संघीयताको नाममा षड्न्त्रपूर्वक पुनस्र्थापित गर्नु माओवादी एजेण्डा हो कि प्रतिक्रान्ति ? माकेभित्रका इमानदार नेता–कार्यकर्ताहरूले भ्रष्ट र दलालको रूपमा पतीत प्रचण्ड मण्डलीको भुलभुलैयाबाट मुक्त भएर सोच्न जरुरी छ । माके बैठकले गरेका निर्णयहरूको मर्म हेर्दा माकेभित्रको गम्भीर संकटलाई सजिलै अनुभूत गर्न सकिन्छ । माके निर्णयका उल्लेखनीय बुँदाहरू तीनवटा मात्र रहेका छन् । बाँकीको खासै अर्थ रहँदैन । 

एक, महाधिवेशन आयोजक समितिको रूपमा रहेको केन्द्रीय समितिको सदस्य संख्या दुई अंक नबढ्ने गरी झार्नेः सामान्यतया पार्टीका समितिहरू स्थितिअनुसार सानो या ठूलो बन्ने कुरालाई अन्यथा लिन हुँदैन तर माकेले केन्द्रीय सदस्य संख्या झण्डै पाँच हजार पु¥याउनु एउटा रोचक कुरा हो । दलाल संसद्वादमा पतन भइसकेको माकेले पार्टी पंक्तिलाई भोट बैंकको रूपमा परिणत गर्नु र त्यहीअनुसार भारी भरकम समिति निर्माण गर्नु स्वाभाविक थियो तर यो दुईवटा कारणले निकम्मा बन्न पुग्यो । पहिलो, पद, प्रतिष्ठा र राजनीतिक लाभका लोभी–पापीहरूलाई केन्द्रीय समिति सदस्यको लागि टेन्डर आह्वान गरेर जसरी भर्ती खोलियो, त्यो मूलतः माओवादीका अन्य घटकहरूबाट मान्छे आकर्षित गर्ने उद्देश्यमा आधारित थियो । केही पदका भोकाहरू त्यतातिर लोभिए पनि क्रान्तिकारी कित्ताभित्र त्यसको कुनै प्रभाव पर्न सकेन । बरु क्रान्तिकारीहरू सुदृढ हुँदै अगाडि बढे भने माकेचाहिँ क्रान्तिबाट थाकेका, भागेका, आँत मरेका, भ्रष्टाचारी, कमिसनखोर, लुटेरा, व्यभिचारी, लम्पसारवादी, हुतिहाराहरूको क्रीडास्थल बन्न पुग्यो । यसरी अरूलाई फसाउन थापेको जालमा माके आफँै फस्यो । अब माकेलाई यसबाट त्यति सजिलै उम्कन सम्भव छैन किनकि त्यो संख्या दुई अंकमा झार्दा साढे चार हजारभन्दा बढी बलिको बोको बन्नेछन् । त्यो झनै प्रत्युत्पादक हुनेछ । 

दोश्रो, जनवादी केन्द्रीयताको सिद्धान्त छोडिसकेपछि माकेले नोकरशाही अराजकताको अभ्यास ग¥यो । नोकरशाही अराजकता सिद्धान्त र विचारबाट च्यूत भइसकेपछि अपनाइने व्यक्तिकेन्द्र्रित विधि हो । यो विधिले सांगठनिक व्यवस्थापकीय पक्षलाई धरासायी पारिदियो । माके यहीँनेर निकम्मा बन्न पुग्यो । यहाँनेर यो प्रणाली नसच्याएसम्म संख्या घटाउने कुराले थप समस्या निम्त्याउने निश्चित छ । 
दुई, विप्लव र बैद्यको पार्टीसँग पार्टी एकताको कुरा ः यो सर्वाधिक रूपले निरर्थक निर्णय हो । प्रतिक्रियावादीकरणको दिशामा गइरहेको प्रतिक्रान्तिकारी माके नेतृत्व मण्डलीले जानाजान यो गैर–सैद्धान्तिक र विचारविहीन निर्णय गर्नुको पछाडि एउटा गम्भीर कारण छ, त्यो हो माकेभित्रको भयानक संकट । माओवादी वृत्तमा आज पनि वैचारिक सैद्धान्तिक पक्षप्रति कम चासो राख्ने नेता, कार्यकर्ता र शुभचिन्तकहरूको हिस्साले विभाजित माओवादी एक ठाउँमा भएको देख्न चाहन्छ । पार्टी फुटेरै सबथोक बिग्रिएको भन्ने सतही बुझाइबाट यो हिस्सा निराश छ । यो मनोविज्ञान पक्रेर उनीहरूको भावनामा खेल्ने प्रत्यन माके निर्णयको अभीष्ट हो । 

योभन्दा महत्वपूर्ण कुरा चुनावमा व्यहोर्नुपरेको शर्मनाक हारबाट पैदा भएको निराशाले माकेलाई विघटनको निकट पु¥याएको छ । माकेभित्रका इमानदार नेता कार्यकर्ताहरू अब यसरी हुँदैन, नेतृत्वले नयाँ ढंगले सोचेन भने हामी सोच्छौं भन्न थालेपछि त्यसलाई अल्मल्याउन छट्टु प्रचण्डले पार्टी एकताको तुरूप फँ्याकेका हुन् । नेपाल कम्युनिस्ट पार्टीमाथि प्रचण्ड मण्डलीले गरेको प्रतिक्रान्तिकारी दमन उसकै निम्ति प्रत्युत्पादक सावित भयो । प्रचण्ड मण्डलीको यो फासिवादी प्रतिक्रियावादी हर्कतले माकेभित्र भयङ्कर ठूलो असन्तुष्टि पैदा गरिदियो ।  प्रचण्ड मण्डलीको पार्टी एकताको प्रस्ताव आफैँभित्रको संकट टार्ने भुलभुलैयाबाहेक अरू केही होइन । 

तीन, प्रत्यक्ष निर्वाचित राष्ट्रपतिको अडानमा फर्कने कुरा ः प्रचण्डले अडान छोड्दै गएकोले संकटमा परियो, अब हाम्रो आफ्नो केही पनि रहेन भन्ने दबाब र असन्तुष्टि बढेपछि यो निर्णय गरिएको हो । अब पार्टी पुरानै ठाउँमा फकिन्छ भन्ने भान पार्नु यसको उद्देश्य हो । त्योभन्दा यसको कुनै अर्थ र औचित्य छैन । यो कुरामार्फत आफूलाई अन्य संसद्वादीहरूभन्दा अलग देखाउने र आफू संसद्वादी नभएको भ्रम दिएर कार्यकर्ता भुलाउने खेलबाहेक यो अरू केही होइन । संसद्वादमा प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतीय प्रणाली पनि संसदीय परम्पराकै एउटा अभ्यास हो । 

बाठो कागले आँची खान्छ भनेझँै आफूलाई दुनियाँकै चतुर नेता सम्झने प्रचण्डले अन्ततः आँचीमै थुतुनो जोत्न पुगेका छन् । आँची नै हो भन्ने जान्दा–जान्दै पनि प्रचण्डका हतिलन्ठक हनुमानहरू त्यही आँची खाना तछाड–मछाड गर्दैछन् । आँचीको दुर्गन्ध अनुभूत गर्न सक्नेहरूले प्रश्न उठाउन थालेपछि सबैलाई आँचीमै डुबाउने ठेक्का लिएका प्रचण्डको दिमाग खराब हुने नै भयो । आँचीको दुर्गन्धबाट हैरान भएर बिच्किन थालेकाहरूलाई प्रचण्डले यसरी फकाउँदैछन्, यो चीज खाएर सकौं, यही भाडोमा खिर खान पाइन्छ । माके निर्णयको सार यही हो । 

 

 

 

 

प्रतिक्रिया दिनुहोस्
error: Content is protected !!