सुनौली नाकामा भारतको अवरोध

काठमाडौं / साउन ११ : नेपाल–भारत नेपालको दोश्रो घनत्वको सिमाक्षेत्र सुनौली नाकामा केहीदिन यता कडा चेकजाचको नाममा नाकामा भारतले अवरोध गर्न थालेको छ । संविधान संशोधनका लागि दुई तिहाई नपुग्ने निश्चित भएका कारण नेपाल सरकारले संविधान संशोधन प्रस्ताव सदन पेश गर्न अनइन्छुक भइरहेको बेला भारतले सुनांैली नाकामा अवरोध गरेको हो । यसलाई भारतको अर्को नाकाबन्दीको पूर्वाभ्यासका रुपमा हेरिएको छ । भारतले नेपालमा २०१९, २०२७, २०४५, र २०७२ सालमा नाकाबन्दी गरिसकेको छ । भारतको अवरोधका कारण सुनौली नाकामा नेपालतर्फ सयौं मालवाहाक साधनको लाम लागेको छ । सरदर ३ सयका दरले सो नाकामा जाने साधनको संख्या पनि घट्दै गएको छ । ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :