नेकपाका सचिवालय सदस्य धमेन्द्र बास्तोला ‘कञ्चन’ रिहा

नेकपाका सचिवालय सदस्य धमेन्द्र बास्तोला ‘कञ्चन’ रिहा

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टीका सचिवालय सदस्य धमेन्द्र बास्तोला ‘कञ्चन’ रिहा भएका छन् । ११ दिनदेखि जिल्ला प्रहरी कार्यालय काभ्रेको हिरासतमा रहेका सचिवालय सदस्य धमेन्द्र बास्तोला शुक्रबार बिहान रिहा भएका हुन् ।

नेता बास्तोलाले राजनीतिक ढंगले समाधान गर्न खोजेकाले आफूहरु वार्ताप्रति सकारात्मक भएको बताए । उनले कम्युनिस्ट पार्टीहरुबीच एकताको सम्भावना पनि भएको बताए ।

सरकारसँग भएको सहमतिपछि नेपाल कम्युनिस्ट पार्टीमाथिको प्रतिबन्ध हटिसकेको छ । विभिन्न कारागार र हिरासतमा रहेका नेकपाका नेता तथा कार्यकर्ताहरुलाई रिहा गर्ने र मुद्दा खारेजी गर्ने सहमति भएको थियो । नेकपाका १४४ जना नेता तथा कार्यकर्ताहरु अहिले जेल हिरासतमा छन् ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :