विप्लवद्वारा प्रचण्डको प्रस्ताव खारेज / प्रचण्ड पार्टी विघटन गरेर नेकपामा आउनुपर्दछ – विप्लव


रातो खबर संवाददाता/काठमाडौं, साउन ११ : पुष्पकमल दाहाल नेतृत्वको नेकपा (माओवादी केन्द्र) को केन्द्रीय तहको बैठक आइतबार समापन भएको छ । बैठक समापन गर्दै दाहाल समूहले कम्युनिस्ट ध्रुवीकरणको पासा फेरि थालेका छन् तर दाहालको ध्रुवीकरणको पासोलाई कसैले पत्याएको देखिएको छैन । पूर्व माओवादी पार्टी नेता तथा नयाँ शक्ति पार्टीको संयोजक डा. बाबुराम भट्टराईले दाहाल नेतृत्व र नीतिको उपादेयता नभएको सो समूह भ्रष्टाचार र विकृतिको दलदलमा फसेको कारण दाहालको ध्रुवीकरणको कुनै अर्थ नरहेको बताएका छन् । यसै हालै सम्पन्न नेकपा (क्रान्तिकारी माओवादी) केन्द्रीय समितिको बैठकपश्चात जारी विज्ञप्तिमा सो पार्टीका अध्यक्ष क. किरणले माक्र्सवाद आधारभूत मूल्यहरू परित्याग गरेको माओवादी केन्द्र र त्यसको नेतृत्वसँग ध्रवीकरण सम्भव र आवश्यक नभएको बताउनुभएको छ । उहाँले माक्र्सवाद र आवश्यक मान्यताभित्र रहेका सामन्तवाद साम्राज्यवाद विरोधी शक्तिहरू बीचमा मात्र एकता सम्भव हुने बताउनुभएको छ । त्यसैगरी नेकपा (मसाल) ले दाहाल समूहलाई राष्ट्रघाती, विखण्डनकारी शक्तिका रूपमा विश्लेषण गरेको छ ।

नेकपाका महासचिव विप्लवले प्रचण्डको ध्रुवीकरण प्रस्तावलाई खारेज गर्दै प्रचण्डले आफ्नो दक्षिणपन्थी समूह विघटन गर्दै नेकपामा प्रवेश गर्ने बताउनुभएको छ । मंगलबार रातो खबर साप्ताहिकसँग संक्षिप्तमा कुरा गर्दै उहाँले सो कुरा बताउनुभएको हो । “यो चुनाव सामान्य कार्यनीति मात्र होइन, शान्तिप्रक्रिया असफल भएर र प्रतिक्रान्ति लादेको अवस्थाको चुनाव हो । शान्तिप्रक्रिया सहभागी दुईओटा शक्तिहरूमध्ये एउटाले नमानेको अवस्था शान्तिप्रक्रिया भाग्न हुन विश्वभरिको अनुभव छ तर नेपालमा पार्टीभित्रका आत्मसमर्पणकारी दलाल र पार्टी बाहिर दलालको गठजोडका कारण शान्तिप्रक्रिया असफल भएको छ । विश्वभरिका कम्युनिस्टहरू र जनवादी शक्तिहरूले त्यसलाई समर्थन गरेका छन् । शान्तिप्रक्रिया असफल भएको र त्यसलाई नमान्ने अथवा विद्रोह हामीले ग¥यौँ । त्यसैले हामी आजको जुनसुकै परि स्थितिमा जनयुद्धकै निरन्तरता छ भनेका छौँ । यद्यपि हामीले थप समीक्षा गरेका छौँ । तसर्थ, यो चुनाव २०५४ जस्तै जनयुद्धभित्रको चुनाव हो” विप्लवले भन्नुभएको छ । त्यसैले नेकपा र माओवादी केन्द्रका बीचमा आधारभूत भिन्नता देखिन्छ । अर्कोतिर विप्लव नेतृत्व नेकपा सोलोडोलो एकताको पक्षमा छैन । माकेभित्रका क्रान्तिकारीहरूलाई ध्रुवीकरणमा लिड गर्ने उसको रणनीति देखिन्छ । दक्षिणपन्थी र प्रतिक्रान्तिकारी विचारका नेतृत्वको ध्रुवीकरण उसको रणनीति देखिन्छ ।

क. सुदर्शन र क. सन्देशलगायतको ध्रुवीकरण र तिलक परियारलगायतको पलायनले त्यसलाई पुष्टि गरेको छ । प्रचण्ड समूहमा आएको संकट टार्न र पराजय तथा कार्यकर्तामा भागदौडबाट पैदा भएको संकटलाई भरथेग गर्न प्रचण्डले ध्रुवीकरणको पासो फालेको देखिन्छ । प्रचण्डको दिमागमा भयङ्कर उथलपुथल र वेचैनीको बादल मडारिरहेको अवस्थामा त्यसलाई रोक्न अनेक हल्ला र भ्रमको खेती उनले गरिरहेको अनुमान गर्न सकिन्छ । पहिलो र दोस्रो चरणको निर्वाचन परिणामले प्रचण्डको दक्षिणपन्थी सुधारवादी पार्टी बनाउने सपनालाई पनि ध्वस्त बनाइदिएको छ । एमाले नै दक्षिणपन्थी सुधारवादी संशोधनवादी धाराको नेतृत्व गरिरहने देखिएको छ । बढ्दो क्रान्तिकारी गतिविधि र ध्रुवीकरणका कारण अर्को संकट छ । तीव्र गतिमा एकातिर कार्यकर्ता एमालेतिर प्रवेश गर्ने र अर्कोथरि नेकपातिर प्रवेश गर्ने भइरहेको अवस्था देखिन्छ । नेपाली कांग्रेससँगको गठजोडले नेकपा (माओवादी केन्द्र ले बदनामी र नैतिक ह्रास कमायो तर चुनावी फाइदा भएन । त्यसैले प्रचण्डको एकता प्रस्ताव पराजयको कुण्ठा मात्र बुझ्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :