कर्णालीमा स्थानीय चुनाव खारेज अभियानको समीक्षा

एकीकृत जनक्रान्तिमार्फत स्थापना हुने वैज्ञानिक समाजवादी व्यवस्था नै यसको उत्तम विकल्प हो

 

 एटम

राज्यले भौगोलिक उत्पीडनमा पारेको तर विकासको प्रचुर सम्भावना बोकेको कर्णाली क्षेत्र हो । अझै पनि विकासको मूलप्रवाहमा आउन सकिरहेको छैन । रोग, भोग र गरिबीको चपेटामा पर्दै र पारिँदै आएको छ । यही उत्पीडन र गरिबीबाट मुक्त हुन कर्णाली प्रदेशले आफ्नो सुन्दर भविष्यको खोजी गर्दै आमूल परिवर्तनका लागिका थालिएका संघर्षमा कुशल नेतृत्व र कमान्डरको परिचयमा आफ्नो नाम दर्ज गर्दै आइरहेको जिउँदो इतिहास घाम झैँ छर्लङ्ग छ । सबैखाले प्रतिकृयावाद, संशोधनवाद र सुधारवादका विरुद्ध संघर्ष गर्दै, बलिदानीका कैयौँ विभीषिका खडा गरेर महान् जनयुद्धको क्रममा मालेमाको वैज्ञानिक प्रयोग विकास क्रमसँगै आधारइलाकाको रूपमा खडा भएर यस क्षेत्रले प्रतिक्रियावादी सत्ताको खारेजी जनसत्ता संचालनको अभ्यास गरिसकेको हो । आन्तरिक र बाह्य चुनौतीको सामना गर्दै जबर्जस्त केन्द्रीय राजनीतिमा उपस्थिति र प्रभाव कायम गर्ने सफल हुँदै आइरहेको छ । शान्तिपूर्ण राजनीतिक संघर्ष र त्यहीक्रममा २०६४ सालको संविधानसभाको निर्वाचनमा एकलौटी आफ्नो प्रभावक्षेत्रको रूपमा पहिचान दिंदै सबै क्षेत्रबाट तत्कालीन नेकपा (माओवादी) ले विजय हासिल ग¥यो । 

शान्तिपूर्ण राजनीतिक संक्रमणकालमा स्थानीयस्तरमा प्रतिक्रान्ति र प्रतिक्रियावादी शक्तिद्वारा बदलास्वरूप हाम्रो पार्टीविरुद्धमा भएका सबैखाले आक्रमणको कुशलतापूर्वक प्रतिरोध गर्न सफल भएको कर्णाली प्रदेश माओवादी आन्दोलनका कमान्डर भन्नेहरूको विचलनताका विरुद्ध संघर्ष गर्दै क्रान्तिकारी विचार, नेतृत्व रक्षाको पक्षमा सतिसालझैँ खडा भयो । माओवादी आन्दोलनको विचलनता र पार्टीभित्र देखापरेको नवसंशोधनवादी प्रचण्ड, बाबुराम मण्डलीविरुद्धको अन्तरसंघर्षमा २०६९ असार २ गते सम्बन्ध–विच्छेद गरी नवगठित नेकपा (माओवादी) क. किरणको नेतृत्वमा पूरै कर्णाली प्रदेशले विद्रोह गरी क्रान्तिकारी आदर्श र मूल्यको रक्षा र उपलब्धिका लागि अघि बढ्ने संकल्प ग¥यो । २०७० सालको कथित दोश्रो संविधानसभाको निर्वाचन पार्टीभित्रको अकर्मण्यतावादी सोच र अस्पष्ट कार्यदिशाका बाबजुद पनि सशक्त र प्रभावकारी बहिस्कारमा कर्णाली सहभागी भयो । तत्कालीन नेतृत्व क. किरणको अस्पष्ट कार्यशैली, अकर्मण्यतावादी सोचका कारण नेपालमा क्रान्ति सम्भव छैन भन्ने निष्कर्षका साथ क. विप्लव नेतृत्वको नेकपा माओवादीले विद्रोह गरेपछि कर्णालीका पार्टी, जनताले क्रान्तिकारी लाइन र नेतृत्वको पक्षपोषण गर्दै अगाडि बढिरहेको ताजा क्रान्तिकारी इतिहास कायम ग¥यो । 

प्रतिक्रान्तिलाई क्रान्तिकारी आन्दोलनबाट प्रतिवाद गर्ने, जनयुद्धले प्राप्त गरेका उपलब्धिहरूको रक्षा र पूर्ण विजयका लागि पार्टीले वैज्ञानिक कार्यदिशा, कुशल संगठन, आधारक्षेत्रको पूर्ण सुदृढीकरणको योजनाका साथ पहल गरी अगाडि बढ्ने प्रयत्न जारी राख्ने । योे अवस्थामा प्रष्ट देश दुई धारमा विभाजित भयो, माओवादी क्रान्तिकारी धारा र सुधारवादी प्रतिक्रान्तिकारी, यथास्थितिवादी धारमा देश धु्रबीकृत भएर अगाडि बढ्ने थालनी भयो । देश अब आर्थिकक्रान्तिको बाटोमा लागेको माओवादी सिद्धिएको ढोलक बजाई हर्षबढाइँ गरिरहेका नवसंशोधनवादी र प्रतिक्रियावादीलाई चुनौती दिँदै तत्कालीन पार्टीले आठौँ महाधिवेशनको उद्घाटन कार्यक्रम र २२ औँ जनयुद्ध दिवस काठमाडौँको खुलामंचमा व्यापक जनसहभागितामा सहित भव्यरूपमा सम्पन्न भयो । यसले सबैखाले दुश्मनलाई चुनौती दियो । यसले जनयुद्धको मर्म र भावना पूरा नभएको सन्देश थियो । अर्को निर्णायक क्रान्तिकारी तयारीको उद्घोष ग¥यो । दलाल संसदीय व्यवस्थाका विरुद्ध वैज्ञानिक समाजवाद अनिवार्य भएको सन्देश राष्ट्रिय अन्तर्राष्ट्रिय क्षेत्रमा आह्वान ग¥यो । हामी आठौँ महाधिवेशनको बन्दसत्रमा थियौँ । प्रतिक्रान्तिविरुद्ध खडा भएको शक्तिबाट आतंकित दलाल संसदीय व्यवस्थाले स्थानीय चुनावको नाटक मंचन ग¥यो । जसमार्फत क्रान्तिकारी शक्तिलाई निस्तेज पार्न सकियो दुवै ध्रुबको राजनीतिक संकट निकै उचाइतिर व्यक्त हुने परिवेश खडा भयो । 

कथित स्थानीय चुनावको घोषणा दलाल सरकारले दुई चरणमा स्थानीय चुनाव गर्ने घोषणा ग¥यो । वैशाख ३१ र अर्को असार १४ क्रान्तिकारी शक्तिलाई निस्तेज पार्ने राज्यको सबै शक्ति सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरीलाई चुनावमा प्रयोग गर्ने नीति लियो । एकै चरण गर्न नसकिने निष्कर्ष भनेको जनबलबाट अतालिएर यसो गरेको हुन सक्छ । सुरक्षा रणनीतिको नाममा सामान्य संवेदनशील र अति संवेदनशील क्षेत्रको रूपमा परिभाषित ग¥यो । योक्रममा कर्णाली क्षेत्र अति संवेदनशीलको रूपमा परिभाषित ग¥यो । कर्णालीमा जनताको क्रान्तिकारी संघर्षबाट अतालिएको अर्को प्रमाण पनि हो । यो अवस्थामा हाम्रो पार्टी नेपाल कम्युनिस्ट पार्टीले प्रतिक्रान्तिलाई पूर्णता दिन दलाल संसदीय व्यवस्थाको सुदृढीकरणका लागि हुने स्थानीय निर्वाचनको जमेर प्रतिवाद गर्ने, खारेजीको कार्यनीति अवलम्बन ग¥यो । अबको खारेज अभियान २०७० सालको जस्तो नहुने, यो एकीकृत जनक्रान्तिको कार्यदिशाको निर्देशनमा हुने त्यसका लागि सम्पूर्ण तयारी गर्ने । कर्णाली ब्युरोलाई ठोस निर्देशनको आधारमा खारेजी अभियान संचालन गरियो । एकीकृत जागरण तथा प्रतिरोध अभियान केन्द्रीय समितिको दोश्रो बैठकबाट पार्टी पार्टीले ३ महिने एकीकृत जागरण तथा भण्डाफोर अभियान थालनी ग¥यो । यसअन्तरगत बैठक प्रशिक्षण, अन्तरक्रिया, कोणसभा र ठूला–ठूला जनसभामार्फत आठौँ महाधिवेशले गरेका समग्र नीतिगत तथा संगठनात्मक निर्णय र समग्र योजनालाई कर्णाली ब्युरो मातहतका सम्पूर्ण पार्टी तथा जवस–मोर्चामार्फत आम–जनसमुदायसम्म प्रभावकारी रूपले सम्प्रेषण गर्ने कथित स्थानीय चुनावको भण्डाफोरमा केन्द्रित ग¥यो । कथित स्थानीय चुनावको खारेजी अभियानको गतिविधि जनयुद्धको सफलता नहुँदै पार्टी नेतृत्वले लिएको आत्मसमर्पण र नेपाली जनयुद्धले खाएको गम्भीर प्रकारको धक्का सबैभन्दा बढी संघर्षको अग्रमोर्चा पर्ने कुरा स्वाभाविकै थियो ।

फुट र विभाजनको प्रभाव प्रतिकृयावादी र संशोधनवादीहरूद्वारा सृजना गरिएका कैयौँ भ्रम जसले संगठन र जनतामा पारेको निराशा अकर्मण्यतालाई चिर्दै नेपालीक्रान्ति सम्भव छ । त्यो हाम्रो पार्टीले गर्दा त्यो हाम्रो नेतृत्वमा एकीकृत जनक्रान्तिमार्फत पूरा गर्न सकिन्छ भन्ने आत्मविश्वास आम–क्रान्तिकारी पंक्तिमा नयाँ स्तरमा विश्वस्त तुल्याउनु, सुधारवाद र संशोधनवादको प्रभावबाट पार्टीलाई मुक्त गर्दै सुदृढ र सुदृढीकरण अभियान संचालन गर्नु सच्चा मालेमावादी क्रान्तिकारी पार्टी निर्माणको प्रश्न हल गर्न पार्टी जीवनमा तल्ला एकाइसम्म मिटिङ्ग, प्रशिक्षण अन्तरक्रिया गर्दै, खारेजी अभियानको औचित्य पुष्टि गर्न प्रतिक्रान्ति र सुधारवादी दलाल व्यवस्थाको सुदृढीकरणका लागिरहेको कथित स्थानीय निर्वाचनको व्यापक भण्डाफोरको काम अभियानात्मक रूपले सम्पन्न गरियो । वैचारिक, राजनीतिक, संगठनात्मक र संघर्षको तयारीमा पार्टी अघि बढ्दै जाँदा आन्तरिक तथा जनपंक्तिमा उत्साहको वातावरण पैदा हुँदै गयो । जनतामा भेटघाट छलफलको वातावरण तीव्र भयो । योक्रममा दैलेखको राकममा जेठ १२ गते गरिएको जनप्रतिरोध सभा, जुम्लाको गोठीज्यूलामा भएको जेठ १४ को जनसभा प्रहरी हस्तक्षेपका बाबजुद प्रतिरोध संघर्षका बीचमा सम्पन्न भए ।

कालिकोटको ४ वटा कमान्डस्तरमा संचालन भएको राष्ट्रिय जागरण तथा प्रतिरोध अभियान उल्लेख्य र प्रभावकारी भए । पार्टी नीति, योजना सम्प्रेषण, संगठन परिचालन, जनपरिचालन भव्य ढंगले सम्पन्न भयो । विशेषतः युवा संगठनको तयारी प्रभावकारी रूपमा सम्पन्न गरियो । कथित स्थानीय चुनाव खारेजीका लागि सबै जिल्ला केन्द्रीकृत तथा विकेन्द्रीकृत युवा संगठनको तयारी संगठन निर्माण ठोस परिचालनको योजना निर्माण भयो । कथित संसदीय व्यवस्थाको स्थानीय चुनाव खारेज गरौँ जनसत्ताको निर्माण गरौँ, एकीकृत जनक्रान्ति जिन्दावाद, शान्ति, समृद्धि, स्थायीत्व र विकासका लागि वैज्ञानिक समाजवाद भन्ने नारा व्यापक रूपमा वालपेन्टिङ, पर्चा, पोस्टरको वितरण गरियो ।  चुनावलाई संसदीय दलाल पार्टीको तुलनामा नेकपाको गतिविधि तीव्र भइसकेपछि दलाल राज्यव्यवस्थाले नाम लिस्ट संकलन, पिछा गर्ने, विभिन्नखालका भ्रम सृजना गर्ने, अनावश्यक फोनबाट आतंकित पार्नेजस्ता गतिविधिका साथै धरपकड र गिरफ्तारी सुरु ग¥यो । नेकपाको बढ्दो प्रभाव तीव्र गतिविधिबाट आतंकित राज्यप्रशासनले १९ गते दैलेख, सातलाको सुकिपिउली भन्ने ठाउँमा जनता र पार्टी युवा संगठनको प्रशिक्षण भेलामा दिउँसो ३ बजे घेरा हाली जिल्लाको इन्चार्ज÷डिसिएस क. विवेक, राष्ट्रिय युवा जनस्वयम् सेवकका कर्णाली ब्युरो संयोजक क. दिनेश, जिल्ला सदस्यहरू क. प्रेम, क. जीवनलगायत ७ जना कमरेडहरूलाई गिरफ्तार ग¥यो ।

करिब ४३ दिनको जेलजीवनपछि जेठ ३० गते उहाँहरू सबै जना रिहा भएका छन् ।  पार्टी कामको सिलसिलामा जुम्ला खलंगामा पुग्नुभएका जिल्ला इन्चार्ज क. रविकिरणलाई बिनाकारण जुम्ला प्रशासनले वैशाख १९ गते बिहान ८ बजे गिरफ्तार ग¥यो । युवाको जिल्ला संयोजक क. वीरबहादुरलाई चौधविषबाट गिरफ्तार ग¥यो । उहाँहरू ३६ दिनपछि बन्दी प्रत्यक्षीकरणको मुद्दा लडी उच्च अदालतले सफाई दिएपछि रिहा हुनुभयो । उता गमगडीमा जगी बुढा क. वायुलाई गमगडी प्रशासनले गिरफ्तार ग¥यो र केही दिनको हिरासतको बसाइपछि उहाँ पनि रिहा हुनुभयो । दुश्मनको व्यापक धरपकडले प्रतिक्रान्तिकारी स्थानीय चुनाव खारेजीको अभियान कमजोर भएन, बरु झनै सशक्त र प्रभावकारी बन्दै गयो । बहिस्कार आन्दोलनको तयारीकै सिलसिलामा फुकोट पुच्छेगाउँमा पार्टीको बैठकमा जुटिरहेका नेता कार्यकर्तालाई दमन गर्न आएको रास्कोटको ४ दर्जन प्रहरीले छोराको विवाहका लागि व्यवस्थापन गरिरहेका हाम्रा पार्टी ब्युरो सदस्य क. विराटलाई गिरफ्तार गर्ने खोज्दा पार्टीले जनतासहित संयुक्त रूपले वैशाख २३ गते उच्च प्रतिरोध गरेका थिए यो क्रममा केही प्रहरी घाइते हतियार तोडफोड, दुश्मनको भागाभाग भएको थियो । प्रतिरोध र खारेजी अभियानको पहिलो कारबाही शानदार भयो । दुश्मनलाई एकै गाँसमा ढुङ्गा भनेजस्तै भयो, जसले कार्यकर्ता जनतामा उत्साह र दुश्मनलाई झड्का दिन सफल प्रतिरोध संघर्ष भयो । बहिस्कारको क्रममा मुम्राका जनताले आफ्नो आधारक्षेत्रलाई पूरै निषेधित क्षेत्र घोषणा गर्नु, भ्रमवस मतदान प्रक्रियामा सामेल हुन खोजिरहेका केही जनतालाई फिर्ता ल्याउनु, स्वस्तिक छाप कब्जा गरेर नक्कली छाप राखी सयौँ मत बदर हुनु भिन्न रूपमा भएको प्रभावकारी बहिष्कार उल्लेख गर्नलायक छन् ।  

गाउँपालिकाको बोर्ड हटाउने, प्रचार–प्रसारमा निषेधित क्षेत्र घोषणा गर्ने, उम्मेद्वार नहुन दिने, भेटघाट, पत्रचार गर्ने, चुनाव प्रचार सामग्री कब्जा गर्ने, उम्मेद्वारको घरमा कालोझन्डा गाड्ने, उनीहरूको गतिविधिको जनतामार्फत प्रतिरोध गर्ने, २९ गते ब्युरोभरि मुख्य–मुख्य स्थानमा सशस्त्र मसाल जुलुस, ३० गतेको नेपालबन्दको योजनामा पार्टीको प्रभावकारी परिचालन गर्दै खारेज आन्दोलन नयाँ उचाइमा उठाउन सकियो । ऐतिहासिक प्रतिरोध र मतदान केन्द्र कब्जा  मुगु जिल्लाको छायानाथ रारा नगरपालिकाको वडा नं. १२ शोभा गाउँका जनताले चुनाव गराउन खटिएको केही दिनदेखि मतदान केन्द्रमा हुकुम चलाउँदै बसिरहेको सुरक्षा टोली र मतदान टोलीमाथि जेठ ३० गते नै साहसिक आक्रमण गरी मतदान केन्द्रमा रहेको सम्पूर्ण सामग्री कब्जा गरी नष्ट पार्ने काम गरी बहिस्कार आन्दोलनको पहिलो तथा ऐतिहासिक कारबाही सम्पन्न भयो । यो प्रतिरोध संघर्षमा सहभागी नेता, कार्यकर्ता, युवा जनतालाई विशेष धन्यवाद दिन चाहन्छु । यो प्रतिरोध संघर्षका केही रोचक पक्षहरू छन्, जसलाई उल्लेख गर्न सान्दर्भिक ठानेको छु । 

एकीकृत जनक्रान्तिको कार्यदिशालाई भरपूर प्रयोग गर्दै, पार्टी, जनता, युवाहरूको सयौैंको उपस्थितिमा पूरै मतदान टोलीलाई नियन्त्रणमा लिइएको सफल साहसिक तथा ऐतिहासिक बहिस्कार आन्दोलनको पहिलो प्रतिरोध कारबाहीको बिहान ठीक ११ बजे एकै साथ हतियार सुरक्षा निकाय, कर्मचारी र सम्पूर्ण मतदान सामग्री आफ्नो नियन्त्रणमा लिएर कारबाही सम्पन्न भयो । हतियार नियन्त्रणमा लिइसकेपछि सुरक्षा निकायबाट प्रतिवाद गर्ने अवस्था रहेन । हामी तपाईंहरूको विरुद्धमा होइन, दलाल स्थानीय चुनावको खारेज अभियानअन्तर्गत हामीले यो कारबाही गरेका हौँ भन्दै सुरक्षा निकाय र कर्मचारीलाई सम्झाइ बुझाइ हतियार फिर्ता गरी सम्पूर्ण टोली मतदान केन्द्रबाट फिर्ता भएको थियो । यहाँ संघर्षको छापामार र मोर्चाबन्दी रूपको एकै साथ प्रयोग भएको पाइन्छ । शक्ति परिचानका हिसाबले एकीकृत शक्ति पार्टी, जनता र युवाको संयुक्त प्रतिरोध थियो । दुश्मनका अवस्थालाई बुझ्ने र आफ्नो तागतलाई उचित मूल्याङ्कन गरी उपयुक्त समयको निर्धारण गरी कारबाही सम्पन्न भएको थियो । यो प्रतिरोध संघर्षले देशैभरि बहिस्कार आन्दोलनमा रहेका जनतामा उत्साहको संचार ग¥यो भने दुश्मनको पंक्तिमा आतंक सृजना गर्ने सफल रहयो । कुशल नेतृत्व र वैज्ञानिक योजना निर्माण, उच्च मनोबल, सम्पूर्ण पंक्तिको भरपूर तयारी, प्रतिरोध संघर्षको अर्को अति महत्वपूर्ण पक्ष हो यो । संघर्षको समग्र महत्व ऐतिहासिक कायम गर्दै शोभा गाउँ र यहाँका जनताले आफ्नो क्रान्तिकारी परिचय दिन सफल भएका छन् । 

महान् जनयुद्धको तेस्रो पिल्लरको रूपमा आफ्नो पहिचान बनाउन सफल कालिकोट विशेषतः माल्कोटबासी जनसमुदायले अर्को ऐतिहासिक साहसिक प्रतिरोध संघर्षमार्फत जेठ ३१ गते साँझ ४ बजेको समयमा सेरापाटा मतदान केन्द्रमा दलालहरूले फर्जी मत हाली चुनाव सम्पन्न गर्नेक्रममा भएको विवादले चर्को संघर्षको रूप लियो कारण, सम्पूर्ण मतदान सामग्री ध्वस्त पार्ने सफल ऐतिहासिक कारबाही सम्पन्न भयो । सामान्य विवादकै क्रममा एक्कासी प्रहरीले सयौँ राउन्ड गोली चलायो, मतदान केन्द्रमा रहेका धनरूप बटालासहित ५ जना सख्त घाइते भएपछि जनताको आक्रोश र प्रतिरोधले चर्को रूप लियो मतदान केन्द्र रणभूमिमा परिणत भयो । जनताको आक्रोशको सीमा रहेन । कारण, हँसिया बन्चरो, दाउरा, ढुङ्गाले चौतर्फी आक्रमण भयो । निर्वाचनका सम्पूर्ण सामग्री नियन्त्रणमा लिएर जलाएर ध्वस्त पारियो । प्रहरीलाई बादर लखेटेझैँ गरी लखेटियो । नेपाली सेनालाई सम्मानजनक रूपमा आफ्नो स्थानमा रहनु, तपाईंहरूसँग केही छैन र केही हुँदैन भने सुरक्षित स्थानमा बस्न सघाउँदै सहयोग गरियो । गोली नचाउन आह्वान गरियो । नेपाली सेनाको संयमतालाई पनि सम्मान गर्नुपर्दछ । यसलाई हाम्रो पार्टले प्रतिरोध संघर्ष भाग २ भनेको छ । महान् जनयुद्धको बेला २०५४ साल चैत २५ गते जनदमनमा आएको तत्कालीन हत्यारा प्रहरीले विथलडाँडामा खानतलासी, धरपकड गर्दा माल्कोटबासी जनताले साहसिक प्रतिरोध गरी हतियार कब्जा र बलिदानको नयाँ इतिहासका रचना गरेका थिए । दुश्मनलाई लखेट्न सिध्याउन सफल भएको ऐतिहासिक प्रतिरोध थियो । एकीकृत जनक्रान्तिको कार्यदिशामा निर्देशित २०७४ साल वैशाख ३१ को देशैभरिको अझै महत्वपूर्ण संघर्ष बहिस्कार आन्दोलनको क्रममा सम्पन्न भयो ।

इतिहासका निर्माता माल्कोटबासी विशेषतः सल्लारुख निवासी जनताले अर्को क्रान्तिकारी इतिहासको रचना गरे बधाई छ । प्रतिरोधमा सामेल सबै जनतालाई; जसले पार्टीको निर्देशन र स्पिरिटलाई नयाँ उचाइमा कायम गरे । यसका युग–युगसम्म प्रभाव कायम रहनेछ ।  कथित स्थानीय चुनावको खारेजी अभियानको ऐतिहासिक प्रतिरोध संघर्षमा घाइते भएका धनरूप बटालाको उपचारको क्रममा सहादत भयो । उहाँले एकीकृत जनक्रान्तिमा पहिलो सहिदको नाम दर्ज गर्नुभयो । अन्य ४ जना जनता उपचारपछि सकुशल रहनुभएको छ । सलाम छ बहादुर जनतालाई जसले रगत बगाए, ज्यान दिए र नयाँ युगको सूत्रपात गरे । यो प्रतिरोध संघर्षमा प्रत्यक्ष नेतृत्व गर्ने पार्टी नेतृत्व, युवापंक्ति, जनता विशेष आभार तथा धन्यवादको पात्र हुनुहुन्छ । जनताले र युवाले देखाएको साहस, जिम्मेवारीबोध, योजना कार्यान्वयनमा देखापरेका संकल्प अपनाइएको रणनीति, बलिदानीपूर्ण भावनाले सिङ्गो पार्टी र जनतालाई थप ऊर्जा विजयप्रतिको निर्देश गरेको छ, जसले प्रतिक्रान्तिकारी कायरहरूलाई चुनौती मात्र दिएन कि दलाल संसदीय व्यवस्थाले देश र जनताको मुक्ति गर्नै सक्दैन र यो असफल छ । यसको विकल्प एकीकृत जनक्रान्तिमार्फत स्थापना हुने वैज्ञानिक समाजवादी व्यवस्था नै यसको उत्तम विकल्प हो भन्ने कुराको पुष्टि गरेको छ । यो कारबाहीको महत्वका हिसाबले ऐतिहासिक छ र हुनेछ ।

पहिलो चरणको प्रतिरोध र बलिदानीपूर्ण संघर्षबाट पार्टीले उचित शिक्षा लिनुपर्दछ । उपलब्धि र समस्या  दलाल संसदीय पुँजीवादी व्यवस्था असफल भइसकेको र त्यसबाट देश र जनताको मुक्ति सम्भव छैन भन्ने मान्यता राम्रोसँग जनतामा स्थापित भएको छ । जसको विकल्पका लागि वैज्ञानिक समाजवादी व्यवस्था अनिवार्य भएको बहिस्कार आन्दोलनले पुष्टि गरेको छ । क्रान्तिबिना मुक्ति सम्भव छैन । एकीकृत जनक्रान्तिको कार्यदिशा सही र वैज्ञानिक रहेको यसको व्यवहारिक प्रयोग सफलता आम पार्टी र जनपंक्तिमा थप आशा तथा कार्यदिशालाई स्थापित गर्ने सफल भएको छ । संघर्षको व्यावहारिक प्रकृयामा संगठनलाई शुद्धीकरण र सुदृढीकरण गर्न सफल भएको छ । 

  •  संसद्वाद, आत्म समर्पणवाद, आत्म सुरक्षावादविरुद्धमा संघर्ष गर्दै उच्च मनोबलका साथ कथित स्थानीय चुनाव खारेजी र प्रतिरोध दुश्मनको पंक्तिमा आतंक र जनपंक्तिमा उत्साहको वातावरण सृजना भयो ।
  •  कार्यदिशा र कार्यक्रमअनुसारको कार्यशैलीको विकास अनुशरणका क्षेत्रमा तमाम शिक्षा प्राप्त भएका छन् । 
  • आन्तरिक व्यवस्थापन, जनपरिचालनलगायतका क्षेत्रमा महत्वपूर्ण सफलता हासिल भयो । उल्लिखित सफलताका बाबजुद पार्टीले विकास गर्नुपर्ने सवालमा अझै कैयौँ गुणा मिहिनेत गर्नैपर्दछ । 
  • महाधिवेशनले लिएको ऐतिहासिक महत्वका निर्णय पार्टीले अघि सारेमा एकीकृत जनक्रान्तिको कार्यदिशाप्रतिको बुझाइ एकरूपता अझै कायम गर्नुपर्ने हुन्छ । 
  • संसदीय, प्रतिक्रान्तिकारी सम्मानबाट पार्टीलाई मुक्त गर्दै एक क्रान्तिकारी सर्वहारावर्गीय अग्रदस्ता निर्माणका लागि जोड गर्नुपर्दछ । 
  •  जनआधार निर्माण, जनपरिषद्को गठन, जनतासँगको सम्बन्ध विस्तारमा केन्द्रित हुन जरुरी देखिन्छ ।
  •   संगठन परिचालन, योजना निर्माण सुदृढ कमान्ड आवश्यकताअनुसारको केन्द्रीकरण र विकेन्द्रीकरणको ठोस परिचालनमा गतिशीलताका पक्षमा देखापरेका समस्यालाई सुदृढ गर्ने जरुरी छ ड्ड आत्मसुरक्षावाद, अकर्मण्यतावाद, अराजकतालाई कडाइका साथ हल गर्दै जानुपर्दछ ।
  •  व्यवस्थापनका विविध पक्षमा पार्टीले हासिल गरेको सफलतालाई नयाँ उचाइमा उठाउँदै अघि बढी बाटो चुनौतीपूर्ण भए पनि भविष्य प्रज्वलित छ । 
प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :