गोर्खाल्यान्डबाहेक अन्य व्यवस्थामा सम्झौता गरे जनताले नेताको हत्या गर्ने


काठमाडौं / साउन १० : अलग्गै गोर्खाल्यान्ड राज्यको माग गर्दै विगत ६ हप्तादेखि आन्दोलनमा उत्रेका भारत दार्जिलिङका जनताले गोर्खाल्यान्डबाहेक अन्य व्यवस्थामा सम्झौता गरेमा नेताहरुको हत्या गर्ने चेतावनी दिएका छन् । मंगलबार दार्जीलिङको चौकबजारमा आयोजित एक सभालाई सम्बोधन गर्दै विद्यार्थी मोर्चाका सदस्य एवं गोर्खाल्यान्डको लागि प्रहरीको जागिर छोडेका उज्जवल लिम्बुले यस्तो चेतावनी दिएका छन् । उनले केही दिनअघि मात्रै आन्दोलनमा सहभागी हुन प्रहरीबाट राजीनामा दिएका थिए । साथै उज्वलले यस अघि गोर्खाल्यान्डकै आन्दोलनमा आफ्ना पितालाई प्रहरीको गोली लागेको स्मरण गर्दै अबको आन्दोलनमा आफू छाती थाप्न पनि तयार रहेको वताएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :