विभाजनको संघारमा राजपा

 

काठमाडौं / साउन ११ : तेस्रो चरनको स्थानीय तहको चुनावमा भाग लिने कि नलिने भन्ने विवाद चुलिंदैजाँदा राजपा चुनाव अगावै फेरी दुई टुक्रा हुने भएको छ । राजपा अध्यक्ष मण्डलका सदस्य अनिलकुमार झा पक्षधर नेताहरु संविधान संशोधन नभएसम्म पार्टी चुनावमा गयो भने आफूहरु चुनावमा नजाने र अलग पार्टी घोषणा गर्ने अडान सार्वजनिक गरेपछि राजपा जुट्न नपाउदै फुट्ने निश्चित भएको हो । झाले उपेन्द्रको महतो सदभावनाबाट केही वर्ष अगाडि विभाजीत भएर अलग पार्टी चलाउदै आएका थिए । प्रदेश नम्वर २ मा चुनावमा भागमा चुनावमा भाग लिने भए हाम्रोमा किन भाग नलिने त प्रश्न पनि राजपा भित्र चर्कै उठेको छ । राजपाको बहुमतपक्ष संविधान संशोधन नभएपनि अन्य माग पुरा भएमा चुनावमा जान तयार भइरहेको बेला झा पक्ष त्यसको विपक्षमा उभिएको हो ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :