फासिवादी मोदी सरकारको ‘मिसन–२०१७’ लाई परास्त गरौं : भाकपा (माओवादी)

२८ जुलाई १९७२ का दिन कलकत्ताको लालबजार प्रहरी थानामा कमरेड चारु मजुमदारको हत्या गरिएको थियो । यसै दिनलाई आधार मानेर भारतीय कम्युनिस्ट पार्र्टी (माओवादी) ले हरेक वर्ष जुलाई २८ देखि अगस्त ३ सम्म सप्ताहव्यापी सहिद स्मृति दिवस मनाउने गरेको छ । पार्र्टीले यस वर्ष नक्सलबाडी किसान विद्रोहको ५० औं वार्षिकोत्सवका अवसरमा सहिद सप्ताहलाई विशेष किसिमले मनाउने निर्णय गरेकाले केन्द्रीय समितिका तर्फबाट विशेष अपिल पनि जारी गरेको छ । अपिलमा मोदी सरकार साम्राज्यवादको आडभरोसामा कसरी मुलुकलाई हिन्दूवादी फासिवादी दिशामा डोर्याइरहेको छ र यसका विरुद्ध मुलुकमा प्रतिरोध संघर्ष कसरी अघि बढिरहेको छ भनेर प्रस्ट पारिएको छ । ६ पृष्ट लामो अपिलमा ‘मिसन २०१७’ अन्तरगतमाथिदेखि तलसम्मका माओवादी नेताहरू र जनसेनालाई सिध्याउने फासिवादी लक्ष भएकाले यसको सशक्त प्रत्याक्रमणका लागि आह्वान गरिएको छ र आन्दोलनका ५० वर्षका सहिदहरूले देखाएको बाटोमा, जनयुद्धको बाटोमा दृढताका साथ अघि बढ्ने दृढता पनि व्यक्त गरिएको छ । प्रस्तुत छ सो अपिलको पूर्ण पाठ– भारतीय कम्युनिस्ट पार्र्टी (माओवादी) केन्द्रीय समितिको संदेश
जुलाई २८ देखि अगस्त ३ सम्म देशव्यापी रूपमा सहिद सप्ताह भव्यताका साथ मनाऔं !
जनयुद्धका क्रममा आफनो प्राणको आहुति दिने सहिदहरूप्रति श्रद्धाञ्जली अर्पण गरौं !
क्रान्तिकारी आन्दोलनलाई सखाप पार्न सत्ताधारी वर्गले चलाएको ‘मिसन–२०१७’ लाई परास्त गरौं !
माथिदेखि तलसम्म नेतृत्वको रक्षा गर्दै आन्दोलनलाई अगाडि बढाऔं !
नक्सलबाडीले देखाएको जनयुद्धको बाटो नै उत्पीडित आम जनसमुदायको मुक्तिको बाटो हो भन्ने कुरा घोषणा गरौं ।

कमरेडहरू र क्रान्तिकारी जनसमुदाय !

जनताका लागि आफ्नो जीवनको आहुति दिनु हिमालयभन्दा गहुङ्गो कार्य हो । शोषक वर्गका लागि मर्नु भनेको प्वाँखभन्दा हलुको मृत्यु रोज्नु हो । मानव जातिका लागि जीवन सबैभन्दा महत्वपूर्ण चिज हो । कम्युनिस्ट क्रान्तिकारीहरूले सामाजिक क्रान्ति र जनहितका लागि आफूलाई पूर्णरूपमा समर्पित गर्छन् । उनीहरू जीवनसमेतको पर्वाह नगरी दृढ उद्देश्यका साथ लागि पर्छन् । हरेक महान परिवर्तनले बलिदान खोज्छ । वर्गहरूको उत्पत्तिसँगै समाजको इतिहास वर्गसंघर्षको इतिहास भएको सत्यतथ्यझैं वगसंघर्षको इतिहास बलिदानहरूको इतिहास हो । हाम्रो मुलुकमा, महान् नक्सलबाडी सशस्त्र किसान संघर्षदेखि यताका ५० वर्षमा, नयाँ जनवादी क्रान्तिका सन्दर्भमा माथिल्ला तहका नेतृत्वदेखि कार्यकर्ता र क्रान्तिकारी जनतासमेत मिलाएर १५ हजारले आफ्नो अमूल्य जीवन अर्पण गरेका छन् ।

आफ्ना उद्धेश्यहरू प्राप्त गर्न हाम्रो पार्र्टीका महान नेता, गुरु र सहिदहरू कमरेड चारु मजुमदार, कमरेड कन्हाइ चटर्जीले देखाउनुभएको दीर्घकालीन जनयुद्धको बाटोमार्फत उद्देश्य प्राप्त गर्न लामबद्ध हुने क्रममा उहाँहरूले आफ्नो जीवनको आहुति दिनुभएको छ । २०१६ देखि मे २०१७ सम्म साम्राज्यवादीहरू त्यसमा पनि अमेरिकी साम्राज्यवादको पूर्ण आडभरोसा र निर्देशनमा भारतीय सत्ताधारी वर्गले जनतामाथि मुलुक व्यापी स्तरमा चलाइएको विविध किसिमको फासिवादी आक्रमण, जनतामाथिको युद्ध—‘अपरेसन ग्रिन हन्ट’ मा २०५ जना कमरेडहरू तथा क्रान्तिकारीहरूले आफ्नो अमूल्य जीवन गुमाएका छन् । यसरी सहिद हुने कमरेडहरूमा दुई जना केन्द्रीय समिति कमरेडहरू हुनुहुन्छ, १३१ जना दण्डकारण्यबाट, २७ बिहार–झारखण्डबाट, ३५ आन्ध्र–ओडिसा बोर्डर, ६ ओडिसा, १ तेलाङना, २ पश्चिम बंगाल र १ पश्चिम घाटबाट छन् । तिनीहरूमध्ये ५४ जना महिला कमरेड तथा ग्रामीण महिलाहरू छन् ।

जुलाई २८ कमरेड चारु मजुमदारले सहादत प्राप्त गरेको दिन हो र यो हजारौं जनताका नायकहरूको सम्झना गर्ने दिन हो । नक्सलबाडी आन्दोलनको ५० औँ वार्षिकोत्सवको पूर्वसन्ध्यामा पार्र्टी केन्द्रीय समिति जुलाई २८ देखि अगस्त ३ सम्म वर्ष दिन यताका साथै बितेका ५ दशकका सहिदहरूको सम्झनामा भव्यताका साथ सहिद सप्ताह मनाउन आह्वान गर्दछ ।

बितेका एक वर्षमा भारतीय क्रान्तिका सहिदहरूमा केन्द्रीय समिति र पोलिट ब्युरो सदस्य कमरेड नारायण सन्याल (विजय दा ८०) केन्द्रीय समिति सदस्य कमरेड कप्पु देवराज (रमेश, योगेश ६२) को सहादत क्रान्तिकारी आन्दोलनमा अपूरणीय क्षति हो । कमरेड देवराज र अजिथा गम्भीर बिमारीको हालतमा हुनुहुन्थ्यो र पक्राउ परेको बेला उहाँहरू कोज्हीकोडतर्फ गइरहनुभएको थियो, अपरेसन ब्रम्हागिरी अन्तरगत उहाँहरूलाई पक्राउ गरियो, निर्मम यातना दिइयो र २४ नोभेम्बरका दिन केरलाको निलाम्बर जङ्गलमा लगेर गोली ठोकेर हत्या गरियो । क्यान्सरका कारण कमरेड नारायण सन्यालले १६ अप्रिलमा कलकत्तामा अन्तिम सास लिनुभयो । राज्य समितिका वरिष्ठ कमरेडहरूमा बिहार झारखण्डका रघुनाथ महतो र आसिश यादव, पश्चिम बंगालका कमरेड हिमाद्री राय (–सोमेन दा, बिघान्द), आन्ध्र–ओडिसा बोर्डरका प्रसाद र दया कमरेडहरू, पश्चिमी घाटकी कमरेड अजिथा कमरेडहरू छन् । अन्य कमरेडहरूमा क्षेत्रीय समिति सदस्य कमरेड संग्रा मुर्मु, जिल्ला समिति सदस्यहरू कमरेड प्रभाकर र किरण, कमरेड प्रिन्स, सुदे, यातिन, सैलेश, अजित यादव जगथ, पाली कैलाश, उपक्षेत्रीय समिति अन्तरगत कमरेड नगेन्द्र यादब, लगायत एरिया समिति सदस्यहरू, प्लाटुन समिति सदस्यहरू, जनमिलिसिया, मोर्चा र सेनाका सदस्यहरू रहेका छन् । बिरामी र जेल प्रशसनको उपेक्षाका कारण दुई जना कमरेडहरू जेलमै मृत्यु वरण गर्नुभयो ।

नक्कली मुठभेठ, गोप्य (कभर्ट) अपरेसन र दुस्मनले थापेको एम्बुसमा परेर धेरै कमरेडहरूले आफ्नो ज्यान गुमाउनु भएको छ, जस्तो बुधानन्दी र थेलम तुमनारका घटनालाई लिन सकिन्छ । पलामुमा प्रतिक्रान्तिकारी गुन्डाहरूको आक्रमणबाट तीन जना कमरेडहरूले ज्यान गुमाउनु भएको छ । रामगुढा र बुधानन्दीमा हाम्रा कमरेडहरू र छापामार सेनाहरूले संघर्षपूर्ण लडाइँ लडेर, आफूले वीरगति प्राप्त गरेर भए पनि आफ्नो नेतृत्वलाई जोगाउन सफल भए । सोनदाहामा हाम्रा कमरेडहरूले अर्धसैनिक बलको संघर्षपूर्ण किसिमले सामना गर्नुभयो । कतिपय कमरेडहरू बृद्ध अवस्था र बिरामीका कारण र कतिपय कमरेडहरू सर्पको टोकाइलेसमेत आफ्नो जीवन गुमाउनुभयो ।
महिला कार्यकर्ताहरूमा — वरिष्ठ पार्र्टी कार्यकर्ता कमरेड ममता र लथा, बुद्री, मन्जुला, हेमला अङ्गु, रामसिला, सुक्की, जोगी, जगबथी यादव, राजबथी, अनुप्रिया लगायतका कमरेडहरू विभिन्न मोर्चामा सहिद हुनुभयो । कमरेड हेमला अन्जु, पादियाम सुक्की, दुधी गुड्डी, रत्ना, अदामे र गाउँले महिला गभादेर सुकमतीलाई पक्राउ गरेर हिरासतमा राखेर बलात्कारपछि हत्या गरियो । कतिपय महिला कमरेडका संवेदनशील अङ्गहरू टुक्राटुक्रा पारेर काटिएका थिए ।

उहाँहरू सबैले प्रतिक्रियावादी सरकारको सशस्त्र फौजले चलाएको ‘अपरेसन ग्रिन हन्ट’ को तेस्रो चरण मिसन २०१६ र मिसन २०१७ को भीषण आक्रमणका क्रममा प्रतिरोध गर्दा सहादत प्राप्त गर्नुभएको थियो । उहाँँहरू जनताका नायक सहिदहरू हुनुहुन्छ, जसले उत्पीडित जनताको पक्षमा आफ्नो प्राणको आहुति दिनुभयो । पार्र्टीको नीति र तथा लाइनप्रति समर्पित ती सहिदहरू जस्तोसुकै परिस्थिति सहेर पनि दृढताका साथ दुस्मनका विरुद्ध दृढताका साथ लडेका थिए । सहिदहरूले व्यक्तिगत स्वार्थरहित भएर आफ्ना हितलाई पार्र्टी र जनताको हितमा समाहित गरे । तिनीहरूले उच्च किसिमको साम्यवादी मूल्य, आदर्श, साहश र त्यागको प्रदर्शन गरे । जनयुद्धमा सहादत प्राप्त गर्ने सबै सहिदहरूलाई पार्र्टी केन्द्रीय समिति विनम्रता पूर्वक श्रद्धाञ्जली प्रकट गर्दछ । विश्व समाजवादी क्रान्तिको अङ्ग भारतीय नयाँ जनवादी क्रान्तिलाई सफलतामा नपु¥याउन्जेलसम्म लडिरहने प्रतिज्ञा गरौं। आन्दोलनलाई सक्रियताका साथ, हिम्मतका साथ, बलिदान र बोल्सेबिक स्पिरिटको नयाँ फड्कोमा अघि बढाऔं । सहिद सप्ताहका सन्दर्भमा हामीले सबैलाई एकएक गरेर सझिंदै उहाँहरूका कार्यबाट सिकौं । क्रान्तिमा उहाँहरूले खेलेको भूमिकालाई पार्र्टी तह र जनतामाझ पु¥याऔं र उनीहरूलाई क्रान्तिमा सहभागी हुन उत्प्रेरित गरौं।

भारतीय जनता पार्र्टीको नेतृत्वमा ‘एनडिए’ सरकार सत्तामा आएपछि केन्द्र र राज्य सरकारहरूले हाम्रो पार्र्टी भाकपा (माओवादी) को नेतृत्वमा मुलुकमा चलेको क्रान्तिकारी आन्दोलनमाथि फासिवादी दमन झन् तीव्र बनाएका छन् । सामाजिक, आर्थिक, राजनीतिक, संगठनात्मक र प्रचारात्मक क्षेत्रमा बेलाबेलामा अँगालिएका सही र नयाँ रणनीतिका कारण नै प्रतिक्रियावादी सत्ताधारी वर्गले चलाएको सशस्त्र सैन्य आक्रमणका विरुद्ध आन्दोलन दरिलो र दिगो किसिमले लड्न सक्षम भएको छ । मिसन २०१६ अन्तरगतकेन्द्र र राज्य सरकारहरूले दण्डकारण्य, बिहार–झारखण्ड, आन्ध्र–ओडिसा बोर्डर, ओडिसा, पश्चिम घाट र अन्य क्षेत्रहरूमा दमन गरेर क्रान्तिकारी आन्दोलन सखाप पार्ने योजना बनाए । प्रतिक्रियावादी सरकारले अगाडि सारेका यस्ता प्रतिक्रान्तिकारी योजनाका विरुद्ध लड्ने क्रममा राजनीतिक, सैन्य र संगठनात्मक प्रयासद्वारा हामीले गत वर्ष २०१६ को मिसनलाई असफल पार्यौं । यी सबै प्रयासहरूमा हाम्रा सहिदहरू तथा क्रान्तिकारी जनतादले पाइलापाइलामा हामीलाई गरेका सहयोगहरू समाविष्ट छन् । आफ्नो रगत दिएर तिनले हाम्रो पार्टी, जनता र जनयुद्धलाई सफलता दिलाएका छन् । यस अवस्थामा गत वर्ष केन्द्र र राज्य सरकारले आफना सबै स्रोतसाधन प्रतिक्रान्तिकारी आक्रमणका लागि केन्द्रीकृत गरेर साम्राज्यवादको निर्देशनमा भारतीय क्रान्तिलाई सखाप पार्न २०१८ को अन्त्य तथा २०१९ को संसदीय चुनावसम्म अढाई वर्षका लागि अर्को खुँखार योजना तर्जुमा गरेका छन् ।

पार्र्टीलाई मजबुत तुल्याउन चालिएको बोल्सेवीकरणको अभियानले पार्टीका सबै तहमा सैद्धान्तिक तथा राजनीतिक बुझाइलाई समृद्ध तुल्याएर पार्र्टीलाई बलियो बनाएको छ । दुस्मनको आक्रमण विरुद्ध प्रत्याक्रमण गर्ने विश्वासमा अभिवृद्धि भएको छ र उनीहरू जनयुद्धमा थप सक्रिय भएका छन् । त्यसैले उनीहरू दैनिक जीवनमा आइपर्ने समस्याहरू, सामाजिक, राजनीतिक जस्ता आधारभूत मुद्दाहरू, राज्यद्वारा गरिएका हिंसात्मक कार्य र पार्र्टीले वर्तमान कठिन परिस्थितिमा सामना गर्नुपरेका समस्यालाई हल गर्ने उद्देश्यले जनताको सहभागितामा जुटिरहेका छन् । वर्गसंघर्ष चर्किरहेको छ । सत्रुहरूविरुद्ध जनमुक्ति छापामार सेनाको सशस्त्र प्रत्याक्रमणमा प्रगति भएको छ । जनआधार मजबुत बनिरहेको छ । सत्रुहरूको आक्रमणका विरुद्ध जनप्रतिरोधमा पनि निरन्तर वृद्धि भइरहेको छ । प्रहरीले जनता तथा हाम्रो पार्र्टीका कार्यकर्ताहरूको गैरकानुनी पक्राउ गर्दा तथा प्रहरीले जनता तथा पार्र्टी कार्यकर्ताको अमानवीय हत्या गर्दा जनता प्रतिकारमा उत्रेका छन् । महिलामाथि सामूहिक बलात्कार गर्दा होस् अथवा बलात्कारपछि हत्या गर्दा होस्, आम जनता प्रतिकारमा उत्रेका छन् । जब प्रहरीले पार्र्टी कार्यकर्ता, जनमुक्ति छापामार सेनाका एकाइहरूमाथि मनपरी गोली ठोक्छ र उनीहरूको मृत शरीरमाथिसमेत दुव्र्यउहाँर गर्छ र लासलाई प्रहरी स्टेसनमा लान्छ, जनताले प्रहरी चौकी घेराउ गर्ने गरेका छन् । उनीहरू प्रहरी अधिकारीसित संघर्ष गरिरहेका छन्, सहिदका मृत शरीर खोसेर दाहसंस्कार गरिरहेका छन् ।

कमरेडहरू !
हामीले विश्व र हाम्रो मुलुकमै पनि विकसित भइरहेको आर्थिक सङ्कट र दुस्मनको बढ्दो फासिवादी आक्रमणबीचको द्वन्द्वात्मक सम्बन्धलाई गहन र सूक्ष्म किसिमले अध्ययन गर्नुपर्छ । हामीले मुलुकमा सत्रु शक्तिको हामीमाथिको बढ्दो प्रहार र सत्तामा आएको ब्राम्हणवादी हिन्दूवादी फासिवादी शक्ति र साम्राज्यवादीहरूको साँठगाँठबीचको अन्तरम्बन्धलाई प्रस्टताका साथ बुझ्नु आवश्यक छ । २००८ देखि आरम्भ भएको आर्थिक सङ्कटबाट मुक्त हुन, साम्रज्यवादी शक्तिहरूले केही नीति अवलम्बन गरे, तर ती असफल भए । फलस्वरूप तिनले देशबाहिर आक्रमणलाई तीव्र पारे । दलाल सत्ताधारी वर्गका रूपमा मोदी सरकारले नव–उदारवादी आर्थिक नीतिलाई साम्राज्यवादी चाहनामा एकदमै आक्रामक शैलीमा लागु गरिरहेको छ । मोदी–मोहन भागवत–अमित शाह गुटको ब्राम्हणवादी हिन्दू फासिवादी नीतिहरूलाई बितेका ३ वर्षदेखि साम्राज्यवादीहरू तथा सामन्त वर्गको हितमा बडो आक्रामक शैलीमा लागु गर्ने उद्देश्य राखिएको छ । तिनीहरू हाम्रो मुलुकका उत्पीडित वर्ग, उत्पीडित जातिहरू, उत्पीडित सामाजिक समुदायको विरुद्धमा छन् । तिनीहरूले मुलुकका जनताको ठूलो हिस्साको जीवनलाई कष्टकर बनाइरहेक छन् ।

‘भारत बनाऔं’, ‘भारतबाट आरम्भ गरौं’ का नाम दिँदै मुलुकको विकासका लागि भनेर मोदी सरकारले गर्ने गरेका ठुलठुला गफ हल्लासिबाय केही होइनन् । उनीहरू सत्तामा आएको तीन वर्ष यता मुलुकको औद्योगिक क्षेत्र झन् चौपट भएको छ । बेरोजगारी, अत्यावश्यक सामग्रीहरूको अत्यधिक मूल्यवृद्धि, ग्रामीण क्षेत्रमा बढ्दो सङ्कटले उनीहरूको ‘विकास’ को नारा हावादारी भएको कुरा छर्लङ्ग भएको छ । गरिबी निवारणका नाममा ल्याइएका थरीथरीका योजनाहरू असफल भएका छन् । मोदी सरकारले भर्खरै सुप्रिम कोर्टलाई दिएको प्रत्युत्तरअनुसार समयमा वर्षा नहुनु, खडेरी, ऋणग्रस्तता, अनाजको उचित मूल्य नपाउनु आदिले गर्दा हरेक वर्ष १२ हजार किसानले आत्महत्या गर्छन् । समस्या अझ तीव्र बन्दैगएको छ र पंजाव, महाराष्ट्र, मध्यप्रदेश र गुजरातका किसानहरूले ऋण मिनाह, मुवाब्जा र उत्पादनको उचित मूल्यलाई लिएर जुझारु संघर्ष चलाइरहेका छन् ।

मोदी शासनका तीन वर्षमा मुलुकमा ब्राम्हणवादी हिन्दू फासिवादी शक्तिहरूद्वारा दलित र मुसलमानमाथिको आक्रमणमा वृद्धि भइरहेको छ । अहिले मोदी सरकारले मुलुकभरि नै गौहत्या प्रतिबन्धित गर्ने एजेन्डा अघि सारेको छ । उत्तरप्रदेशको ददारी, सहरानपुर, गुजरातको उना, राजस्थानको अल्वारिन, जस्ता ठाउँमा यसका नाममा आक्रमणहरू भएका छन् । यस्ता आक्रमणहरूका कारण दलित, मुसलमान, आदिवासी र अन्य उत्पीडित समुदाय उनामा भेला भई एकजुट भएर हिन्दू फासिवादको सामना गर्ने कार्ययोजना बनाएका छन् ।

विस्थापनको विषयलाई लिएर ट्राइबलरगैरट्राइबल जनताले जुझारू संघर्ष चलाइरहेका छन् । झारखण्डको छोटा नागपुर क्षेत्रका ट्राइबलहरूले छोटानागपुर जमिन बेदखल अधिनियम र सन्थाल पर्गना दखल अधिनियमका विरुद्ध निकै ठूलो संघर्ष चलाए । ‘हरिथहाहाराम’ (ग्रिनबेल्ट) का नाममा ट्राइबल जनताको जमिन कब्जा गर्ने सरकारी नीतिका विरुद्ध तेलङ्गनामा सशक्त जनविष्फोट भयो । विस्थापन विरुद्धको आदिवासी जनताको संघर्षले बितेको एक वर्षमा छत्तिसगढ, महाराष्ट्र, झारखण्ड, आन्धप्रदेश र ओडिसामा जुझारू स्वरूप ग्रहण ग¥यो ।

रोहित बेमुलाको हैदरावादमा भएको आत्महत्या र २०१५ मा जवाहरलाल नेहरु विश्वविद्यालयका विद्यार्थी नेताहरूमाथि जबर्जस्ती लगाइएको राज्यद्रोहको अभियोगपछि देशभरिका प्रगतिशील विद्यार्थीहरू, दलित र अल्पसङ्खय धार्मिक समुदायका विद्यार्थीहरू, हिन्दू फासिवादी आक्रमण विरुद्धको संघर्षको एउटै प्रवाहमा एकताबद्ध भए । त्यसैगरी, यो वर्ष, रामजी कलेज दिल्लीमा प्रगतिशील विद्यार्थीहरूमाथि सङ्घ परिवारका तर्फबाट भएको आक्रमणका विरुद्ध १४ ओटा राज्यका विद्यार्थी तथा प्राध्यापकहरूको बृहत किसिमको संयुक्त आन्दोलन परिचालन भयो ।

महिला हिंसा र अत्याचार निरन्तर बढ्दो छ । तथ्याङ्कअनुसार हरेक तीन मिनेटमा एकजना महिलामाथि हिंसा हुन्छ । दाइजो समस्याका कारण हरेक वर्ष आठ हजार महिलाको हत्या हुन्छ । ५० हजार महिलामाथि दुव्र्यउहाँर र ४० हजार महिला अपहरणमा परेका तथ्याङ्कहरू छन् । बढ्दो सामन्ती तथा साम्राज्यवादी संस्कृतिका कारण एसिड आक्रमण, बालविवाह, जबर्जस्ती बेश्यावृत्ति, भ्रूणहत्या र बालहत्याका घटनाहरूमा वृद्ध भइरहेको छ । महिलाहरू र प्रजातन्त्रवादीहरूले यी घटनाहरूलाई लिएर मुलुकभर आवाज उठाइरहेका छन् ।

केन्दीय सत्तामा मोदी सरकार आएपछि साम्राज्यवादी पुँजीका लागि यसले मुलुकलाई पूर्णरूपमा विक्री गरिरहेको छ । अर्को्तिर यसले राष्ट्रवादी–प्रभुत्ववादी आवेगात्मक र नक्कली देशभक्तिको नारा पनि फलाकिरहेको छ । सरकारका प्रतिक्रियावादी नीतिहरूको विरोध गर्ने संस्था तथा बुद्धिजीवीहरूहरूमाथि यसले ‘राष्ट्रद्रोह” को अभियोग लगाइरहेको छ । हिन्दूवता गुन्डाहरूले नागरिक तथा प्रजातान्त्रिक अधिकारहरूमाथि गरेका मनपरी आक्रमणका विरुद्ध प्रजातान्त्रिक, सच्चा देशभक्त शक्तिहरूले संघर्र्षात्मक कार्यक्रमहरू चलाइरहेका छन् ।

मोदी सरकारको मजदुरविरोधी नीतिहरूको विरोध गर्दै गत सेप्टेम्बरमा वामपन्थी टे«ड युनियनहरूको नेतृत्वमा लाखौँ मजदुरहरू आम हडतालमा सहभागी भए । यो वर्ष सरकारी क्षेत्रसम्बद्ध बैंकका १० लाख कर्मचारीहरूले सरकारको श्रमनीति, करार सेवा र अन्य जनविरोधी नीतिका विरुद्ध २८ फेव्रवरीका दिन सफलतापूर्वक देशव्यापी आमहडताल सञ्चालन गरे । मारुती सुजुकी कम्पनीमा चलिरहेको सशक्त आन्दोलनको गति देखेर मजदुर नेतृत्वलाई कमजोर पार्न नेताहरूलाई जेलमा कोचरेर आजीवन कारवासको सजाय दिइयो ।

सरकारले अप्रत्यक्ष कर प्रणालीलाई पारित ग¥यो, र साम्राज्यवादी र ठूला दलाल नोकरसाही पुँजीपतिको स्वार्थमा मुलुकभर बजार व्यवस्थापनमा एकरूपता ल्याउने भन्दै एउटै डालो प्रणाली (जिएसटी) लागु गर्यो । भ्रष्टाचार निवारण गर्ने होहल्ला गर्दै ठूला नोटहरू खारेज गरियो र जनताको मौद्रिक सम्पतिलाई बैंकमा जम्मा गर्न लगाइयो । एकातिर यसले ठूलाठूला कर्पोरेट मालिकहरूको ढुकुटी भर्यो र अर्कोतिर सरकारसित सम्बद्ध आरयसयसजस्ता संस्थाका लागि फन्ड जम्मा पार्न सघाउ पु¥यायोे । यसले गरिबलाई मात्र होइन, मध्यम वर्ग, किसान, साना ब्यापारी र साना पुँजीपतिहरूलाई समेत ठूलो अप्ठ्यारोमा मात्र नपारी, वास्तवमा कतिपयलाई बेघरवार नै बनायो ।

गत वर्षको जुलाईमा हिजबुल मुजाहिद्दिनका बुर्हन वानिफलाई गोली ठोकर हत्या गरेपछि त्यहाँ कास्मिर राष्ट्रिय मुक्ति आन्दोलनको संघर्षले नयाँ रूप लिएको छ । यो वर्ष मेमा उनका सहयोगी सब्जर अहमद भाटको हत्यापछि पनि यो संघर्ष जारी छ । कास्मिरका जनताले भारतीय सेना र अर्धशैनिक बलसित ‘ढुङ्गाहरू’ द्वारा लडाइँ लडेर राज्य र केन्द्र सरकारलाई बेचैन पारिरहेका छन् । र पनि यो वर्ष विद्यार्थीहरू संघर्षका अग्रिम मोर्चामा देखिए । उत्तरपूर्वमा राष्ट्रिय मुक्ति संघर्षसित सम्बद्ध संगठनहरू फेरि एकजुट भएर संयुक्त मोर्चा निर्माण गरी एकताबद्धताका साथ भारतीय विस्तारवादका विरुद्ध लडिरहेका छन् ।

मजदुरहरू, किसानहरू, मध्यम वर्ग, राष्ट्रिय पुँजीपति, उत्पीडित जातिहरू, अल्पसंख्यक, दलित, आदिवासीहरू, महिला, विद्यार्थीहरू र अन्य तह र तप्काका सामु ब्राम्हणवादी हिन्दू फासिवादका विरुद्ध लड्ने परिस्थिति निर्माण भएको छ । मुलुकमा विद्यमान शक्तिहरूबीच प्रस्ट रूपमा धु्रवीकरणको स्थिति बनेको छ । ब्राम्हणवादी हिन्दू फासिवादको राष्ट्रविरोधी र सडेगलेको प्रतिक्रियावादी नीतिहरूका कारण उत्पीडित वर्गहरू, जातिहरू र उत्पीडित सामाजिक समुदायको साम्राज्यवादपरस्त साझा दुस्मन भएको छ । यो र अहिलेको स्थिति परिवर्तनका लागि भएका जनप्रतिरोधका विभिन्न रूपहरू बितेका तीन वर्षहरूमा मुलुकको राजनीतिमा भएका नयाँ प्रगति हुन् ।

कमरेडहरू,
हाम्रा जन छापामारहरूले मार्च र अप्रिलमा छत्तिसगढको सुक्मा जिल्लामा भएका दुईओटा एम्बुसमा ३७ जना सिआरपिएफका सदस्यहरूलाई घाटमा पुर्याए र अन्य १० जनालाई घाइते तुल्याएपछि मे ८ मा केन्द्रीय गृहमन्त्रीको अध्यक्षतामा दिल्लीमा मुख्य मन्त्रीहरू, प्रहरीका उच्च अधिकारीहरू र दश जिल्लाका जिल्ला प्रमुखहरूको बैठकको आयोजना गरिएको थियो । हाम्रो आन्दोलनका क्षेत्रहरूमा सेना तैनाथ गरी आन्दोलनलाई निमिट्यान्न पार्न सैन्य अधिकारीअन्तरगत कार्यक्रम लागु गर्ने कुरा पारित गरिएको थियो । त्यसैको एउटा अंशका रूपमा उनीहरूले —सेन्ट्रल रिजर्भ प्रहरी फोर्स (एलडब्लुइ) को सेन्ट्रल जोन कमान्ड सेन्टरलाई कलकत्ताबाट रायपुरमा सार्ने, जिल्ला तहसम्म एकीकृत कमान्ड स्थापना गर्ने, कमान्डलाई रणनीतिक–अपरेसन तहसम्म मजबुत तुल्याउने, राज्य र केन्द्रीय बलहरूबीच विश्वसनीय र व्यवस्थित समन्वयका लागि समिति गठन गर्ने, नक्सल विशेष डिजी अफिस रायपुरबाट जगदालपुर (बस्तर) मा सार्ने, इन्टेलिजेन्स पद्धतिलाई विस्तार गर्ने र मजबुत तुल्याउने, खासगरेर मानव र विद्युतीय इन्टेलिजेन्स नेटवर्कलाई प्रभावकारी, उपयोगी र अधिकतम प्रयोगकारी बनाउन विद्युतीय विधि (सेटेलाइट, जिपिएस, युएभी, सिसी टिभी क्यामेराहरू, राडारहरू र यस्तै चिजहरू) र अपरेसनमा एयरफोर्सको प्रयोगका लागि (ड्रन आक्रमणका लागि हेलकप्टरमा कमान्डो फोर्स) उचित व्यवस्था गर्ने, सशस्त्र बललाई नयाँ किसिमको तालिम दिने, सुक्मा र बिजापुर जिल्लामा प्रतिविद्रोह स्कुलहरू स्थापना, केन्द्र र राज्यका सशस्त्र बलहरू र अर्धसैनिक बलबीच सुमधुर सम्बन्धको विस्तार, अर्धसैनिक बलको रेखदेखमा आन्दोलनरत क्षेत्रमा चाँडोभन्दा चाँडो सडक निर्माण, नयाँ आधुनिक सञ्चार टावरहरू निर्माण जस्ता निर्णयहरू गरिएका थिए । राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाल र आन्तरिक सुरक्षा सल्लाहकार के. विनयकुमार माओवादी सखाप पार्ने मिसनलाई निर्देशन गर्नेछन् भन्ने कुरा पनि उनीहरूले निर्णय गरे । यो बैठकको महत्वपूर्ण निर्णय सर्जिकल अपरेसन गर्ने भन्ने थियो । यी सबै कामहरू, क्रान्तिकारी नेतृत्व, र क्रान्तिकारी फोर्सलाई सखाप पार्ने मिसन २०१७ अन्तर्गतका उद्देश्यहरू थिए । यसैको अंशका रूपमा उनीहरूले ‘सफेदपोस’ नक्सलाइटका नाममा नागरिक अधिकार कर्मीहरू, सामाजिक कार्यकर्ताहरू र प्रजातन्त्रवादीहरूलाई निसाना बनाउने कुरा पनि घोषणा गरेका थिए ।

मिसन २०१७ हत्या अभियानका साथ बडो आक्रामक रूपमा आरम्भ भयो । पहिलो ५ महिनामा प्रहरीले हाम्रो आन्दोलनरत क्षेत्रका ६० जना गाउँस्तरीय नेता, स्थानीय कार्यकर्ता र अन्य क्रान्तिकारीहरूको हत्या ग¥यो । सलवाजुडुम र सेन्डा«का दिनदेखि आरम्भ गरिएको महिलामाथि सामूहिक बलात्कार, हत्या, आगजनी, पक्राउ र यातनामा वृद्धि गर्दै योजनालाई केन्द्रीकृत गरियो । उनीहरूलाई समर्थन गर्ने प्रजातन्त्रवादीहरू, व्यापारीहरू, क्रान्तिकारी जनसमुदाय र बुद्धिजीवीहरूलाई आजीवन कारावासको सजाए दिइयो । क्रान्तिकारीहरूलाई मृत्युदण्ड दिइयो ।

इतिहासले बारम्बार साबित गरेको कुरा के हो भने शोषक वर्गले जनताको संघर्षलाई जतिसुकै निर्दयतापूर्वक दमन गर्न खोजे पनि उसको पतन निश्चित छ । त्यसैले हामीले मिसन २०१७ लाई पराजित गर्ने कामलाई तुरुन्तै अघि बढाउनुपर्छ, पार्र्टी नेतृत्वलाई माथिदेखि तलसम्म सुरक्षित राख्नुपर्छ, आन्दोलनलाई अघि बढाउन व्यापक जनतामा आधारित जनयुद्ध–छापामार युद्धलाई निरन्तरता दिनुपर्छ । यसमा सफलता हासिल गर्न हामीले हरसम्भव हाम्रो सैन्य शक्तिको सुरक्षा गर्नुछ । दुस्मनको कमजोरीबाट फाइदा उठाएर अवसर पाउनेबित्तिकै हामीले हाम्रो जनमुक्ति छापामार सेनालाई केन्द्रीकृत गर्नुपर्ने हुन्छ । हामीले सत्रु सेनाका विकेन्द्रित एकाइमाथि आक्रमण गर्नुपर्छ अथवा उनीहरूको शक्ति विकेन्द्रित भएपछि आक्रमण गर्नुपर्छ । हामीले उनीहरूको हतियार खोस्नैपर्छ । यसका लागि हामीले छापामार युद्धका नियम र सिद्धान्तहरू— गोप्यता, गति, दृढ इच्छा, आत्मरक्षा, स्थान परिवर्तन, आक्रामक रणनीतिका साथ पहलकदमी र तीव्रता अँगालेर छापामार युद्धलाई विस्तार गर्नुपर्छ । आत्मरक्षा र जनआधारमा वृद्धि, हाम्रो आत्मगत शक्तिको विकास र सुदृढीकरणका तात्कालिक उद्देश्य प्राप्तिका साथै यस्तै अन्य बलिदानी चरित्रका उद्देश्य प्राप्तिका लागि जनयुद्धलाई थप एक कदम अघि बढाऔं ।

सहिदहरूको वलिदानबाट मात्रै हामीले छापामार युद्ध, जनप्रतिरोध र जनआन्दोलनमा सफलता हासिल गरेका हौं । उनीहरूले स्थापित गरेका आदर्शहरूप्रतिको हाम्रो प्रतिबद्धतालाई जनताको हितमा दुस्मनका विरुद्ध जनयुद्धको माध्यमबाट अन्तिम साससम्म लडेर मात्र हामी प्रमाणित गर्न सक्छौं । सहिदले रोजेको बलिदानको बाटोमा नै भारतका उत्पीडित जनताले आफनो भविष्य देखेका छन् । त्यसैले, तिनका उदात्त आदर्श, बलिदान, प्रेरणा र परम्परालाई दरोसित समातेर दृढ इच्छाका साथ सैद्धान्तिक, राजनीतिक, सङ्ठगठनात्मक, सैन्य र सांस्कृतिक जिम्मेवारीलाई पूरा गर्न एकचित्त र सामूहिक व्यउहाँरका साथ लाग्ने सपथ खाऔँ ।

कमरेडहरू !
हाम्रो क्रान्तिकारी आन्दोलनलाई समापत पार्ने उद्देश्यका साथ लागु गरिएको मिसन २०१७ लाई परास्त गर्ने र माथिदेखि तलसम्मको हाम्रो पार्र्टी नेतृत्वको रक्षा गर्ने तात्कालिक जिम्मेवारी पूरा गर्न मुलकभर बडो उत्साहका साथ सहिद सप्ताह मनाऔं । स्मृति सप्ताहमा जनताको ठूलो हिस्सालाई सहभागी गरौंैंैंऔं । पार्र्टीकार्यकर्ता, जनमुक्ति छापामार सेना र गाउँका जनतामाझ हाम्रा प्यारा सहिदहरूका बलिदानगाथाको प्रचारप्रसार गरौंै । सहिदहरूका आदर्श र योगदानलाई माथि उठाउनका लागि पोस्टरहरू, ब्यानरहरू, पर्चाहरू, भित्तेलेखन, सडक लेखन र सहिदहरूको इतिहास दर्शाउने पुस्तिकाहरू, उनीहरूका फोटो प्रदर्शन महत्वपूर्ण माध्यमहरू हुन् । गाउँमा भेला र र्यालीहरू निकालौँ । क्षेत्र, जिल्ला, डिभिजन, जोन लगायतका क्षेत्रहरूमा व्यापक मात्रामा जनसहभागिता जुटाएर जनतामा आत्मविश्वास जगाऔं । सहिदहरूका वलिदान, साहश, वीरत्व, उनीहरूको दृढ इच्छा र यस्तै अन्य आदर्शको सम्मान गरौं । जनतामा उत्साह र उत्प्रेरसणा जगाऔँ, जसबाट उनीहरू नयाँ जनवादी समाज निर्माणको बाटोलाई अवलम्बन गरून् । सहिदहरूले रोजेको बाटोमा अघि बढ्न आह्वान गरौं। हामीले हाम्रा प्यारा सहिदहरूप्रति गर्न सक्ने सच्चा श्रद्धाञ्जली यही हो ।

क्रान्तिकारी अभिवादन
केन्द्रीय समिति,
भारतीय कम्युनिस्ट पार्र्टी (माओवादी)
जुन ३, २०१७

अनुवाद : डा. ऋषिराज बराल   स्रोत  : जनमेल

 

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :