नेकपा अछामद्वारा सहिद परिवारलाई अभिनन्दन

नेकपा अछामद्वारा सहिद परिवारलाई अभिनन्दन

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी जिल्ला समिति अछामको आयोजनामा सहिद सप्ताह २०७७ अन्तर्गत सहिद परिवारहरुलाई सम्मान गरिएको छ । जिल्लाको क्षेत्र नं. १ को भाटाकाटिया र क्षेत्र नं.२ को डुंगालामा सम्पूर्ण सहिद परिवारहरुलाई दोसल्ला ओढाएर सम्मान गरिएको हो ।

सम्मान कार्यक्रमका प्रमुख अतिथि पार्टी सचिवालय सदस्य कमल थापा, अध्यक्षता क.न.पा. इन्चार्ज युराज र सञ्चालन सुमनले गरेका थिए । कार्यक्रममा अथिति अ.ने.म संघ (क्रान्तिकारी) जिल्ला संयोजक रचनाले शुभ–कामना मन्तव्य राखेकी थिइन् ।

प्रमुख अथिति कमल थापाले सहिदहरुका अधुरा सपना पूरा गर्नका लागि वर्तमान राज्यसत्ताले व्यवस्था गरेको र आफूले सहिदका सपना पूरा गरि छाड्ने प्रतिबद्धता गरे । संसदीय व्यवस्था असफल सिद्ध साबित भएको र नेपाली जनताले यसको विकल्प खोजुपर्ने बताए । नेपाली जनताले खेप्नुपरेको राजनैतिक संकट टार्न अहिलेका विद्धमान पार्टीले नसक्ने पनि ठोकुवा गरे । अहिले भष्टाचार संस्थागत भएको र हामीले भष्टाचार, अन्याय, अत्याचार, विकृति विसंगतिविरुद्ध आवाज उठाउँदै गर्दा प्रतिबन्द खेप्नु परेको छ उनले भने ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :